×

NMB BANK
NIC ASIA

थन्किए कोभिड १९ परीक्षण गर्ने २ पीसीआर मेसिन, कतै अभाव कतै प्रयोगविहीन

बैशाख ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश ५ को भैरहवामा गएको चैत २० गतेदेखि कोभिड—१९ (कोरोना भाइरस) का जाँच शुरू गरियो । कोरोना जाँचलाई अझै तीव्र बनाउँदै धेरैको जाँच गर्नका लागि निजी क्षेत्रले चैत २८ र २९ गते पीसीआर जाँच गर्ने मिल्ने मेसिन प्रदेश सरकारलाई हस्तान्तरण गरे ।

Muktinath Bank

तर, कोरोना परीक्षण गर्ने मेसिन प्रयोगमा आउन सकेका छैनन् । दैनिक २ सय जनाको स्वाब (र्‍याल र खकार) जाँच गर्ने गर्ने लक्ष्यका साथ प्रयोगशालामा पुर्‍याइएका मेसिनलाई आवश्यक पर्ने सहायक उपकरण उपलब्ध छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषि अनुसन्धान परिषद्अन्तर्गत बीऊविजन प्रविधि महाशाखा खुमलटारमा रहेको रियल टाइम पीसीआर मेसिन कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालको पहलमा प्रदेशलाई हस्तान्तरण गरिएको थियो । त्यस्तै बुटवलको नेशनल प्याथ ल्याबले पनि कोरोना जाँच गर्न सहज होस् भनेर प्रयोगशालाका लागि मेसिन हस्तान्तरण गरेको थियो ।


Advertisment
Nabil box
Kumari

प्रदेश जनस्वास्थ प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले मेसिनका लागि आवश्यक सामग्री आउन ढिलाइ हुँदा प्रयोगमा ल्याउन नसकिएको बताए ।

Vianet communication
Laxmi Bank

‘हामीलाई हस्तान्तरण गरिएका दुई मेसिनले अहिलेसम्म कोभिड जाँच गरेका होइनन,’ डा. गिरीले भने, ‘मेसिनलाई रन गर्ने सहायक उपकरणहरूको अभाव हुँदा प्रयोगमा ल्याउन ढिलाइ भएको हो । हामीले मगाएका छौं । एक दुई दिनभित्र आउँछन । त्यसपछि उपलब्ध गराइएका मेसिनबाट जाँच गछौं ।’

उनले थपे, ‘मेसिन जडानका लागि सहायक सामाग्री संकलन गर्नेदेखि लिएर प्राविधिक कर्मचारी व्यवस्थापनको काम भैरहेकोको छ ।’

प्रदेश सरकारलाई मेसिन हस्तान्तरणका क्रममा नेशनल प्याथ ल्याबका सञ्चालक सरद भसालले आवश्यक परे मेसिन सञ्चालनका लागि जनशक्ति समेत उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएका थिए ।

भैरहवाको कोरोना जाँच गर्ने मेसिनले पनि सुस्त काम गरिरहेको छ । मुख्यमन्त्री शंकर पोखरेलले जाँचको दायरा बढाउन आग्रह गरेका छन् । आरटी पीसीआर मेसिन आत्याधुनिक मेसिन हो । मेसिनले एक पटकमा ९६ वटा परीक्षण गर्न सक्ने ल्याब टेक्निसियनहरू बताउँछन ।

सो उपकरणमा ९६ स्वाब परीक्षण गर्न पाँच घण्टासम्म लाग्ने गर्छ । प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशलाई उपलब्ध गराइएका मेसिनमा उपकरणहरूको कमी रहेकाले सञ्चालनमा ढिलाइ भएको बताए ।

‘काठमाडौं आएको पीसीआर मेसिनमा सेन्ट्रिफयुज भन्ने उपकरण रहेनछ । बुटवलबाट दिइएको मेसिन ठीक छ । दुई मेसिन छिटै सञ्चालन गछौं,’ मन्त्री बरालले लोकान्तरसँग भने ।

पीसीआर जाँचमा बढाउनुपर्ने प्रयोगशालामा त्योभन्दा कम विश्वसनीय आरडीटीबाट जाँच गरी क्वारेन्टाइनमा रहेकालाई धमाधम घर पठाइँदै छ । पीसीआर जाँच ढिलाई र सुस्त छ भने, धमाधम आरडीटीबाट जाँच गरेर क्वारेन्टाइनमा रहेकालाई घर पठाउँदा जोखिम बढेको छ ।

प्रदेश पाँचमा तीन ठाउँमा कोरोना जाँच गर्ने प्रदेश सरकारले तयारी छ । भैरहवासँगै नेपालगञ्ज र दाङमा कोरोना गर्ने प्रदेश सरकारको तयारी छ । नेपालगञ्जमा आइतबारदेखि जाँच शुरू गर्ने बताइको छ । तर, दाङमा अझै सुरसार छैन । जसले गर्दा प्रदेशभरिको स्वाब रुपन्देही ल्याउनुपर्ने बाध्यता छ ।

भैरहवामा हालसम्म पीसीआरबाट १ सय १४ जनाको जाँच गरिएको छ । सबैको रिर्पोट 'नेगेटिभ' आएको छ । त्यस्तै प्रदेशका १२ वटै जिल्लामा आरडीटीबाट २ हजार १ सय ९६ जनाको जाँच गरिएको छ । प्रदेश पाँचका सबै जिल्लामा गरी २५ सय ९ जना क्वारेन्टाइनमा बसेका थिए । जाँच आरडीटीबाट जाँच गरेकालाई एक हप्ता घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको छ । 

भैरहवाको प्रयोगशालमा ५ जना ल्याब टेक्निसियनहरू छन । दुई जना गुल्मी र पश्चिम नवलपरासीबाट बिएमएलटीलाई मगाइएको छ ।  जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा. गिरीका अनुसार शुक्रवारसम्म १ सय २६ स्वाब संकलन भएकोमा १ सय ८ को रिर्पोट नेगेटिभ आएको र अन्य स्वाव परीक्षण कार्य भैरहेको छ ।

यो मेसिनले दैनिक सरदर १२ वटा परीक्षण गर्दै आएको छ । सरकारले जति सुकै छिटो छरितो काम गर्ने भनेपनि काम गर्ने निकायबाट हुने ढिलासुस्तीले सरकारको आलोचना बढ्ने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x