कात्तिक ३०, २०८०
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
विश्व अहिले मानव समुदायले यसअघि सामना गर्नु नपरेको र कल्पनासम्म नगरिएको कोरोना महासंकट बेहोरिरहेको छ । बुबोनिक प्लेग, कोलेरा, एल्लो फिभरजस्ता महामारीले पनि मानव सभ्यतालाई नअत्याएको होइन, तर विज्ञान प्रविधिले विश्वलाई स्वर्गीय उपलब्धि दिइरहेको यस एक्काइसौं शताब्दीमा वर्तमान पुस्ताले कल्पनासम्म नगरेको कोरोना संकटले विश्वलाई नै स्तब्ध बनाएको छ । शताब्दीका सुखहरू यतिखेर मौन छन्, महाशक्ति राष्ट्रहरू अतालिएका छन् ।
विश्व समुदाय दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो विपत्ति भनिरहेको छ, संयुक्त राष्ट्रसंघ आफ्नो पचहत्तर वर्षे इतिहासमा कहिले नआएको विपत्तिमा आत्तिएको छ । अन्तरिक्षमा पराक्रम देखाउन, चन्द्र–मंगल यात्रा गर्न र मानव स्वभावलाई समेत कृतिम बौद्धिकताले विस्थापन गर्न सफल पुस्ता समृद्धि र प्रतिस्पर्धाको यात्रामा निकै निरीह बनेको छ ।
आर्थिक–सामाजिक संरचनाहरू पूरा निस्क्रिय भएका छन् । सर्वसाधारणहरू दिनचर्याबाट मात्र अलग छैनन्, दुःखमा माया, हार्दिकता र संवेदना समेत साट्न सकिरहेका छैनन् । राज्यशक्तिहरू सहयोगको याचना गरिरहेका छन् । वैज्ञानिक–विज्ञहरू मुर्दा शान्तिमा स्तब्ध विश्वप्रक्रियालाई फेरि कसरी चलायमान बनाउन सकिएला भनी अहोरात्र खटिरहेका छन् । लाग्छ, यो विज्ञान कथाको चलचित्रजस्तो भयावह दृश्य हाम्रो पुस्तामा साक्षत्कार भएको छ ।
विपत्ति रोक्न सकिँदैन, सामना गर्न सकिन्छ । प्रत्येक विपत्ति अस्थायी हुन्छ र विपत्तिले केही सन्देश र सबक सिकाएर जान्छ । अहिले समस्त मानव समुदाय निरीह भएर सामना गरिरहेको महासंकट पनि अस्थायी हो तर स्थायी शिक्षा र कडा सबक छाडेर जाँदैछ । यो सबक र शिक्षा सबैका लागि हो, जसरी संकटले सबैलाई समान रूपमा आक्रान्त पारेको छ । र, यसले आधारभूत रूपमा विश्वव्यवस्थाको सञ्चालन प्रक्रियालाई पुनर्बोध गर्न, पुनःपरिभाषा गर्न र पुनःसंरचना गर्न जबर्दस्त माग पनि गरेको छ । जसलाई नजरअन्दाज गरे आउने विपत्तिले मानव सभ्यतालाई नै तवाह पार्ने छ ।
पहिलो सबक, हरेक विपत्तिलाई गहनरूपमा लेऊ भन्नेमा छ । वुहानमा समस्या देखिँदा खुच्चिङ भन्ने युरोप–अमेरिका र वास्तै नगर्ने एशिया–अफ्रिकालाई हरेक समस्याको अन्तरबोध आफू भएर गर, समयमै समस्या सामना रणनीति बनाऊ, प्लान ए, प्लान बी तयार गर भनेर झक्झकाएको छ । त्यसो गरिएको थियो भने अन्तरिक्षमा समेत धावा बोल्ने महाशक्तिले जाबो भइरस जित्न सक्दैनथ्यो र ?
दोस्रो सबक, साझा समस्यामा साझा बुझाइ कायम गर भन्नेमा छ । प्रत्येक विपत्तिका पहिलो भोगाई कुनै स्थानमा भएपनि त्यसको सेकेण्ड रिङ, थर्ड रिङ इफेक्ट बाँकी विश्वमा पनि फैलिन सक्छ र प्रत्येक पछिल्ला असरहरू झन ओजनदार हुन्छन्, समुद्री छालको बेग, बेगपछिको प्रबेग जस्तै । वुहान दुख्दा अरूलाई दुखेन, जब अरूलाई दुख्न थाल्यो, असरको प्रबेगले सबैलाई ङ्याकीसकेको थियो । त्यसैले ‘एकको चुनौती, सबैको चुनौती’ (थ्रीएट टू वन, थ्रीएट टु अल) ‘एकको दुखाइ सबैको दुखाइ’ (एन इन्जुरी टु वन, इन्जुरी टु अल) को साझा बुझाइ हुनुपर्छ । वैश्विक बन्दै गएको विश्वव्यवस्थामा यो बुझाइको दरकार अरू पर्छ । मानवतालाई भौतिकवादी संस्कृति र व्यक्तिवादी व्यवहारले विस्थापन गर्दै गएको समाजमा यसको दरकार अरू बढी पर्नेछ ।
तेस्रो सबक, महाशक्ति राष्ट्रहरूलाई छ । जतिसुकै शक्ति र समृद्धि भएपनि उन्माद र आक्रोशबाट अलग रहनुपर्छ । समृद्धि र शक्ति मानव समाजको हितभन्दा विषयान्तर हुन पुग्दा उन्माद क्षणमै निरीह बन्छ, समृद्धि बेकम्मा हुन्छ । कति शक्तिशाली राजनेता, शिखर व्यक्तित्व अश्रुत स्वरमा गगल्चिएको दृश्यले उन्मादलाई संयमले विस्थापन गर भन्ने शिक्षा दिएको छ । दोस्रो विश्व युद्धले दिएको यस्तै सबक कति छिट्टै भुलियो, अब नभुल भन्ने शिक्षा दिएको छ ।
चौथौ सबक राज्य प्रणालीमाथि छ । राज्य प्रणाली सञ्चालन गर्ने राजनेताहरू कि त दृष्टिबोधी छैनन् (भिजनलेस छन्) वा पपुलिज्मको आत्मरतिमा रमाएका छन् । राज्य सञ्चालकहरूको यो बेकामीले राज्य व्यवस्थालाई गतावधिक बनाएको छ । परिणामतः आफू र आफ्नै जनतालाई संरक्षणसम्म गर्न ऊ ‘प्रोएक्टिभ’ बनेन । शक्ति र सामथ्र्य राज्य प्रणालीलाई हस्तान्तरण गरिसकेपछि सबै प्रकारको सुरक्षा माग गर्ने अधिकार नागरिककमा हुन्छ भन्ने राज्य प्रणालीले भुलेकाले यो महासंकटले उसमाथि विद्युतीय झड्का दिएको छ ।
अब राज्य प्रणाली मत केन्द्रित र भएर पुग्दैन, मानव केन्द्रित हुनुपर्छ, भिजनलेस होइन, विथ भिजन हुनुपर्छ र अथोरिटेटिभ होइन, प्रोएक्टिभ हुनुपर्छ भन्ने सबक दिएको छ । यसले भावी दिनमा लोकतन्त्र, राज्य प्रणाली, राज्य सञ्चालन शैली र राजनीतिका स्रोत परिचालनको दिशा पुनर्बोध गर्नेछ ।
पाँचौ सबक आमनागरिकलाई दिएको छ । नागरिकहरू सुखका उपभोक्ता मात्र बनेनन्, वैयक्तिक स्वतन्त्रताका धेरै पारखी बने । स्वतन्त्रताका नाममा अनुशासन, धैर्य र संयम गुमाएपछि क्षणिक निजत्वको आशक्तिले दीर्घकालीन सुख र खुशी खोसिन्छ भन्ने शिक्षा कोरोना संकटले वर्तमान पुस्तालाई दिएको छ । नागरिक तहबाट बुझ्नु जरुरी छ, ‘फ्रीडम इज नट फ्री’ (स्वतन्त्रता उन्मुक्तता होइन), संयम र अनुशासित बन । विपदमा निजी स्वतन्त्रता साँघुर्याउन नमानेकाले नै यतिखेर युरोप–अमेरिका आक्रान्त छ, संयिमत भएकाले अस्ट्रेलिया, दक्षिण कोरिया, जापानहरू विपद् समनामा सापेक्षिक सफल रहे ।
छैठौं सबक अर्थप्रणालीमा छ । वैयक्तिक स्वतन्त्रता, नवउदारवादी अर्थप्रणाली र विश्वव्यापीकरणले वस्तु तथा सेवा उत्पादन, उपभोग एवं आपूर्ति श्रृंखला बेलगाम भयो । अतिउदारवादी आर्थिक क्रियाकलापले बजार शक्ति यति हावी भयो कि बजार संकेतबाहेक मानवीय मूल्य र सामाजिक जिम्मेवारीको कुनै स्थान रहेन । अवसर र बजारको खोजीमा कर्पोरेट गुरिल्ला गोलार्द्धका सबै कुना वायुपङ्खी दौडमा रहे । अर्थतन्त्रको साँचो समाउन राज्यशक्ति असक्षम रह्यो र कर्पोरेट विश्वप्रणाली संस्थागत हुन पुग्यो ।
मानिस, समाज र राज्यलाई भुलेको अर्थप्रणालीले विपदमा यी वर्गप्रति निष्ठा राख्ने कुरै भएन । गुरिल्लाहरू नाफामा रमाए, विपदमा डराए । उन्मत्त हात्तीलाई कजाउने माउते जस्तै राज्यशक्तिको नियमनमा आर्थिक प्रक्रिया रहनु पथ्र्यो । कोरोना संकटले दिएको सबैभन्दा वजनदार सबक नै नवउदारवादको पुनव्र्याख्या गर भन्नेमा छ, स्टेट लेड मार्केट एकोनोमी भन्नेमा छ । हो विनियोजन कुशलता राज्यमा भन्दा बजारमा होला, तर सामाजिक जिम्मेवारी विनाको बजारवाद अब रहनुहुन्न । शिक्षा, स्वास्थ्य, आधारभूत खाद्य आपूर्ति जस्ता ‘ह्यूमन गुड्स’ मा राज्यको संलग्नता सहित बजारशक्तिमाथि दरिलो नियमन स्थापनाको विकल्प छैन ।
सातौ सबक स्थानीय उत्पादन तथा आपूर्ति प्रणालीको मागमा छ । उपभोगवादी बन्दै गएको समाजमा सस्तो सेवा वस्तुमा उपभोक्ताहरू रमाउनु स्वाभाविक हो । उपभोक्ता स्वाद र सन्तुष्टिमा भुल्दछन् तर त्यसको आधार, सामथ्र्य, दीर्घकालीन आपूर्तिमा ध्यान दिँदैन । स्थानीय सम्भावना अनुरूपका स्थानीय आर्थिक संरचना र उत्पादन प्रणाली विकास गरी विश्वव्यापीकरणसँग आबद्ध भएमा मात्र सक एब्जर्भिङ क्षमता विकास हुन गै स–साना विपदमा स्थानीय आपूर्ति श्रृंखला बचाउन, रोजगारी सिर्जना गर्न र वैश्विक व्यवस्थाको स्थानीयकरण गर्न सकिन्छ ।
आठौं सबक नीतिशिल्पीमाथि छ । दोस्रो विश्वयुद्धपछिका नीति निर्माताहरू शास्त्रीय सिद्धान्तका पारखी बने, न कि व्यवहारवादी । ठूला विपदहरू भोग्न नपरेका कारण पनि कागजी समाधान र नीति नक्कलबाट अभ्यस्त हुँदै आएको छ । उनीहरू ‘सिजन्ड’ छैनन्, शास्त्रीय भैकन दम्भी छन् । तर अफसोस, नीति निर्माणमा विश्वव्यापी पकड उनीहरूकै छ । सूत्र र सिद्धान्तहरू सबै परिवेशमा मिल्दैनन् भन्ने बुझाइ उनीहरूमा छैन । तेस्रो विश्व यसबाट झनै आक्रान्त छ । आर्थिक वृद्धि, स्रोतको दोहन र निम्न मध्यमवर्गीय पीडालाई सम्बोधन गर्ने सोच र सामथ्र्य भएका नीति शिल्पी चाहिन्छ, प्रकृतिसम्मत विकास र दिगो प्रणाली स्थापना चाहिन्छ भन्ने सबकले नयाँ विश्व व्यवस्थाको माग गरेको छ । ‘गुड इकोलोजी इज गुड इकोनोमी’ को अन्तर्य बुझ्ने नीतिशिल्पीको माग अहिलेको संकटले गरेको छ । अहिले त इकोनोमिस्ट हाँसिरहदा इकोलोजिस्ट रोइरहेका छन् । दुवैको अघिल्तिरको ‘इको’ समान अर्थको छ, त्यो हो घर (आमा पृथ्वी) । घर भत्किँदा एकजना अट्टाहास हाँस्ने र अर्को बलिन्द्र रुने कुरा हुन्छ र ?
नवौं सबक, ठूला समस्यामा ग्लोबल सोलिडारिटी चाहिन्छ भन्नेमा छ । कोरोना ठूलो समस्या हो, जलवायु परिवर्तन अझै ठूलो संकटमा आउँदैछ । विश्वव्यापी खाद्य संकट, पानीको तनाव महासंकटका रूपमा आउनेवाला छन् । वर्तमानमा उभिएर साझाका विषयमा भविष्य सोच, निर्माण गर भन्ने शिक्षा कोरोना महासंकटले दिएको छ ।
दशौं सबक विश्वसंस्था, मानवतावादी संगठन, नागरिक समाज र सामुदायिक संगठनहरूलाई मानिसका सर्वव्यापी एजेण्डालाई आत्मसात गर्न दिएको छ । विकास प्रणाली निमानवीकृत छ, सामुदायिक संस्थाहरू विचार र स्वार्थका भरिया बनेका छन् । विश्व संस्थाहरू शक्तिराष्ट्रको सामरिक स्वार्थ बोकिरहेका छन् । मानवताको एजेण्डा सर्वकालिक छैन, केबल विपत्तिमा मात्र मानवता मुखरित छ । मानवीय एजेण्डा साझा एजेण्डा हो भन्ने सन्देश कोरोना महासंकटले दिएको छ ।
यसर्थ कोभिड–१९ ले सन्त्रास र संकट मात्र दिएको छैन, विश्वव्यवस्थालाई नै पुनसंरचित गरी समाजको विवेकशील पुननिर्माणको जवर्दस्त मार्ग प्रशस्त गरेको छ । यो राजनेता, नीतिशिल्पी, वैज्ञानिक र विश्व संस्थाहरूलाई उनीहरूको अल्पदृष्टिप्रति गरेको प्रहार पनि हो । साझा विपत्ति प्रतिको साझा बुझाइ, संकट निरूपणका लागि साझा रणनीति, राज्य प्रणाली, नीतिशिल्पमा पुनर्बोध, सामाजीकृत बजार प्रणाली, मानवकीकृत आर्थव्यवस्था र विकास प्रणाली, नागरिक र नागरिक संस्थाहरूमा साझा उत्तरदायित्वबोध जस्ता विषयवस्तुको पुनसंरचनाले नयाँ विश्वव्यवस्था निर्माणको आधार दिएको छ, जहाँ साझा भविष्यका लागि प्रत्येक व्यक्ति प्रत्येकप्रति न्यूनतम रूपमा जवाफदेही हुनेछन् । ([email protected])
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...