×

NMB BANK
NIC ASIA

लकडाउन द्विविधा : सरकार भन्छ – उत्पादन बढाउने, किसान भन्छन् – बिउ कहाँबाट ल्याउने ?

बैशाख ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारी बढिरहेका बेला श्रम बजार संकटमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै रोजगारी दिने दाबी विभिन्न अन्तर्वार्तामा गरिरहेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

तर स्वदेशमा खेतीपाती गरिरहेका किसान समस्यामा परेका छन्, बिउबिजन र मलखाद नपाएर । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना भाइरस फैलिनबाट बच्न लकडाउन भएको २८ दिनसम्म अत्यावश्यकबाहेक पसल, बजार व्यवसाय खुलेका छैनन् । सरकारले बिउबीजल र मलखाद पसललाई अत्यावश्यक सेवामा समावेश गरेको छैन । जसले गर्दा किसानले खेतीपाती प्रभावित भएको छ ।


Advertisment
Nabil box
Kumari

यतिबेला तरकारी खेतीमा टमाटर, काउली, बन्दा लगाउने सिजन भएपनि बिउबिजन पाउन नसकेको गुनासो किसानले गरेका छन् । ‘बर्खे तरकारी लगाउन बिउ नपाएका समस्या भइसक्यो,’ सुर्खेतको चिंगाड गाउँपालिकाका कृषक प्रेमबहादुर खत्रीले भने, ‘अहिले न त मल पाइन्छ, न त बिउ नै खरिद गर्न पाइन्छ । बिउ नै नपाउँदा हामीले कसरी उत्पादन गर्ने ? समस्या भएको छ ।’

Vianet communication
Laxmi Bank

लकडाउनका कारण अर्थतन्त्रमा पर्नसक्ने प्रभावलाई कम गर्न सरकारले कृषि उत्पादन बढाउने चर्चा समेत गरिरहेको छ तर किसानले बिउ र मल पाइरहेका छैनन् । सरकारी कुरा र किसानको अवस्थामा द्विविधा देखिएको छ ।

समयमै तरकारीको बेर्ना राख्दा नपाउँदा तरकार उत्पादन प्रभावित हुनसक्ने जुम्लाका कृषक रमेश देवकोटाले बताए । ‘अहिले हिमाली जिल्लामा हिउँ पग्लने क्रम जारी छ । जग्गा खाली भइरहेका छन्,’ उनले भने, ‘तरकारी तथा अन्य अन्नबालीको बिउ छर्ने काम शुरू हुने बेलामा लकडाउनले किसानलाई आहत भएको छ ।’

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० कि माया शर्माले बिउ नपाएका कारण जग्गा खाली नै राख्नुपर्ने अवस्था आउँदा पीर लागिरहेको बताइन् । ‘खेतमा लगाएको गहुँ काटिसकें । अब तरकारी खेती गर्नका लागि जमिन तयार पारेर राखेकी छु,’ उनले भनिन्, ‘मकै तथा तरकारी बाली लगाउनको लागि मैले जमिन तयार गरेको धेरै समय भइसकेको छ । अबको १० दिनमा बिउ पाउन नसकेको खण्डमा तरकारी बाली र मकै लगाउन सकिँदैन । ढिला भएर लगाएपनि भनेजस्तो उत्पादन हुँदैन ।’

लकडाउनका बेला किसानलाई चाहिने स्रोतसाधन उपलब्ध गराउने र विशेष कार्यक्रम ल्याउनुपर्नेमा सरकारले ध्यान नदिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता मोहन बडुवालले बताए । ‘खेतीपातीलाई अत्यावश्यक सेवा अन्तर्गत राखेर हुन्छ वा अन्य कुनै विकल्प दिएर हुन्छ, किसानका लागि घरमै मलबिउ पुर्‍याउनुपर्ने आवश्यकता देखिएको छ । यदि समयमै किसानलाई बिउ दिन सकिएन भने यसले उत्पादनमा ठूलो क्षति हुनेछ,’ उनले भने ।

वीरेन्द्रनगरको समृद्धि एग्रोभेटका सञ्चालक याम शर्माले खेतीपाती लगाउने समयमा कम्तिमा एग्रोभेटहरू १–२ घण्टा सञ्चालन गर्न अनुमति दिनुपर्ने बताए । ‘हामीले व्यापारभन्दा पनि उत्पादन बढाउने सोचका साथ पसल खोल्न दिनुपर्ने सोच बनाएका हौं । हाम्रा लागि मात्रै नभएर कर्णालीको उत्पादन बढाउनका लागि कृषकले मलबिउ पाउनु आवश्यक छ । अझै केही बिग्रेको छैन, सरकारले जग्गा बाँझो नहोस् भन्नेतिर तत्काल ध्यान दिन जरुरी छ,’ उनले भने ।

सुर्खेतको भेरीगंगा नगरपालिका कृषि शाखा प्रमुख श्रीप्रसाद जैसीले खेतीपातीको समयमा किसानलाई बिउ उपलब्ध गराउनैपर्ने, अन्यथा मकै र तरकारी उत्पादनमा धेरै कमी आउने बताए । ‘अहिले हामी कार्यालय जान पाएका छैनौं । निजी क्षेत्र पनि बन्द छ, जुन कुरा कृषकसँग सम्बन्धित रहेको छ,’ उनले भने, ‘यस अवस्थामा किसान पनि घरबाहिर निस्केर सामग्री खरिद गर्न सकिरहेका छैनन् । सरकारले समयमै सोच्नु आवश्यक छ ।’

कृषि उत्पादन बढाउन बिउबिजन आयात र कृषि पसल सञ्चालन गर्न दिनुपर्ने उनले बताए । ‘उन्नत जातको बिउ ल्याउन बाहिर नै जानुपर्ने अवस्था छ । यसलाई सहज बनाएको खण्डमा बर्खेबालीमा समस्या नआउला । लकडाउन लम्बिँदै गएको खण्डमा खेतीबालीको सिजनलाई समेत ढिलासुस्तीले समस्या पार्ने मैले देखेको छु,’ उनले भने ।

प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले किसानले बिउ नपाएका कारण जग्गा बाँझो राखेको भनेर गुनासो गर्ने अवस्था आउन नदिने बताइन् । ‘हामीसँग २ वटा गाडी छन् । ती दुवै गाडीको माध्यमबाट मन्त्रालयले सक्ने वा अन्यसँग सहकार्य गरेर भएपनि हरेक स्थानीय तहसम्म बिउ पुर्‍याउने काम गर्छौं । अहिले कर्णालीमा कति बिउ छ भन्ने तथ्यांक संकलनको काम अन्तिम चरणमा भइरहेको छ । कति आवश्यक पर्छ र बाहिरबाट कति कुन जातको बिउ ल्याउनुपर्ने हो त्योबारे अध्ययन भइरहेको छ,’ मन्त्री केसीले भनिन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x