×

NMB BANK
NIC ASIA

धौलागिरि अञ्चल अस्पतालमा आईसीयू सेवा, पोखरा आउनुपर्ने बाध्यताको अन्त्य

बैशाख ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

धौलागिरि अञ्चल अस्पताल बागलुङमा सघन उपचार कक्षका लागि मशिन जडान कार्य भइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

कोरोना भाइरस संक्रमणका कारण उत्पन्न परिस्थितिबीच अस्पतालमा ३ शय्या क्षमताको सघन उपचार कक्ष स्थापनाका लागि ९० लाख रूपैयाँ बराबरको सामान आइपुगेको र मुख्य सामान जडान  भइसकेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बोलपत्र आह्वान गरी सामान ल्याई मेजर सामान जडान गरिसकिएको र अब छिट्टै आईसीयू सेवा उपलब्ध हुनेछ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

संघीय सरकारले १ करोड र गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ अस्पतालको व्यवस्थापनका लागि प्रदान गरेका थिए । त्यसमध्ये पोखरा र काठमाडौंका गरी २ कम्पनीले आईसीयूको लागि टेन्डर पारेका हुन् । कोरोनाकै बीचमा अस्पतालले अघिल्लो महिना टेन्डर खुलाएको थियो ।

Vianet communication
Laxmi Bank

अस्पतालमा यसअघि आईसीयू अभावमा बिरामीहरू पोखरा तथा काठमाडौंका अस्पतालमा उपचारार्थ जानुपर्ने बाध्यता थियो । सोको अब अन्त्य हुने भएको छ ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष केबि रानामगरले आफ्नो टीम आइसकेपछि आईसीयू माग गर्दै आएको बताए । अब आईसीयू सञ्चालनका लागि दक्ष जनशक्ति आवश्यक पर्ने हुँदा ३ जनालाई पोखरामा तालिमका लागि पठाइएको र अन्यको लागि प्रदेश सरकारलाई जानकारी दिइएको उनले बताए ।

अस्पतालमा कोरोना संक्रमितका २ जना बिरामी जाँदा समेत भेन्टिलेटर नभएकोमा हाल ३ भेन्टिलेटर स्थापना गरिएको छ । जसमा संघले २ र प्रदेश सरकारले १ वटा भेन्टिलेटर उपलब्ध गराएका हुन् ।

आजभन्दा ५१ वर्षअघि विक्रम संवत् २०१६ सालमा सामान्य अस्पतालको रूपमा स्थापित सो अस्पताल २०६६ सालमा आएर अञ्चल अस्पतालको रुपमा विकसित भएको हो । अस्पतालमा विशेषगरी बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका बिरामी बढी आउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x