×

NMB BANK
NIC ASIA

विदेशबाट आउने ४० लाखलाई व्यवसायमा लगाउने प्याकेज आओस्, नयाँ अवसर खुल्छ– अर्नराज सिलवाल

‘निश्चित स्वास्थ्य मापदण्ड अपनाएर उद्योग धन्दा र निर्माणका काम सुचारू गर्नुपर्छ’

बैशाख ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

उद्यमी तथा व्यवसायी अर्नराज सिलवाल कोरोनाभाइरस (कोभिड– १९) को महामारीले निम्त्याएको लकडाउनपछि सुचारू हुने अर्थतन्त्रले नेपालीहरूको श्रमसम्बन्धी सामाजिक–सांस्कृतिक बुझाइमा सकारात्मक परिवर्तन आउन सक्ने आशा गरिरहेका छन् ।

Muktinath Bank

नेपाल इञ्जिनीयरिङ परिषद्का उपाध्यक्षसमेत रहेका सिलवाल सेफ स्टिलका प्रबन्ध निर्देशक हुन् । नेपाल आर्थिकरूपमा आत्मनिर्भर नहुनु यतिबेला सबैभन्दा ठूलो विडम्बना रहेको मान्यता राख्ने सिलवाल यो अवस्थामा मजदूरहरूको व्यवस्थापनलाई राज्यले सबैभन्दा धेरै महत्त्व दिनुपर्ने बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिष्ठित उद्यमी तथा व्यवसायी सिलवालसँग लोकान्तरकर्मी ईश्वर अर्यालले नेपालको अर्थतन्त्रमा (कोभिड– १९) को महामारीले पारेको प्रभाव र राज्य एवं निजी क्षेत्रले चाल्नुपर्ने आगामी कदम लगायतबारे कुराकानी गरेका थिए । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः


Advertisment
Nabil box
Kumari

‘अहिलेको अर्थतन्त्रको स्थिति अनुमान गर्न गाह्रो छ’

Vianet communication
Laxmi Bank

कोभिड– १९ को महामारीका कारण सिर्जित देशव्यापी लकडाउन कहिलेसम्म जान्छ भन्ने थाहा नभएको स्थिति छ । यसको यकिन नभएसम्म यति नै क्षति हुन्छ भनेर सरकारी वा प्राइभेट कुनै पनि क्षेत्रले भन्न सक्ने स्थिति छैन । एउटा कुरा के पक्का हो भने यसले तत्कालीन र दीर्घकालीन रूपमा दुवै हिसाबले देशको अर्थतन्त्रमा ठूलो असर गरिरहेको छ, गर्ने छ ।

अहिले सरसर्ति हेर्दा हाम्रो जीडीपी वृद्धि हुने अवस्थामा थियो । हामी करीब–करीब ६ प्रतिशत वृद्धिको हाराहारीमा थियौं, अझै बढ्ने क्रममा थियौं । अब चाहिँ करीब २ प्रतिशतमा झर्छ भनेर विभिन्न क्षेत्रहरूले प्रक्षेपण गर्न थालेका छन् ।

अहिलेसम्म हामी आत्मनिर्भर अर्थतन्त्रमा छैनौं । त्यो नभएको कारणले गर्दा जुन–जुन देशमा हामी निर्भर रहेका छौं, ती देशको अर्थतन्त्रले हाम्रो देशको अर्थतन्त्रलाई असर गर्छ ।

ठूलो मात्रामा हाम्रा श्रमिकहरू काम गर्ने खाडी मुलुकमा देखिएको असरले यहाँ पनि प्रभाव पार्छ ।

साथसाथै उद्योगधन्दा र व्यवसायका लागि चाहिने सम्पूर्ण कच्चा पदार्थहरू मुख्य रूपमा चीन र भारतबाट आउने गर्छ ।

उद्योगी व्यवसायीहरू तयार छन् कि छैनन् ? मजदूरहरू काम गरिरहन तयार छन् कि छैनन् ? यो महामारी कुन स्केलमा वृद्धि हुँदै जान्छ भनेर सरकारले पनि हेर्नुपर्ने होला । यो एक महिनामा सरकारले पर्याप्त अध्ययन गरिरहेको छ जस्तो मलाई लाग्छ ।

ती दुई देशमा पर्ने असरले हामीलाई ठूलो प्रभाव पारिरहेको हुन्छ । कोभिडले स्वास्थ्यजस्तै ३ चरणमै अर्थतन्त्रलाई कोल्याप्स गर्‍यो 

कोभिड– १९ ले स्वास्थ्यमा पहिलो, दोस्रो र तेस्रो गरेर तीनवटा चरणमा असर पार्छ भनिएको छ नि, त्यसै गरेर अर्थतन्त्रमा तीन चरणमै असर पारेको छ जस्तो मलाई लाग्छ । 

पहिलो दैनिक ज्याला मजदूरी गरेर खाने श्रमिकहरूले रोजगारी गुमाए, उनीहरू आफ्नो र आफ्नो परिवारको पेट पाल्न असक्षम भएका छन् या समस्यामा परेका छन् ।

दोस्रो चरणमा स–साना लगानीमा चलेका व्यवसायहरू, स्वरोजगारीहरू अथवा केही रोजगार सिर्जना गरिरहेका मझौला व्यवसायहरूलाई असर परेको छ ।

सबै व्यवसायहरू ठप्प भएपछि उनीहरूमा आश्रित रहेका परीवार र कर्मचारीहरूलाई ठूलो असर परेको छ वा पर्नेवाला छ ।

अनौपचारिक रूपमा त्यसले हाम्रो अर्थतन्त्रको ठूलो भाग ओगटेको छ । त्यो डामाडोल भएको छ ।

तेस्रो चरणमा ठूला उद्योगहरू, जसले राज्यको रेभेन्युुमै ठूलो योगदान गरिरहेका थिए, उनीहरू थला परेका छन् । ठूला उद्योगहरू राज्यको अर्थतन्त्रका मुख्य इञ्जिन हुन् ।

सिमेन्ट लगायतका अन्य ठूला उद्योगहरू धरासायी भएका छन् । यिनीहरूले ठूलो संख्यामा रोजगारी सिर्जना गरेका थिए । देशको मूल अर्थतन्त्र धान्ने ठूला उद्योग व्यवसायहरूलाई ठूलो मात्रामा असर गरिरहेको छ । अहिले तत्कालमा यी तीनवटा असरहरू मैले देखेको छु ।

'आत्मनिर्भर नहुनु सबैभन्दा ठूलो विडम्बना'

कोभिड– १९ को असर हेर्ने हो भने अन्य देशको तुलनामा हामी धेरै मात्रामा सुरक्षित छौं । यदि हाम्रो अर्थतन्त्र आत्मनिर्भर भइदिएको हो भने कोभिडकै कारणले धेरै आत्तिनु पर्ने जरूरी थिएन । हाम्रा सबैखाले उद्योगका कच्चा पदार्थहरू हामीले बाहिरबाट ल्याउनुपरेको छ ।

हामीले ठूलो मात्रामा कृषिजन्य सामग्रीहरू पनि आयात गर्छौं । करीब–करीब ३ खर्ब रुपैयाँको सामग्री आयात गर्छौं । जुन देशबाट हामीले आयात गर्छौं ती देशको अर्थतन्त्र धरासायी हुँदा हामीलाई ठूलो असर गर्ने भयो । पहिलो घरघरमै चुल्हो बल्न नै समस्या हुने देखियो भने अर्को उत्पादनमा असर पर्ने भयो । यसबाट समग्र देशको राष्ट्रिय आय पनि धरासायी हुने देखियो ।

हामीले ठूलो मात्रामा कृषिजन्य सामग्रीहरू पनि आयात गर्छौं । करीब–करीब ३ खर्ब रुपैयाँको सामग्री आयात गर्छौं । जुन देशबाट हामीले आयात गर्छौं ती देशको अर्थतन्त्र धरासायी हुँदा हामीलाई ठूलो असर गर्ने भयो । पहिलो घरघरमै चुल्हो बल्न नै समस्या हुने देखियो भने अर्को उत्पादनमा असर पर्ने भयो । यसबाट समग्र देशको राष्ट्रिय आय पनि धरासायी हुने देखियो ।

यदि हामी त्यस्ता कच्चा पदार्थ, कृषिजन्य सामग्रीहरूमा आत्मनिर्भर भइदिएको भए अहिले खुलेर ती चिजहरूमा आधारित उद्योग धन्दा चलाउन सक्थ्यौं । हाम्रो इकोनोमी टिकाउन सकिन्थ्यो ।

हामीले निर्यात गर्न आवश्यक थिएन तर हाम्रो आन्तरिक माग पूरा हुने गरी कृषि उत्पादन गर्न सक्थ्यौं । हामी कृषिमा मात्र फोकस भएर काम गर्न सक्थ्यौं ।

सिमेन्ट उद्योगका लागि सबै कच्चा पदार्थ नेपालमै हुने भएको भए अहिले हामीले सिमेन्ट उद्योग निर्वाध रूपमा चलाउन सक्थ्यौं । नेपालभित्रकै कच्चा पदार्थ प्रयोग गरेर अहिले उत्पादन गरिरहेका हुने थियौं । हाम्रो रोजगारी गुम्दैनथ्यो । आत्मनिर्भर नहुनुले ठूलो विडम्बना निम्त्याएको छ ।

'विकल्पसहित लकडाउन गर्न सकिन्थ्यो, तयारी पुगेन'

मलाई मूलभूत रूपमा के लाग्छ भने यतिखेर सरकारले गरेको निर्णय देशको हितमा छ । कोभिड विश्वकै लागि एउटा अनौठो चिजका रूपमा आएको छ । यसलाई कुनै पनि देशले पूर्णरूपमा बुझिसकेको अवस्था छैन । हाम्रो देश स्रोत साधनमा पर्याप्त मात्रामा सम्पन्न नभइसकेको अवस्थामा यस्तो रिस्क लिनु हुँदैन । सरकारले सही निर्णय गर्‍यो जस्तो लाग्छ ।

हाम्रो देशको अर्थतन्त्र अमेरिका जस्तो विकासको उच्चतम बिन्दूमा पुगिसकेको देशको जस्तो होइन । हामीलाई चाहिँ जुनसुकै बेलापनि ‘स्क्र्याच’बाट शुरू गरेर नयाँ विधि अनुशासन र नयाँ तरिकाबाट लिएर हिँड्ने अवसर छ ।

नेपाल अर्थतन्त्रमा धेरै प्रगति गरिसकेको देश होइन । जिरोबाट फेरि नयाँ कोर्स बनाएर अघि बढ्न सक्छौं । यही कारणले गर्दा अर्थतन्त्र भन्दा पनि महामारीबाट बच्नु नै हाम्रा लागि पहिलो प्राथमिकता हो जस्तो लाछ ।

केही उद्योगलाई चलाउन दिए हुन्थ्यो सरकारले । ठूला–ठूला मेगा प्रोजेक्टहरूलाई चलाउन दिए हुन्थ्यो । केही नभएपनि एउटा निश्चित संख्यामा रोजगारी गुम्ने थिएन । रोजीरोटी चल्थ्यो ।

यसो भनिरहँदा पहिलो चासो हुनुपर्ने चाहिँ गरीब मजदूरहरूको पेट नकाटियोस् भन्ने चाहिँ हुनुपर्छ । त्यसका लागि जुन सेक्टरले ठूलो संख्यामा मजदूरहरूलाई रोजगारी दिएको छ त्यो सेक्टरलाई सरकारले आइसोलेट गराएर चलायमान बनाउनेतिर सोचेको भए हुन्थ्यो ।

केही उद्योगलाई चलाउन दिए हुन्थ्यो सरकारले । ठूला–ठूला मेगा प्रोजेक्टहरूलाई चलाउन दिए हुन्थ्यो । केही नभएपनि एउटा निश्चित संख्यामा रोजगारी गुम्ने थिएन । रोजीरोटी चल्थ्यो ।

देशको विकासका कामहरू ठप्प नहुने गरेर अघि बढ्न सकिन्थ्यो । सरकारले त्यसको बारेमा सोचिरहेको छ भन्ने मलाई लाग्छ । लकडाउन शुरू गर्दा हामीसँग पर्याप्त तयारी भएन तर यतिखेर अन्य आर्थिक क्रियाकलाप रोकियो कि भनेर आत्तिनुभन्दा पनि कोरोनाबाट कसरी बच्ने भन्नेतिर हामीले फोकस गर्नुपर्छ ।

'निर्माण क्षेत्रलगायत केही उद्योगहरू निश्चित मापदण्डमा चलाउनुपर्छ'

सरकारले निर्माण क्षेत्रलगायत केही अन्य उद्योगहरूलाई स्वास्थ्य मापदण्ड अपनाएर चल्न दिनुपर्छ । यो बारेमा सरकारले सोचिरहेको छ जस्तो मलाई लाग्छ । केही समय त सरकारले पनि हेर्नुपर्‍यो ।

उद्योगी व्यवसायीहरू तयार छन् कि छैनन् ? मजदूरहरू काम गरिरहन तयार छन् कि छैनन् ? यो महामारी कुन स्केलमा वृद्धि हुँदै जान्छ भनेर सरकारले पनि हेर्नुपर्ने होला । यो एक महिनामा सरकारले पर्याप्त अध्ययन गरिरहेको छ जस्तो मलाई लाग्छ ।

धेरै ठूलो अप्ठ्यारो पनि छैन । कुनै उद्योगले २ हजारजना कर्मचारीहरूलाई काममा लगाइरहेको छ भने तिनीहरूलाई ‘आइसोलेट’ गर्ने, सरकारका तर्फबाट एउटा फोकल पर्सन तोकेर उनीहरूलाई दैनिक चेकअप गर्न सक्ने हो भने त्यति गाह्रो त छैन ।

अहिले गाउँघरमा कृषिलगायत अरू क्षेत्रमा काम भइरहेका छन् । त्यहाँ कुनै नियमन र अनुगमन छैन । बरू त्यहाँ जोखिम उच्च छ । तर अघि भनेजस्तो गरेर उद्योग सञ्चालन गरियो भने जोखिम हुँदैन । कुनै उद्योगहरूलाई आइसोलेसनमा राखेर काम गर्न चाह्यो भने सरकारले त्यो काम गर्न सक्छ । त्यसका लागि प्रत्येक क्लस्टरमा फोकल पर्सन तोक्दिनुपर्छ र त्यसलाई मोनिटरिङ गर्नुपर्छ ।

अनुगमन गरेर रिपोर्ट लिएर केही आर्थिक क्रियाकलापलाई सुचारू गर्न सकिन्छ । सरकारले केही प्रोग्रेसिभ स्टेप लिन सक्छ ।

‘सरकारलाई निजी क्षेत्रको अप्ठ्यारोका बारेमा थाहा छ’

यतिबेला विभिन्न निकायहरूले सरकारसँग आफ्ना समस्याहरू राखिरहेका छन् । यतिखेर समस्या के छ भने सबै उद्योगीहरू त्रसित छन् । आफ्ना कर्मचारीहरूलाई तलब कसरी दिने ? सबै ठप्प छ । बैंकको साँवा ब्याज कसरी तिर्ने ? अनि कम्पनीको ओभरहेड खर्चहरू कसरी म्यानेज गर्ने ? भन्ने नै व्यवसायीहरूको अहिलेको सबैभन्दा ठूलो त्रास हो ।

उद्योगी व्यवसायीहरूलाई बिजुलीपानीको खर्च, प्रोपर्टी ट्याक्स, इन्स्युरेन्सको खर्च सबै म्यानेज गरिरहनुपरेको छ । यी सबै कसरी तिर्ने भन्ने विषयमा उद्योगीहरू त्रसित छन् । उद्योग वाणिज्य महासंघले पनि यसबारेमा आफ्ना राय सुझावहरू पेश गरिसकेको छ ।

परिसंघदेखि लिएर सबै जिल्लाका संघहरूले पनि आफ्ना मागहरू सम्बन्धित ठाउँमा पुर्‍याइरहेका छन् । सरकार पनि यसबारेमा पूर्ण जानकार छ । हाम्रो अर्थमन्त्रीज्यूले पनि एउटा अन्तर्वार्ताका क्रममा म पूर्ण जानकार छु भन्नुभएको थियो । अब सरकारले के स्टेप लिन्छ भनेर हामीले कुरिरहेका छौं । बजेटको पनि तयारी हुँदैछ ।

यी सबै कुराहरू बजेटमार्फत सम्बोधन हुन्छ कि भनेर हामीले आशा गरिरहेका छौं ।

चैत महिनाकै तलब खुवाउन समस्या छ, वैशाखको के कुरा ?

यसअघि राहत घोषणा गर्दा चैत महिनाको तलब दिनुस् भनेर अर्थमन्त्रीले भन्नुभयो । उहाँले कति बुझेर भन्नुभयो भन्ने कुरा त उहाँलाई नै थाहा होला । 

तर व्यवसायीहरूले आफ्नो स्रोतबाट तलब दिने हो । चैत महिनाको तलब दिनु भनिरहँदा अर्थमन्त्रीले बैंकहरूलाई एक महिनाको ब्याज मिनाहा गर्देऊ भन्न सक्नुपर्थ्यो । 

सरकारले लकडाउन अलि खुकुलो बनाएर आर्थिक क्रियाकलाप अघि बढाउन चाहन्छ भने निजी क्षेत्रले सरकारलाई अनुशासनभित्र बसेर उद्योग व्यावसायहरू चलाउन लगाएर सहयोग गर्नुपर्छ भन्ने मलाई लागिरहेको छ ।

नेपालका उद्योगहरू न्यूनतम प्रोफिट मार्जिनमा चलेका हुन्छन् । विडम्बना के छ भन्दा, जुन सेक्टरले ठूलो संख्यामा मजदूरहरूलाई राखेको हुन्छ, ती सेक्टरहरू न्यूनतम प्रोफिट मार्जिनमा चलेका छन् र सबैभन्दा बढी नकारात्मक असर परेको छ ।

उनीहरूले करीब–करीब बैंकको ब्याज तिरेर, कर्मचारीलाई तलब दिएर र अन्य खर्चहरू गरेर ८ र १० प्रतिशत मात्र प्रोफिट मार्जिन गरिरहेका हुन्छन् ।

ती संस्थाहरूलाई विनाकुनै स्रोत एक या दुई महिनाको कर्मचारीको तलब देऊ भनेर आदेश आउनेबित्तिकै उनीहरूले दिने अवस्था त हुँदैन ।

यसका लागि सरकारले यो स्रोतबाट तलब देऊ भनेर उपायसहित भन्दिनुपर्छ । केही व्यवसायीहरूले चैतको तलब दिए होलान् तर सबै व्यवसायीले त्यो पनि गर्न सकेका छैनन् । वैशाखका बारेमा त कुनै निर्णय भएको छैन ।

'निजी क्षेत्र नै अर्थतन्त्रको चालक हो'

निजी क्षेत्र भनेको रोजगार र अर्थतन्त्रका लागि ठूलो योगदानकर्ता हो । अर्थतन्त्र सुचारू गर्ने मुख्य चालक नै निजी क्षेत्र हो । अर्थतन्त्र रिभाइभ गर्नका लागि आर्थिक क्रियाकलाप अघि बढाउन सरकारले जे गर्न चाहन्छ, सरकारको निर्देशनभित्र रहेर र मापदण्डभित्र रहेर आफ्ना व्यवसाय सञ्चालन गर्नु नै यतिखेर निजी क्षेत्रले सरकारलाई गर्ने ठूलो र महत्त्वपूर्ण सहयोग हो ।

हामीले कुन व्यक्ति र संस्थाले सरकारलाई करोडौं दिइरहेको छ भनेर हेरिरहेका छौं । त्यो सही होइन । त्यो दिने पैसाभन्दा एउटा उद्योगी व्यवसायीले केहीलाई रोजगारी दिएर समाजलाई र देशलाई गर्ने योगदान धेरै हुन्छ ।

सरकारले लकडाउन अलि खुकुलो बनाएर आर्थिक क्रियाकलाप अघि बढाउन चाहन्छ भने निजी क्षेत्रले सरकारलाई अनुशासनभित्र बसेर उद्योग व्यावसायहरू चलाउन लगाएर सहयोग गर्नुपर्छ भन्ने मलाई लागिरहेको छ ।

'वैशाख १५ पछि लकडाउनको सट्टा नयाँ शब्द आउन सक्छ'

वैशाख १५ पछि सरकारले टर्मिनोलोजी परिवर्तन गर्ला, अथवा नयाँ शब्द लिएर आउला । कमसेकम पनि पब्लिक मुभमेन्ट चाहिँ खोल्छ जस्तो लाग्दैन । अहिले मुभमेन्ट रोकिएको अवस्था छ, यो अझै रोकिन्छ कि जस्तो लाग्छ ।

यस्तो अवस्था अनिश्चितकालीन लामो समयसम्म जान सक्छ । किनभने भारतले (कोभिड– १९) को नियन्त्रण र रोकथामका लागि कुनै प्रगति हासिल गरेको छैन । भारतले नेपालले भन्दा करीब आधा स्केलमा परीक्षण गरिरहेको छ ।

त्यो मात्र नभएर लकडाउनको पालना पनि भएको देखिँदैन । सबै हिसाबले महामारी नियन्त्रणमा धेरै काम हुन सकेको छैन । हाम्रो थ्रेट भनेको इन्डिया नै हो ।

नेपालमा खुकुलो गर्नासाथ भारतबाट नेपाल आउने मुभमेन्ट खुला हुन्छ र हामी जोखिममा पर्छौं । उता नियन्त्रण नहुने बेलासम्म हामीले यता सावधानी अपनाउनै पर्छ ।

'आन्तरिक आपूर्ति सिस्टम चलिरहेकै छ तर पर्याप्त छैन'

अहिले बाहिरबाट आउने अत्यावश्यक चिजहरू आइरहेका छन् । तर निर्माणसँग सम्बन्धित, उद्योग व्यवसायसँग सम्बन्धित आयातहरू भएका छैनन् । कृषि र औषधिजन्यसँग सम्बन्धित आन्तरिक आपूर्ति चेनमा त्यति ठूलो असर परिसकेको जस्तो लाग्दैन, किनभने उपभोग भइरहेको छ । कुनै न कुनै तरिकाबाट यो चलिरहेको छ ।

आर्थिक क्रियाकलाप बढाउन सरकारले केही सेक्टरहरू खुला गर्दै लैजानुपर्छ । कन्स्ट्रक्सनका एरियाहरू खोल्न दिने, हार्डवेयरहरू खोल्न दिने जस्ता कामहरू खुला गर्नुपर्छ । यसले आर्थिक क्रियाकलाप बढाउन सक्छ ।

खाडीमा काम गर्न जाने, अथवा विदेश पढ्न जानेहरूलाई पनि असर परिरहेको छ । उता रोजगारी गुमाउने सम्भावना प्रशस्त छ । यसबाट एउटा रेमिट्यान्स कम हुने, उनीहरूलाई नेपाल ल्याएपछि बेरोजगारीको संख्या बढ्ने र व्यवस्थापन गर्न नसकिने समस्या भोग्नुपर्ने देखिन्छ ।

कृषि लगायतका अत्यावश्यक वस्तुहरूको आपूर्ति त अहिलेपनि चलिरहेको छ । अत्यावश्यक चिजहरूचाहिँ सुरक्षा उपायहरू अपनाएर पूरै दिन खोल्न दिनुपर्छ । कुनै–कुनै स्थानीय निकायहरूले आफैं निर्णय गरिसकेका पनि छन् ।

निर्माणलगायतका क्षेत्रहरू अहिले यदि सुचारू भइदिएको भए अहिले काठमाडौंबाट बाहिर जाने मजदूरहरू अप्ठ्यारोमा पर्ने थिएनन् ।

यतिखेर पूर्णरूपमा तयारी गर्न पाइएन, लकडाउनको निर्णय हतारमा भयो, तर हामीसँग अलिकति तयारी भएको भए यी सबै निर्माण मजदूरहरूलाई एक ठाउँमा राखेर ठेकेदारहरूलाई, उद्योगीहरूलाई र आबद्ध निकायहरूलाई आफ्ना मजदूरहरूको व्यवस्थापन गर्न लगाउन सकिन्थ्यो ।

रोजीरोटी हुन छोडेपछि स्वाभाविकरूपमा उनीहरू गाउँ जान बाध्य भएका हुन् । सरकारले अब केही निर्णय गरेर उनीहरूको रोजीरोटी, व्यवस्थापन लगायतका कुरामा ध्यान दिनुपर्छ ।

विदेशबाट नेपाली फर्किन चाहेका छन्, रेमिट्यान्स घट्ने र आन्तरिक रोजगारी व्यवस्थापन गर्न गाह्रो हुने देखिन्छ । बाहिरबाट नेपाली कामदारहरू हामी आउन चाहन्छौं भनिरहेका छन् ।

खाडीमा काम गर्न जाने, अथवा विदेश पढ्न जानेहरूलाई पनि असर परिरहेको छ । उता रोजगारी गुमाउने सम्भावना प्रशस्त छ । यसबाट एउटा रेमिट्यान्स कम हुने, उनीहरूलाई नेपाल ल्याएपछि बेरोजगारीको संख्या बढ्ने र व्यवस्थापन गर्न नसकिने समस्या भोग्नुपर्ने देखिन्छ ।

मुख्य कुराचाहिँ कोभिडपछाडि ग्लोबल इकोनोमी कसरी अघि बढ्छ भन्ने कुरा नै अहिले कसैले यकिन गर्न सकिरहेको अवस्था छैन । विश्वकै क्रयशक्ति घट्ने अवस्था छ । तेल उत्पादन गर्नेहरू

देशको आयमा व्यापक ह्रास आउने देखिन्छ । खाडी मुलुकहरूमा ठूला–ठूला उद्योगी व्यवसायीहरू युरोपियन छन् । कोभिडले धरै असर गरेको पनि युरोपमै हो ।

नेपालीहरू त्यहाँ पनि बेरोजगार हुने सम्भावना देखिन्छ । यो अवस्थालाई राम्रोसँग सदुपयोग गर्न सक्यौं भने नेपालका लागि ठूलो अवसरको रूपमा आउँछ कि भनेर आशा छ मेरो ।

विगतमा नेपालका प्रायः सबै उद्योगहरूले दक्ष जनशक्ति पाएका थिएनन । यो समस्याको रूपमा रहिआएको थियो । विदेशमा काम गर्न जाने प्रवृत्ति नै यसका लागि ठूलो कारक तत्व हो ।

हाम्रो सामाजिक, सांस्कृतिक व्यवस्था छ । यसले गर्दा हाम्रो घरछेउमा पेट पाल्न रोजगारी नगर्ने तर बाहिर जाने र वर्षभरी ब्याज तिर्न पुग्यो भने त्यसलाई ठूलो मान्ने प्रवृत्ति छ । कमसेकम त्यो अवस्थाबाट समाज मुक्त हुन्छ र हाम्रै घरगाउँमा रोजगारी सिर्जना गर्न सक्छौं कि भन्ने ठूलो आशा छ ।

अहिले नेपालको सबै खाले उद्योगहरूको उत्पादन कस्ट हाइ हुनुको कारण मजदूर र बिजुलीको रेट हो । हामीलाई चाहिएको चिज हामीले यहीँ उत्पादन गर्न नसक्नुको कारण पनि यही हो । भारत र चीनमा सस्तो पर्छ किनकि त्यहाँ काम गर्ने मजदूरहरू धेरै छन् ।

यहाँ श्रमिकको कस्ट महंगो छ । नेपालमा यहीँभित्र पर्याप्त मात्रामा जनशक्ति पाउन थालियो भने हाम्रोमा उद्योग व्यवसायहरू बढ्छन् । धेरै उद्योगहरू खुल्न थाल्छन् । हामीले निर्यात् नगरेपनि आन्तरिक रूपमा पुग्ने उत्पादन थाल्यौं भनेपनि यसले ठूलो रोजगारी सिर्जना गर्न सक्छ ।

 सरकार भनेको सबै जनता उद्योगी व्यवसायी सबैको अविभावक हो । त्यसो हुँदाखेरि सरकारले दिएको निर्देशन आदि कुराहरू पालना गर्ने हाम्रो दायित्व हो । यस्तो आपतकालमा सबैलाई सरकारसँग आशा हुन्छ ।

करीब–करीब ३ खर्बको कृषिजन्य सामग्रीहरू आयात भइरहेको छ अहिले । त्यसलाई रोक्न सक्ने हो भने पनि हाम्रो व्यापार घाटा १८/२० प्रतिशतमा कमी हुन्छ । हामीले शुरूमा कृषिमै फोकस गर्नुपर्‍यो । ओभरअल जीडीपीमा कृषिले त्यति ठूलो रोल नखेल्न सक्छ, हामीले कृषिमा आधारित उत्पादन उद्योगहरू खोल्न सक्छौं ।

४० लाख मजदूरहरू नेपाल फर्केर आए भने एकजनाले एउटा व्यवसाय शुरू गर्‍यो भने उसले अरूलाई रोजगारी दिन सक्छ ।

आउने व्यक्तिहरूका लागि आर्थिक प्याकेज ल्याएर नेपालमै लगानी गर्न र काम गर्न प्रेरित गर्ने हो भने मलाई लाग्छ यो हाम्रो लागि ठूलो अवसर हो । म पूर्णरूपमा सकारात्मक छु ।

म चाहिँ कहिले लकडाउन सकिन्छ र विदेशमा भएका नेपाली दाजुभाइहरू आउँछन् र उहाँहरूलाई हात मिलाएर अघि बढ्न सकिन्छ भनेर कुरिरहेको छु ।

अन्य उद्योगहरूले पनि अब हामीकहाँ जनशक्तिको अभाव कम हुन्छ त्यसकारण मैले यहाँ–यहाँ एक्स्पान्सन गर्दैछु भनेर भनेको सुन्छु । उत्साहित भएका छन् । यसमा सरकारले साथ दिनुपर्‍यो । 

अन्त्यमा, सरकार भनेको सबै जनता उद्योगी व्यवसायी सबैको अविभावक हो । त्यसो हुँदाखेरि सरकारले दिएको निर्देशन आदि कुराहरू पालना गर्ने हाम्रो दायित्व हो । यस्तो आपतकालमा सबैलाई सरकारसँग आशा हुन्छ ।

सम्पूर्ण उद्योगी व्यवसायीहरूले यतिखेर सरकारले के भन्छ, के दिन्छ भनेर हेरिरहेका छन् । यो उद्योगी व्यवसायीले सरकारको मुख हेरेको, राहत खोजेको आफ्नो लागि होइन भनेर बुझ्नुपर्छ । एउटा उद्योगबाट हजारौं जनाले चुल्हो चलाएको हुन्छ । राहत भनेको हजार जनाकै चुल्हो बलिरहोस भनेर हेरिनुपर्ने विषय हुनुपर्छ ।

बैंकको ब्याजमा छूट दिने, अन्य कुराहरूमा सहयोग गर्ने र आत्तिइहाल्नुपर्ने अवस्था छैन, हामी तपाईंसँगै छौं भनेर भन्दिने हो भने अहिलेको अवस्थामा त्यो भन्दा ठूलो राहत अरू हुँदैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x