×

NMB BANK
NIC ASIA

लकडाउन असर

अत्यावश्यक औषधिको कच्चा पदार्थ भारतमै अलपत्र, ९ वटा उद्योग बन्द हुने अवस्थामा

बैशाख ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रुपन्देहीमा सञ्चालित ग्रेस फर्मास्युटिकल्स प्रालिले मधुमेह र उच्च रक्तचाप लगायतका विभिन्न औषधि उत्पादन गर्छ तर औषधिका लागि चाहिने कच्चा पदार्थ भारतीय भन्सारमा रोकिएको छ ।

Muktinath Bank

अबको १ हप्तासम्म पनि कच्चापदार्थ भित्रिन नपाए उद्योग बन्द हुने अवस्थामा पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘लकडाउनमा पनि अत्यावश्यक वस्तुको आयात नरोकिने सरकारले बताएपनि हाम्रो उद्योगका औषधिजन्य कच्चा पदार्थ भारतमै रोकिए,’ उद्योग सञ्चालक सुरज भट्टराई भन्छन्, ‘भारतीय भन्सारको गोदाममा ‘अनलोड’ भइसकेको सामान भन्सार बन्दाबन्दीले अलपत्र पर्‍यो । अब औषधि उद्योगहरू बन्द गर्नुपर्ने अवस्था आउँदैछ ।’


Advertisment
Nabil box
Kumari

लकडाउनमा पनि इन्धन, ग्यास र अन्य अतिआवश्यक सामग्री बोक्ने मालबाहक गाडी भारतबाट निर्वाध रुपमा आइरहेपनि औषधिको लागि चाहिने कच्चा पदार्थका गाडी आउन पाएका छैनन् । लकडाउन लामो समयसम्म जाने अवस्था आए औषधिको अभाव हुने देखिएको छ ।

Vianet communication
Laxmi Bank

देशकै ठूलो औषधि उद्योग अन्तर्गत पर्ने एसियन फर्मास्युटिकल्स प्रालिको अवस्था पनि उहीँ छ । फर्मास्युटिकल्सका सञ्चालक हुतानन्द खनाल भन्छन्, ‘पहिलेको तुलनामा औषधि खपत न्यून छ तर कच्चा पदार्थ भित्रिन पाएको छैन । उद्योगमा औषधि चाहिँ स्टक छ ।’ 

बायोगेन रिमेडिजले पनि १० प्रतिशत मात्र उत्पादन गरेको छ । उद्योगका सञ्चालक प्रकाश ज्ञवाली भन्छन्, ‘भन्सार सहज नहुँदा कच्चा पदार्थ भारतमै रोकिए । उत्पादित वस्तुको ट्रान्सपोर्ट छैन । उत्पादनमा धेरै गिरावट आएको छ ।’ 
रुपन्देहीमा एलोपेथिक र होमियोप्याथिक गरी १२ वटा औषधि उद्योग छन् । जसमा ९ वटा एलोपेथिक मात्रै छन् । एसियन, सिद्धार्थ, बायोगेन रिभिडिज, ग्रेस, एप्पल, युनिर्भसल, कोरल नेपाल रिभाडिज लगायत उद्योग छन् । सिद्धार्थ फर्मास्युटिकल्स प्रालिका गिरीराज पाठक भन्छन्, ‘कच्चा पदार्थ इनपुट रोकिएकाले उत्पादन बन्द हुने अवस्थामा पुगेको छ । चैत १० गतेदेखि कच्चा पदार्थ आउन सकेको छैन ।’

लकडाउन भएपछि औषधि उद्योग १५ दिन बन्द भएका थिए । आपूर्ति व्यवस्थापन विभागले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने भनेपछि उद्योगहरू चल्न थालेपनि फेरि बन्द गर्नुपर्ने बाध्यता आइपरेको छ । औषधि उत्पादकले कच्चा पदार्थका गाडी राज्यले भारतसँग समन्वय गरेर नेपाल ल्याउन दिनुपर्ने माग गरेका छन् । 

रुपन्देहीमा आउने औषधिको कच्चा पदार्थ सबै भारतबाट आउँछ । भारतमा पनि लकडाउन जारी रहँदा भन्सार सहज छैन । मालबाहक गाडी भरी सामान भएका ट्रकको भन्सार गरिएपनि आधा सामान भएका गाडीको भन्सार रोकिँदा औषधि व्यवसायी मारमा परेका हुन् । 

चलेका केही उद्योगमा पनि कामदार जान सकेका छैनन् । गाडी नचल्दा उत्पादित औषधि बाहिरी जिल्लामा जान सकेको छैन । रुपन्ेदहीबाट उत्पादित औषधि ७७ वटै जिल्लामा जाने गर्छ । औषधि उद्योगीले औषधि विभिन्न ठाउँमा पठाउनको लागि टान्सपोर्ट खुलाउनुपर्ने बताएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x