×

NMB BANK
NIC ASIA

कोरोनाका डाक्टरले नै पाएनन् बस्ने क्वारेन्टाइन, होटल सञ्चालकका अनेक बहाना

बैशाख १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोरोना भाइरस संक्रमित र शंकास्पद बिरामीको उपचारमा संलग्न चिकित्सकले क्वारेन्टाइनमा बस्न होटलमा कोठा नपाएको गुनासो गरेका छन् ।

Muktinath Bank

कोरोनाको उपचारका लागि नियुक्त गरिएका अस्पतालका फोकल पर्सन डा. रंजीत झाका अनुसार राजविराजका कतिपय होटल सञ्चालकलाई क्वारेन्टाइनका लागि अनुरोध गरिसकेको भएपनि होटल दिन तयार भएका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राजविराजका ३ वटा होटल यस्ता छन्, जसमा हामी सबै स्वास्थ्यकर्मीदेखि चिकित्सक अटाउन सक्छौं तर कुनै पनि होटल सञ्चालकले होटलमा कोठा दिन मानेका छैनन्,’ डा. झाले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीले अनिवार्य रुपमा छुट्टै क्वारेन्टाइनमा बस्नुपर्ने विश्व स्वास्थ्य संगठनले मापदण्ड रहेको छ । उपचारका क्रममा भाइरसको संक्रमण हुनसक्ने र घरपरिवारका अन्य सदस्यमा संक्रमण होस् भनेर क्वारेन्टाइन अनिवार्य गरिएको छ ।

Vianet communication
Laxmi Bank

डा. झाका अनुसार होटल सञ्चालकले बहाना गर्ने गरेका छन् । ‘होटलका स्टाफ नै छैनन्, घर गइसके । होटल बन्द गरिसकेका छौं । कोठाको भाडा लाग्ने तर कोठा उपलब्ध गराएपनि खाना पकाउनदेखि अन्य कामका लागि कर्मचारीहरू तपाईंहरूले आफ्नै राख्नुपर्ने, होटल धेरै दिनदेखि सफा नै नभएको भनेर बहाना बनाउने गरेका छन्,’ उनले भने, ‘मेयर, सीडीओ सा’पलाई समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जानकारी गराइसकेका छौं तर हामी होटलका लागि प्रशासनको हस्तक्षेप गराउन चाहँदैनौं ।’

राजविराजमा १२ शय्या कोरोना उपचारका लागि छुट्याइएको छ । ६ शय्याको ‘एडमिसन वार्ड’ र ६ शय्याको ‘स्क्रिनिङ वार्ड’ छुट्याइएको छ । कोरोना उपचारको लागि संघीय सरकारले अस्पताललाई तोकेको छ । कोरोनाको उपचारको लागि २१ जना चिकित्सक तथा १२ जना नर्सलाई खटाइएको छ । ७ जना चिकित्सक र ४ जना नर्स गरेर ३ वटा समूह बनाएर प्रत्येक ७/७ दिनमा अलग–अलग समूहलाई खटाइएको छ ।

‘७ दिन एउटा टीमले काम गर्ने र १४ दिन क्वारेन्टाइनमा गएर बस्नुपर्ने, फेरि अर्को टीम ७ दिनका लागि आउने र क्वारेन्टाइनमा बस्ने गर्दै आलोपालो ड्यूटी दिएका छौं,’ झाले भने, ‘हालसम्म कोरोना पोजेटिभ केस नभेटिएकाले क्वारेन्टाइनमा बसेका छैनौं तर अब क्वारेन्टाइन आवश्यक छ । अहिले १ जना आरडीटी पोजेटिभ केस भएका बिरामी भर्ना छन् ।’

अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी अस्पतालको आवासमा परिवारसँगै बस्दै आएकाले अब जोखिम बढेको अवस्थामा छुट्टै क्वारेन्टाइनको व्यवस्था हुनुपर्ने डा. झाको अनुरोध छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x