×

NMB BANK
NIC ASIA

नेकपा नेताको ‘पावर’ : लकडाउनमा काठमाडौंबाट रातारात यसरी ओसारिँदैछन् यात्रु

बैशाख १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनमा समेत केही दिनयता काठमाडौंबाट यात्रुबाहक बस बाहिर जिल्ला गइरहेका छन् ।

Muktinath Bank

बुधवार बिहान ७ बजे ५० जना यात्रु बोकेको बस जनकपुर आइपुग्दा देख्नेहरू आश्चर्यचकित भए । लकडाउनको अवधिमा सवारीसाधन सञ्चालन गर्न नपाउने अवस्थामा काठमाडौंबाट यात्रुबस जनकपुरसम्म कसरी पुग्यो ? जनकपुरको मुजेलियास्थित ट्राफिक प्रहरी चेकपोस्टनिर गाडी रोकिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जनकपुर इन्जिनीयरिङ कलेजको बसबाट यात्रुहरू ओर्लिएर गन्तव्यतर्फ लागेका थिए,’ स्थानीय रामसागर साहले भने, ‘पछि बुझ्दा लकडाउनले लामो समय काठमाडौंमा बस्नुपर्दा समस्यामा परेर घर जान चाहनेहरूलाई कलेजको बसले ल्याएको रहेछ ।’


Advertisment
Nabil box
Kumari

लकडाउनको अवधिमा काठमाडौंबाट ना१ख ९३७८ नम्बरको बस जनकपुर आएको इन्जिनीयरिङ कलेजका सञ्चालक अर्जुन सिंहले बताए । ‘मंगलवार साँझ ८ बजेतिर ५० जना यात्रुलाई निःशुल्क रुपमा ल्याएर जनकपुर छाडेको छु,’ उनले भने ।

Vianet communication
Laxmi Bank

बसलाई जनकपुर बजारभित्र भने ल्याइएको थिएन । जनकपुर प्रवेश गर्ने चेकपोस्ट मुजेलियामा प्रहरीले बसलाई रोकेको थियो । धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बसलाई जनकपुर बजारमा प्रवेश गराउँदा राम्रो नहुने र बाहिरै कतै पार्क गरेर राख्न भनेपछि धनुषाको गणेशमान चारनाथ नगरपालिका अन्तर्गत वीरेन्द्र बजारमा राखेको सिंहले बताए ।

यसरी गरियो पहल

‘नेकपाका नेता तथा ऊर्जामन्त्री वर्षमान पुनले रोल्पा क्षेत्रका जनताका लागि काठमाडौंबाट बस व्यवस्थापन गर्ने गरेको कुरा सुनेपछि मैले पनि नेकपाका नेता तथा पूर्व स्थानीय विकास मन्त्री रामचन्द्र झालाई सम्पर्क गरें । मैले आफ्नो बस निःशुल्क रुपमा उपलब्ध गराइदिन्छु, तपाईंले फर्काउनका लागि पहल गरिदिनुपर्‍यो भनेर भनेको थिएँ,’ सिंहले भने, ‘बाँकी सबै कुरा उहाँले नै पहल, नेतृत्व, संयोजन सबै गर्नुभयो ।’ बीपी राजमार्ग हुँदै आएको बस बुधवारै राति काठमाडौं फिर्ता हुने तर कुनै पनि यात्रु नलैजाने उनले बताए ।

नेकपा केन्द्रीय सदस्य तथा पूर्व स्थानीय विकास मन्त्री रामचन्द्र झाले नै नेतृत्व तहबाट पहल गरेर काठमाडौंमा रहेका व्यक्तिलाई जनकपुर ल्याउन सबै पहल गरेको कुरा सिंहले बताए । १ महिनादेखि लकडाउनमा आफ्नै घर/डेरामा ‘होम क्वारेन्टाइन’मा बसेका व्यक्तिको जीवन काठमाडौंमा प्रभावित बन्दै गएको अवस्था आएपछि सुरक्षित तरिकाले घर फर्काएको उनले बताए ।

नेता रामचन्द्र झा

‘काठमाडौंमा अलपत्र फसेका मानिस धनुषाको जनकपुर फर्किन चाहनुहुन्छ भने मसँग सम्पर्क गर्नुस् वा काठमाडौं–धनुषा सम्पर्क मञ्चमा सम्पर्क गर्नुस् भनेर सामाजिक सञ्जालमा आफ्नो मोबाइल नम्बर सार्वजनिक गरेको थिएँ,’ झाले लोकान्तरसँग भने, ‘जनकपुर फर्किन चाहनेहरूले म जाने भनेर भन्न थाले । करीब ५० जनाको सूची तयार भएपछि अनुमतिका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई बसको नम्बर म्यासेज गरेर फोन समेत गरे ।’ 

सीडीओले अनुमति दिएपछि प्रहरी हुँदै खबर भएर यात्रा सहज भएको झाले बताए । उनका अनुसार धनुषाका सीडीओसँग पनि समन्वय गरिएको थियो ।

काठमाडौंबाट थप २ वटा बस आउँदै

कतिपय व्यक्ति पैदल नै हिँडेर गाउँतिर गइरहेकाले फर्किन चाहनेलाई घर फर्काउन पहल गर्दै नेतृत्व लिएको उनी बताउँछन् । ‘आज (बुधवार) पनि २ वटा बसमा जनकपुर पठाउने तयारी गरेका छौं,’ झाले भने, ‘साँझ ७ बजेतिर ती बसहरू जानेछन् ।’ बुधवार पठाउने सवारीसाधनका लागि पनि काठमाडौं र धनुषाको प्रमुख जिल्ला अधिकारीबाट सवारी अनुमति लिइसकेको उनले बताए ।

‘प्रदेश सांसद शत्रुघन महतो र निर्माण व्यवसायी बलराम महतोले एउटा–एउटा बसको संयोजन गरिदिएका छन्,’ उनले भने, ‘थप तेस्रो बसको संयोजन गर्न अर्का प्रदेश सांसद रामचन्द्र मण्डललाई समेत भनेको छु ।’ बुधवार जाने बस हेटौडा हुँदै पठाउने तयारी गरिएको जनाइएको छ । 

काठमाडौंबाट जनकपुर फर्किने व्यक्तिमा कुनै पनि किसिमको संक्रमण देखिएको नदेखिएको नेता झाले बताए । ‘एक महिना घरमा क्वारेन्टाइनमा बसेका कारण संक्रमण फैलिने समस्या हुँदैन,’ उनले भने, ‘कोही काम गर्न काठमाडौं आएका छन्, कोही पढ्न त कोही १–२ दिनको कामका लागि काठमाडौं आएका छन् । ती सबै मानिस अचानक गरिएको लकडाउनमा फसे ।’

धनुषा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष किरण कार्कीलाई ५० हजार रुपैयाँ उपलब्ध गराएर बेखर्ची बसेका व्यक्तिको खानाको व्यवस्थापन समेत गरिएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x