×

NMB BANK
NIC ASIA

कञ्चनपुरका कोरोना संक्रमित डिस्चार्ज, सेतीमा निको हुनेको संख्या ३ पुग्यो

बैशाख १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–९ का ४० वर्षीय कोराना संक्रमित पुरुष बुधवार निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Muktinath Bank

कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत उनी डिस्चार्ज भएपछि घर फर्किएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेती प्रादेशिक अस्पतालले एक विज्ञप्ती जारी गर्दै उनलाई डिस्चार्ज गरेको जनाएको हो । ११ जनाको समूहमा भारतको उत्तराखण्डबाट कञ्चनपुरको ब्रह्मदेव नाका हुँदै नेपाल प्रवेश गरेका उनलाई चैत १४ गतेदेखि बेदकोट नगरपालिका–९ स्थित कृषि पाइलट फर्मको क्वारेन्टाइनमा राखिएको थियो ।


Advertisment
Nabil box
Kumari

कोरोना पुष्टि भएपछि चैत्र २२ गते उपचारको लागि उनलाई सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।

Vianet communication
Laxmi Bank

यससँगै सेती प्रादेशिक अस्पतालबाट निको हुनेको संख्या ३ पुगेको छ भने २ जना संक्रमित अझै उपचाररत रहेको अस्पतालले जनाएको छ ।

वैशाख ९ गते धनगढी उपमहानगरपालिका–५ निवासी ३४ वर्षीय पुरुष उपचारपछि निको भएर घर फर्किसकेका छन् । उनी २९ दिनपछि घर फर्केका हुन् ।

उनी चैत ७ गते दुबईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौंबाट नेपालगञ्ज जहाजमा र त्यसपछि बस, अटोरिक्सा हुँदै चैत ८ गते घर पुगेका थिए ।

दुबईमा पनि बिरामी परेका उनलाई कोरोनाको जस्तै लक्षण देखिएपछि चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । उनको थ्रोट स्वाबको रिपोर्ट चैत १४ गते पोजेटिभ आएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

यसअघि कैलालीकै लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय पुरुष १६ दिनपछि घर फर्किसकेका थिए । भारतबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई वैशाख ७ गते डिस्चार्ज गरिएको थियो ।

सेतीमा अझै २ जना संक्रमित उपचाररत छन् । धनगढी उपमहानगरपालिका–५ की ३४ वर्षीया महिला र लम्कीचुहा नगरपालिका–१ की ६५ वर्षीया महिला अझै उपचाररत रहेको अस्पतालले जनाएको छ ।

उपचाररत दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x