कात्तिक २५, २०८०
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
बैशाख ११, २०७७
कोरोना संक्रमणको भयले यतिखेर अधिकांश मानिस चिन्तित छन् । कोरोनाले विश्वभा धेरै मानिसको मृत्यु भइसकेको छ । जसकारण नेपालमा पनि मानिसहरू चिन्तामा छन् ।
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सुझाव दिंदै आएका जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले भने विभिन्न कारण देखाउँदै कोरोना संक्रमण हुँदैमा सबै मानिसको मृत्यु नहुने बताभएका छन् । उनले कोरोना संक्रमणबाट आत्तिनुनपर्ने बताउँदै सचेत भने हुनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबूकमा उनले कोरोना संक्रमण हुँदैमा मानिसको मृत्यु हुँदैन भन्दै उनले विभिन्न सुझावहरू दिएका छन् । उनले भनेका छन्, 'कोरोना संक्रमणको भन्दा यो संक्रमणको भ्रमले धेरै नागरिक चिन्तित छन् । सहि सुचना नै मानसिक तनाब न्यून गर्ने प्रमुख कारक हो । तसर्थ यी तथ्यलाई आत्मसात गर्यौं भने कोरोना संक्रमणबाट धेरै आत्तिनु जरुरी छैन ।'
उनले दिएका सुझावहरू :
– कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन । कोरोना संक्रमण भएका १०० जना मध्ये ८५ % साधारण लक्षण देखिएर आफै निको हुन्छ । बाँकी १५ % मध्ये आधा बिरामी अस्पतालको आइसोलेसन वार्डमा सामान्य उपचारपछि निको हुन्छन् । बाँकी ७.५ % लाई आइसीयु वा भेन्टिलेटरको आबश्यकता पर्न सक्छ । सघन उपचारपछि ७.५ % मा आधा निको भएर घर फर्किन्छन् । बाँकी ३ % को मात्र मृत्यु हुन्छ । बालबालिका, युवा तथा बयस्कको मृत्युदर नगन्य छ ।
– जेष्ठ नागरिक तथा प्रौढहरु जसलाई नियन्त्रण नभएको दीर्घ रोग छ, जोखिमबर्गमा पर्दछन् । जस्तै मुटुको रोग, किड्नीको रोग, टाइप – १ तथा Complication भएको मधुमेह, क्यान्सरको 3rd तथा 4th स्टेजका बिरामी, अंग प्रत्यारोपण गरेका व्यक्ति, कोरोनरी आर्टरी रोग, अनियन्त्रित उच्च रक्तचाप, दीर्घ तथा जटिल स्वाश्प्रश्वासका बिरामी तथा इम्युनोकम्प्रोमाइजड बिरामी जोखिममा पर्छन । जोखिम बर्गका व्यक्तिलाई बिशेष ख्याल गर्नुपर्दछ । बाहिरी वातावरणबाट बचाउनुपर्दछ ।
– सेल्फ क्वारेन्टाइन, होम क्वारेन्टाइन, परिक्षण, आइसोलेसन, घरको खाना, बातावरणमा घटेको प्रदुषण, हात धोइरहने बानी तथा अन्य सुरक्षित उपायको कारण कोरोना संक्रमणबाट सिकिस्त हुनेको संख्या २० % बाट घटेर ३ % मा पुगेको छ । अस्पताल जानुपर्ने बिरामीको रेसियो घटेको छ । नयाँ संक्रमित घट्दै गएका छन् ।
– सहरमा बस्ने नागरिकमा कोरोना संक्रमणको भन्दा बेरोजगारी, भोकमरी तथा परिवार पाल्ने चिन्ता बढेको छ । मध्यमबर्गका नागरिकको आय / व्ययको सन्तुलन बिग्रेर चिन्तित छन् भने धनी व्यक्तिहरु आफ्नो ब्यबसाय धरासायी भएकोमा चिन्तित छन् । अर्थात हरेक बर्ग चिन्तामा छन् । त्यो चिन्ता पनि समयले निको गर्नेछ । जब कोरोना संक्रमण नियन्त्रणमा आउनेछ, क्रमसः आर्थिक गतिबिधि बढ्नेछन् ।
– कोरोना संक्रमणले कृषि पेशालाई सबैभन्दा महत्वपूर्ण पेशा बनाएको छ, बनाउनेछ । जसले आफै उत्पादन गर्छ, उ नै धनी र सम्मानित बन्नेछ । बाँझो जमिनमा मोतिका दाना फल्नेछन् । कृषि तथा पशापंक्षी पालन गर्ने तथा त्यसलाई बजारीकरण गर्ने नयाँ बर्गको उदय हुनेछ । हरेक देश आत्मनिर्भरको गोरेटोमा हिड्नेछन् ।
– विश्वव्यापी रुपमा कोरोना संक्रमण बिरुद्धको खोप मान्छेमा परिक्षण गर्ने चरणमा छ । अनुसन्धानले दावी गरेका छन् कि सयौं प्रयोगशालाले छिट्टै खोप प्रमाणित गर्नेछन । खोप आएपछि कोरोना भाइरस हामीबाट इतिहास बन्नेछ । त्यस्तै अहिले संक्रमणको चपेटामा परेका देशहरुले कोरोनाका बिरामीलाई इबोला, एचाइभी \एडस्, मलेरिया तथा जापानी इन्फ्लुएन्जाको औषधि चलाएका छन् । यो उपचारबाट लाखौँ संक्रमित निको भएर घर फर्किएका छन् ।
– भारतको MAX लगायतका अस्पतालले प्लाज्मा थेरापीबाट कोभिड– १९ का गम्भीर बिरामीलाई निको गरिरहेका छन् । प्लाज्मा थेरापी संसारभर प्रयोग गरिएको बिधि हो । यो थेरापी नेपालका अस्पतालहरुमा पनि गर्न सकिन्छ । यो सस्तो तथा प्रभाबकारी छ ।
– घरमा बस्ने, सरसफाइको ख्याल गर्ने, हल्का व्यायाम गर्ने, योग तथा ध्यान गर्ने, चिन्ता र तनाब नलिने व्यक्तिलाई कोरोना संक्रमणको जोखिम नगन्य हुन्छ ।
– नेपालमा हालसम्म ४५ जना व्यक्तिमा मात्र कोरोना संक्रमण देखिएकोमा ७ जना निको भएर घर फर्किएका छन् । अरु संक्रमितको अवस्था सामान्य छ । कसैलाई पनि आइसीयु / भेन्टिलेटरमा राख्नुपरेको छैन । ती मध्ये आदिभन्दा धेरै भारतीय हुन् ।
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...