जनता पार्टीको मर्यादाक्रममा पहिलो स्थानमा महन्थ ठाकुर, दोस्रोमा बाबुराम भट्टराई

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

राष्ट्रीय जनता पार्टी (राजपा )नेपाल र समाजबादी पार्टी नेपाल बीच एकता गर्ने सैद्धान्तिक सहमति गरिएको छ ।

मध्य रातमा दुबै पार्टीका शीर्ष नेताहरुबीच पार्टी एकीकरणका लागि सैद्धान्तिक सहमति पत्र समेत सार्वजनिक गरिएको छ ।


Advertisement

एकीकृत पार्टीको नाम जनता समाजबादी पार्टी रहने लिखित सहमति गरिएको छ । त्यसै गरी पार्टीको चुनवा चिन्ह राजपाको छाता छाप रहने तथा पार्टीको झण्डा समाजबादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा रहने सहमति गरिएको छ । 

राजपा नेपालका महासचिव केशव झाले दिएको जानकारी अनुसार एकीकृत पार्टीको मर्यादाक्रममा पहिलो स्थान महन्थ ठाकुरको रहनेछ भने दोस्रो स्थान डा बाबुराम भट्टराईको रहने समेत सहमति भएको छ ।


Advertisement

‘पार्टी एकता गर्दा अहिले दुई जना नेताको मर्यादाक्रम टुंगिएको छ जस अनुसार ठाकुर जी पहिलो स्थानमा र पूर्व प्रधानमन्त्री भट्टराईलाई दोस्रो स्थानमा राखिने भएको छ, ’झाले लोकान्तर संग भने,‘ बाँकी नेताहरूको मर्यादाक्रम पछि तय गर्दै जाने सहमति भएको छ । ’

उपेंद्र यादव , अशोक राई, राजेन्द्र श्रेष्ठ, राजेन्द्र महतो सहित राजपाका अध्यक्ष मण्डलका अन्य सदस्यहरुको पनि टुंग्याउन बाँकी नै रहेको उनले बताए ।
 

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्