×

NMB BANK
NIC ASIA

कोरोनाभाइरस (कोभिड– १९) को त्रासका कारण मुलुक लकडाउनमा छ । 

Muktinath Bank

अधिकांश मानिसहरू आफ्नो घर–घरमा बसिरहेका छन् । मानिसहरू बाहिर निस्कन नपाउने अपस्थामा पनि अपराधका घटाना भने रोकिएका छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत चैत ११ गतेदेखि नेपालमा लकडाउन भएपछि देशभरमा ११ सय ८४ वटा अपराधका घटना भएका छन् ।


Advertisment
Nabil box
Kumari

लकडाउनको अवधिमा १ हजार १ सय ८४ वटा अपराधका घटना भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ ।

Vianet communication
Laxmi Bank

‘लकडाउन भएपनि अपराधका घटना भने भइरहेका छन्, अपराध नियन्त्रणका लागि प्रहरी खटिराखेको अवस्था छ, नेपाल प्रहरीका सहप्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उमेशराज जोशीले भने ।

आत्महत्या गर्ने संख्या बढी

लकडाउनको समयमा आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै देखिएको छ । 

प्रहरी प्रधान कार्यालयको तथ्यांकलाई हेर्ने हो भने लकडाउनको अवधिमा ३ सय १२ वटा आत्महत्याका मुद्दा दर्ता भएका छन् ।

यसमा पनि झुण्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै छ । यसअवधिमा मुलुकभरमा गरी २ सय ५८ जनाले झुण्डिएर आत्महत्या गरेका छन् ।

५ नम्बर प्रदेशमा मात्रै ६८ जनाले झुण्डिएर आत्महत्या गरेका छन्, यो अन्य प्रदेशको तुलना सबैभन्दा धेरै हो ।

यस्तै विष सेवन गरी ४८ जना, धारिलो हतियारबाट २ जना र पानीमा हामफालेर ४ जनाले आत्महत्या गरेका छन् ।

उपत्यकामा ३० वटा बैंकिङ कसूर

लकडाउनको समयमा उपत्यकामा ३० वटा बैकिङ कसूरका मुद्दा दर्ता भएका छन् । 

प्रहरीको तथ्यांकअनुसार चेक बाउन्सलगायत बैंकिङ कसुरका ३५ वटा मुद्दा दर्ता भएपनि त्यसमध्ये ३० वटा त उपत्यकामा मात्र छ ।

२ नम्बर प्रदेशमा ४ वटा र बाग्मती प्रदेशमा एउटा बैकिङ कसूरका मुद्दा दर्ता भएका छन् ।

लकडाउनको समयमा कर्तव्य ज्यानमा २०, विष खुवाएर १, ज्यान मार्ने उद्योग २८, भवितव्य ज्यान १ सय ८३, फुटकर ज्यान १ सय ६ र आत्महत्या दुरुत्साहन गरेको अभियोग गरी ज्यानसम्बन्धी उद्योगमा ३ सय ४७ वटा मुद्दा दर्ता भएका छन् ।

यस्तै डाका चोरीका ४, नकाबजनी चोरीका २, साधरण चोरीका २० र सवारी चोरीका ३ वटा गरी चोरीसम्बन्धी २६ वटा मुद्दा दर्ता भएका छन् ।

संगठित तथा आर्थिक अपराधसम्बन्धी १ सय १६ वटा अपराध भएका छन् ।

जुवा वा सट्टेबाजीमा ४, ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा ११, लागूऔषधमा ५८, कालाबजारीमा २७, चन्दा संकलनमा १, अपहरण वा शरीर बन्धकमा ३ र हातहतियार खरखजनामा १३ वटा अपराधका घटना भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ ।

सामाजिक अपराधमा सार्वजनिक शान्तिविरुद्धको कसुर ४२, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर १ सय १, सार्वजनिक अधिकारीको अख्तियारीको अवज्ञासम्बन्धी कसुर १५, आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसुर ४,  कुटपिट २ र नागरिकता र धर्मसम्बन्धी १/१ गरी १ सय ६६ वटा मुद्दा दर्ता भएका छन् ।

बलात्कारका ८९ घटना

लकडाउनको समयमा देशभरमा ८९ वटा बलात्कारका घटना भएका छन् ।

सबैभन्दा धेरै बलात्कारका ५ नम्बर प्रदेशमा १८ वटा भएका छन् भने बाग्मती प्रदेशमा १७ वटा घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै बाल यौन दुराचारका ११ वटा र बहुविवाहका १० वटा घटना भएका छन् ।

सवारी दुर्घटनामा ३९ जना गुमाए ज्यान

लकडाउनको समयमा अत्यावश्यकबाहेकका अन्य सवारी साधनहरू बन्द भएपनि ३९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । 

प्रदेश नम्बर २ मा १० जना, १ नम्बर प्रदेशमा ४ जना, बाग्मतीमा ८ जना, गण्डकीमा ४ जना, ५ नम्बर प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना, सुदूरपश्चिम प्रदेशमा ३ जना र उपत्यकामा ४ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांकले देखाएको छ ।

अपराधमा एकतिहाइले कमी

लकडाउनको समयमा भएका अपराधका घटनाहरू झण्डै एकतिहाइले कमी आएको छ ।

मानिसहरू बाहिर ननिस्कनुका साथै अपराध अनुसन्धानमा पनि प्रहरीको निरन्तर सक्रियताका कारण अपराधमा कमी आएको नेपाल प्रहरीका सह–प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उमेशराज जोशीले लोकान्तरलाई बताए ।

‘मानिसहरू लकडाउनका कारण बाहिर ननिस्कनु र प्रहरीको निरन्तरको सक्रियताले गर्दा अपराधका घटनामा कमी आएको देखिन्छ,’ एसएसपी जोशीले भने, ‘मानिसहरू सबै परिवार एकै ठाउँ भएको कारण परिवारका सदस्यलाई बाहिर निस्कन नदिने भएकाले पनि अपराधका घटना कम भएका हुन् ।’

लकडाउन कार्यान्वयन गर्न प्रहरीहरू चोकचोकमा ड्युउटीमा खटिने भएकाले पनि अपराधीले अपराधन गर्न नसक्नाले अपराधका घटना कम भएको एसएसपी जोशीले लोकान्तरलाई बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x