×

NMB BANK
NIC ASIA

अध्यादेशले जुराएको एकता : लकडाउनमा रातारात सहमति गराउने भैसेपाटीको त्यो घर !

बैशाख ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी नेपालबीच एकता गर्ने लिखित सहमतिपत्र दुवै पार्टीका शीर्ष नेतृत्वले हस्ताक्षर गरेपछि एकाएक एकता प्रक्रिया अगाडि बढेको छ ।

Muktinath Bank

ललितपुरको भैसेपाटीस्थित राजपा नेपालकी उपाध्यक्ष निर्जला राउतको निजी निवासमा बुधवार मध्यरातमा एकताका लागि सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राउत राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारी निकट नेता मानिन्छिन् । लकडाउनको समयमा नेताहरूलाई समेत बाहिर निस्कन समस्या परिरहेको बेला एकताका लागि उनकै निवासमा नेताहरू जम्मा भएका थिए ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश मन्त्रिपरिषद् बैठकबाट पारित गराएर राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेपछि दुवै पार्टीबीच एकता गर्ने दबाब बढेको थियो । राजपा र समाजवादी पार्टीलाई नै लक्षित गरेर पार्टी विभाजन गर्ने षड्यन्त्रसहित अध्यादेश आएका कारण पनि दुवै पार्टीमा एकताका लागि दबाब बढेको राजपा महासचिव केशव झा बताउँछन् । 

Vianet communication
Laxmi Bank

‘अध्यादेश आएपछि दुवै पार्टीलाई सरकारले फुटाउन सक्ने रणनीतिका कारण पनि एकता गर्नुपर्ने दबाब पार्टीभित्रबाट बढेको हो,’ महासचिव झाले भने, ‘पार्टी फुटाउने षड्यन्त्रलाई तुहाउन पनि पार्टी एकता जरुरी महसूस भएपछि रातारात एकताका लागि सहमति भएको हो ।’

धेरै लामो समयदेखि दुवै पार्टीबीच एकताको लागि वार्ता, संवाद तथा छलफल चलेको भएपनि सहमति हुन सकेको थिएन । शुरूमा उपेन्द्र यादवले वार्ताका लागि २ पटक राजपालाई पत्राचार गरेका थिए । राजपाले पनि दुवै पत्रको जवाफ पठाएका थिए । दुवै पार्टीले वार्ता समिति समेत गठन गरेका थिए । वार्ता समिति पनि औपचारिक तथा अनौपचारिक रुपले कुरा गर्दै आएका थिए । 

‘नेताहरूको व्यवस्थापन कसरी गर्ने तथा मर्यादाक्रम कसरी निर्धारण गर्ने कुरामा सहमति भइरहेको थिएन,’ राजपा महासचिव झाले भने, ‘अहिले जब अध्यादेश आएर पार्टी फुटाउने षड्यन्त्रमा सरकार लागेको भन्ने कुरा देखिएपछि एकता गर्न सहज भएको हो ।’

विगतमा हुने गरेको वार्तामा समान हैसियतका आधारमा एकता गर्न उपेन्द्र यादव तयार नहुने तर अहिले सहमत भएपछि एकता सम्भव भएको उनले बताए । 

जारी गरिएको एकताको सहमतिको पहिलो बुँदामै पार्टी एकीकरण समानताको आधारमा गरिनेछ भनेर उल्लेख छ । प्रतिनिधि सभामा अहिले दुवै पार्टीका समान १७ जना सांसद छन् । दुवै पार्टीबाट १/१ जना सांसद निलम्बित छन् । राजपाका रेशम चौधरी र समाजवादीका हरिनारायण रौनियारको सांसद पद  निलम्बित छ । दुवै पार्टीका नेताको पद व्यवस्थापन गर्दा समान हैसियतको आधारमा नै समायोजन गर्ने आधारलाई नै समानताको आधार मानिएको राजपा महासचिव झा बताउँछन् ।

कसरी सुल्झिएला मर्यादाक्रम ?

राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी र समाजवादीको तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले सहमतिमा हस्ताक्षर गरेका छन् । बैठकमा राजपा अध्यक्षमण्डलका २ जना सदस्यहरू राजकिशोर यादव र अनिल झा भने उपस्थित थिएनन् । एकता हुँदा दुवै जना नेताको अध्यक्षको हैसियत स्वीकार गर्न उपेन्द्र यादव तयार नभइरहेको कारण दुवै जना एकता प्रक्रियाबाट सन्तुष्ट नरहेको आकलन गरिएको छ ।

सहमति अनुसार एकीकृत पार्टीको पहिलो मर्यादाक्रममा महन्थ ठाकुर तथा दोस्रो मर्यादाक्रममा डा. बाबुराम भट्टराईलाई राख्ने मौखिक सहमति भएको राजपा महासचिव झा बताउँछन् । मर्यादाक्रममा पहिलो, दोस्रो र तेस्रो स्थानलाई लिएर विगतमा कुनै पनि विवाद नै थिएन । चौथो स्थान र त्यसपछिको स्थानलाई लिएर कुरा मिल्न सकिरहेको थिएन । 

वार्ता समितिमा सदस्य समेत रहेका राजपाका उपाध्यक्ष वृषेशचन्द्र लालका अनुसार विवाद चौथो स्थानको लागि थियो । ‘तेस्रोमा उपेन्द्रजीको पनि तय थियो, त्यसमा दुवै पार्टी सहमत थिए । चौथोमा राजपाका राजेन्द्र महतोलाई राख्नुपर्ने राजपाको अडान र उताबाट अशोक राईलाई राख्नुपर्ने समाजवादीको अडानका कारण कुरा टुंगिएको थिएन,’ लालले लोकान्तरसँग भने, ‘राजेन्द्र महतो ४६ सालको राजनीतिक आन्दोलनबाट राजनीतिमा आएको तर अशोक राई धेरै पहिले विद्यार्थीकालदेखि नै राजनीतिमा आएको हुनाले राईलाई चौथो स्थानमा राख्नुपर्ने उपेन्द्रजीले अडान राख्नुहुन्थ्यो । अर्कोतर्फ आफू कुनै पनि हालतमा त्यो चौथो स्थान नछोड्ने भन्ने अडानमा महतोजी पनि बस्नुभएका कारण एकता हुने गरेको थिएन ।’

हाल पार्टी एकता भएपनि मर्यादाक्रमको कुनै टुंगो लागेको छैन । ‘अहिले तत्काल सहमति भएका विषयलाई टुंग्याएर जाने तथा पछि अन्य विषय पनि मिलाएर जाने भन्दै एकता भइरहेको हो,’ झाले भने । अहिले अधिकांश नेताको मोबाइल ‘स्वीच अफ’ छ । नेताहरू सम्पर्कमा आउन चाहिरहेका छैनन्, आएपनि अभिव्यक्ति दिन तयार छैनन् ।

‘निर्वाचन आयोगको कार्यालयलाई दल एकताको आधिकारिक जानकारी गराउने प्रक्रियामा नेताहरू व्यस्त छन्,’ राजपा महासचिव झाले भने, ‘आयोगलाई जानकारी दिइसकेपछि नेताहरू सम्पर्कमा आउनुहुन्छ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x