कोरोनाभाइरसको डरका कारण फिल्ममा देखिने छैनन् अन्तरंग दृश्य !

कोरोनाभाइरस पूरै अन्त्य नभएसम्म फिल्ममा अन्तरंग दृश्यको शूटिङ नगर्ने बलिउडका एक निर्देशकले बताएका छन् । 

निर्देशक सुजित सरकारले बलिउड हंगामासँग कुरा गर्दै अरूको ग्यारेन्टी आफूले लिन नसक्ने तर आफ्नो फिल्ममा अन्तरंग दृश्य नराख्ने बताए । 


Advertisement

उनले फिल्म सेटमा मास्क र पञ्जा राखिने बताए । शट सकिनेबित्तिकै कलाकारले यसलाई लगाउनुपर्छ । सेटमा सामाजिक दूरी कायम राख्नुपर्छ । एकदम कम कुराकानी गर्नुपर्छ । शटका लागि नबोलाउन्जेलसम्म कलाकारहरू आफ्नो भ्यानमै बस्ने उनले बताए । 

आफ्नो आगामी फिल्मका लागि सरकारले निकै इन्टेन्स लभमेकिङ सीनको परिकल्पना गरेका थिए । तर अब यौनको दृश्य नराख्ने उनले बताए । 


Advertisement

मानिसको स्थानमा दुई फूल जोडेर चुम्बनको प्रतिनिधित्व गर्ने पुरानो तरिका फर्काउने कुरा भइरहेको छ । नत्र कम्प्युटर ग्राफिक मार्फत यो कुरा देखाइनेछ । अहिले सबै कुरा अनिश्चित भएकाले यौन दृश्य देखाउने सम्भावनै नरहेको सरकारको भनाइ छ । 

निर्देशक सुधीर मिश्रले भने, ‘फिल्मका कथा पनि अब बदलिनेछन् । अब कसले कसलाई अँगालो हाल्ने ? युवाहरूले कसरी प्रेम गर्ने ? म आफ्ना पुराना फिल्म हेर्दा अहिले छक्क पर्छु । भविष्यमा यस्तो दृश्य खिच्न सकिएला र भनी सोच्छु । अब अपरिचितहरू प्रेममा पर्ने छैनन् ।’
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्