×

NMB BANK
NIC ASIA

स्वास्थ्यकर्मीले पीपीई लगाएर बालबालिकाको नियमित खोप सञ्चालन

बैशाख ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवलमा सुरक्षित खोप कार्यक्रम पनि शुरू भएको छ ।

Muktinath Bank

आधारभूत स्वास्थ्य अन्तर्गत रहेको नियमित खोप सेवालाई अवरुद्ध हुन नदिन बुटवल उपमहानगरपालिकाले स्वास्थ्यकर्मीलाई पीपीइ लगाएर काममा खटाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बालबालिकाका लागि अत्यावश्यक र आधारभूत स्वास्थ्य सुरक्षाका लागि खोपको अति नै जरुरी पर्दछ । कोभिड–१९ को महामारी रोक्न लकडाउन भएपछि अन्यत्र रोकिएका बेला बुटवलले भने महामारीका विरुद्ध पूर्व तयारीसँगै थप सुरक्षाको उचित प्रबन्ध मिलाएर खोप कार्यक्रमलाई सञ्चालन गरेको छ ।


Advertisment
Nabil box
Kumari

बालबालिकालाई निश्चित रोगबाट बचाउन अग्रिम दिइने एन्टिजोनलाई खोप भनिन्छ । एन्टिजोनहरू रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि निश्चित समयमा उमेर समूह अनुसार बच्चालाई लगाइन्छ । बुटवलमा अहिले लगाउन थालिएका सबै खोप विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त खोप हुन् ।

Vianet communication
Laxmi Bank

खोपको सुरक्षित कार्यक्रम सञ्चालन गर्न उपमहानगरपालिकामा रहेका नगर स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पीपीई सहितका स्वास्थ्यकर्मी पालो बाँडेर खटिएका छन् । 

उनीहरूलाई प्रमुख शिवराज सुवेदीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कुनै पनि हेलचक्र्याइँ नगर्न र सुरक्षित रहेर सुरक्षित पार्न आग्रह निर्देशन दिएका छन् । उपमहानगरमा रहेका पीपीई लगाउँदै खोप कार्यक्रममा जुट्ने स्वास्थकर्मीलाई निर्देशन दिँदै प्रमुख सुवेदीले प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन जरुरी रहेकोमा जोड दिए ।

विश्व अहिले कोरोना भाइरस संक्रमणको खोपका बालबालिकामा लगाइने बीसीजी र दादुरा रुबेला खोपमा अनुसन्धान गरिरहेको बेला बुटवलले नियमित शुरूआत गरेर सकारात्मक कामको थालनी गरेको छ ।

‘रोग प्रतिरोधात्मक क्षमता समेत बढाउने र बालबालिकाका लागि अतिजरुरी रहेको खोपलाई बन्द नगर्न जुनसुकै सुरक्षाको प्रबन्ध मिलाएर भएपनि सञ्चालन गर्नुपर्छ भनेर लागेका हौं,’ प्रमुख सुवेदीले भने । कोरोनामा देखिने लक्षण ज्वरो र श्वासप्रश्वास समस्याका लागि बीसीजी खोपलाई प्रभावकारी मानिएको छ । 

जन्मिने बित्तिकै लगाउनुपर्ने बीसीजीदेखि विभिन्न ८ प्रकारका खोपलाई बुटवलले निरन्तरता दिएको छ । नगरका शहरी स्वास्थ्य केन्द्र, सेमलार स्वास्थ्य चौकी र मोतिपुर स्वास्थ्य चौकीमा वैशाख १० गतेदेखि शुरू भएको खोप आउँदो १४ गतेसम्म सञ्चालन हुने गरी कार्यक्रम शुरू गरिएको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए ।

यी स्थानमा खटिने प्राविधिक तथा प्रत्येक खोप सेसनमा जाने स्वास्थ्यकर्मीलाई पीपीई सहितका स्वास्थ्य सुरक्षाका सामग्रीको व्यवस्था मिलाइएको छ । पीपीई लगाएका २ जना स्वास्थ्यकर्मीले सुरक्षित तरिकाले खोप लगाउने गरी समयतालिका मिलाइएको र संयोजन स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंह नेतृत्वमा कर्मचारीले गरेका छन् ।

बीसीजी, पेन्टा, ओपीभी, एफआईपीभी, पीभीसी, एमआर तथा जेई र टीटी नामका खोप लगाउन शुरू गरिएको छ । यी खोप जन्मदेखि २३ महिनाको बच्चालाई लगाउनुपर्ने हुन्छ । कतिपय खोप १२ वर्षको बच्चासम्मलाई दिने खालका हुन्छन् । जन्मिएदेखि २३ महिना पुगेका उमेर समूहका बच्चाहरू हाल बुटवलमा झण्डै ६ हजार जना रहेको उपमहानगरको स्वास्थ्य शाखाको तथ्यांकमा छ । 

बुटवलमा हाल वर्षभरिमा ५५२ खोप सेसनहरू सञ्चालन हुँदै आएका छन् । यस क्षेत्रमा बीसीजी खोप ११ हजार ४०, डीपीटी हेप बी हिब १२ हजार ३८०, एमआर ११ हजार ६७० तथा टीटी १० हजार ५० र जेई ३ हजार ५११ जनाले वार्षिक रुपमा लगाउने गरेको स्वास्थ्य शाखाको तथ्यांकमा छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x