×

NMB BANK
NIC ASIA

अचम्मको कोरोना परीक्षण – आरडीटी पोजिटिभ, जनकपुरको पीसीआरमा नेगेटिभ, टेकुमा पोजिटिभ !

स्वास्थ्य मन्त्रालयका प्रवक्ताको दाबी नै गलत

बैशाख ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बिहीवार मिडिया ब्रिफिङमा जनकपुरका १ जना १४  वर्षीय किशोरमा समेत कोरोना पोजिटिभ पाइएको बताएका छन् । उक्त सूचना पाएलगत्तै जनकपुरमा भाय र त्रासको माहौल बनेको छ ।

Muktinath Bank

तर देवकोटाले बताए जस्तो जनकपुरमा कुनै पनि व्यक्तिमा कोरोना फेला नपरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका डीएसपी रामेश्वर कार्कीले बताएका छन् । ‘हाम्रो धनुषा जिल्लामा हालसम्म कुनै पनि व्यक्तिमा कोरोना पोजिटिभ आएको छैन,’ डीएसपी कार्कीले लोकान्तरसँग भने, ‘अरु जिल्लामा पाइएको होला, त्यस बारे आफूलाई जानकारी छैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रादेशिक अस्पताल जनकपुरका कोरोना फोकल पर्सन समेत रहेका डा. कुलदीप पण्डितका अनुसार सर्लाही जिल्लाका एक जना १४ वर्षीय युवकमा कोरोना पोजिटिभ पाइएको भनेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बताएको थियो ।


Advertisment
Nabil box
Kumari

पोजिटीभ पाइएका व्यक्तिमा यस अघि र्‍यापीड डायग्नोस्टिक टेस्ट गर्दा पोजिटिभ पाइएको थियो । त्यसपछि उनको थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा आइसोलेसनमा समेत भर्ना गरिएको थियो ।

Vianet communication
Laxmi Bank

‘त्यहाँ उनको थ्रोट र नसल स्वाब संकलन गरिएको थियो,’ डा. पण्डितले लोकान्तरसँग भने, ‘तर प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा उनको रिजल्ट नेगेटिभ देखिएको थियो ।’ जनकपुरमा गरिएको प्रारम्भिक नतिजामा नेगेटिभ देखिए पनि थप परीक्षणका लागि उक्त स्वाब काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उता आइसोलेसनमा भर्ना भएका ती युवालाई डिस्चार्ज गरेर सर्लाहीको क्वारेन्टाइनमा फिर्ता पठाइएको थियो ।

जनकपुरमा रहेको प्रयोगशालामा पनि पीसीआर मेसीनबाट नै परीक्षण हुने गर्छ । तर उक्त मेसिनमा नेगेटिभ आएको स्वाबको परीक्षण काठमाडौंमा भने पोजिटिभ आएको छ ।  अचम्मको कुरा त के हो भने जनकपुरको मेसिनमा निगेटिभ आउने स्वाब थप परीक्षणको लागि काठमाडौं पठाउने नै गरिएको छैन ।  

आज उनको कोरोना पोजिटिभ पाइएपछि उनलाई अस्पतालमा ल्याएर उपचार गराउने तयारी गरिएको  उनले बताए । १४ दिनअघि उनी भारतको दिल्लीबाट आएका थिए  । उनी अहिले पनि क्वारेन्टाइनमा नै रहेको उनले बताए । 

   

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x