×

NMB BANK
NIC ASIA

बर्दीवाला ‘प्रहरी’ भन्दा बिना बर्दिवाला ‘प्रहरी’ खटाउँदै, कोही भेटिए क्वारेन्टाइन पठाउँदै

बैशाख १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

दैलेख जिल्लाका स्थानीय तहले विना बर्दिवाला प्रहरीलाई कोरोना विरुद्धको लडाईमा खटाइरहेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका र आठबीस नगरपालिकाले बाहिरबाट आउने नागरिकलाई सोझै टोलमा पस्न नदिनका लागि विहान ६ बजेदेखि साँझसम्म बाटोमा युवाहरूलाई खटाइरहेको पाइएको हो । चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं. ६ मा हेल्थ क्याम्प नै राखेर नगरपालिकाले ज्वरो नाप्ने, आएकाहरूको विवरण राख्ने काम गरिरहेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामाजिक विकास मन्त्रालयबाट खटेका एच ए सुनिल शाही र सोही वडामा रहेका स्वास्थ्यकर्मी गरि दुई जनालाई मध्यपहाडि राजमार्गको प्रवेशद्वार नजिकै ड्यूटिमा खटाइएको हो । ‘हामी हरेक दिन यहाँ आउँछौैं । कोही पनि व्यक्ति आएको खण्डमा ज्वरो नाप्ने काम गर्दै आइरहेका छौं । शंका लागेको खण्डमा नगरपालिकालाई हामीले खबर गर्ने गरेका छौं,’ शाहीले भने, ‘यसका अलावा विभिन्न औषधीहरू दिने काम पनि गरिरहेका छौं ।’

दुल्लु नगरपालिकाले आफ्ना वडा प्रवेश नाकामा सडक नै बाँसले छेकेर विना पास भएकाहरूलाई गाउँ पस्न दिएको छैन । वडा नं. ६ विनायकमा सडकमा मुडा तेस्र्यांइएको छ भने बाँसको ढाँट निर्माण गरिएको छ ।  छिउडी पुसाकोट, सातखम्ब, वडा नं. पाँचको चाँदनीचोक, वडा नं. ९ लगायतका धेरै स्थानमा यसरी ढाँट राखेर को गाउँ आयो, किन आएको हो भन्ने विवरणसमेत स.कलन गर्न स्वयंसेवक परिचालन गरिएको छ ।


Advertisment
Nabil box
Kumari

वडा नं. ९ प्रवेशद्धारमा दुइ जना स्वंयसेवक खटाइएका छन् ।  तेजबहादुर भट्ट र विकास खत्री त्यहाँ विहान देखि साँझसम्म हातमा रजिष्टर समातेर बसिरहेका छन् । ‘हामीले कोही कसैलाई पनि विना अनुमति गाउा पस्न दिएका छैनौं । कोरोना गाउँ पस्न सक्ने नगरको चेतावनी पश्चात नाकामा हामीले कडाई गरिरहेका छौं,’ भट्टले भने, ‘पैदल हिडनेलाई पास मागिरहेका छौं । बाहिरबाट आउने सबै गाडीलाई कडाई गरिरहेका छौं । विना पास कसैलाई पनि जान दिएका छैनौं ।’ 

Vianet communication
Laxmi Bank

वडामा खाद्यान्न ल्याउने साभन आएको खण्डमासमेत सिमानामा नै सामान झार्ने र त्यहिँदेखि अर्को गाडीमा राखेर सामान लैजाने व्यवस्था वडा कार्यालयले मिलाएको उनको भनाइ थियो ।

ठाँटीकाँध गाउँपालिका वडा नं. एकले पनि स्वंयसेवक खटाएको छ । रविन्द्र शाही विहानै देखि साँझसम्म बसिरहेका छन् । उनले को आए भन्ने विवरण टिप्ने, कहाँबाट आएका हुन भन्ने कुराको जानकारी वडा कार्यालयलाई दिने गरेका छन् । शंका लागेको खण्डमा उनले वडा कार्यालयलाई जानकारी दिने र त्यहिबाट फर्काइदिने काम गरिरहेका छन् ।

यी प्रतिनिधिमूलक कार्यहरू हुन कोराना विरुद्धका स्थानीय तहका । दैलेखको गुराँस गाउँपालिकाका नागरिकले सुर्खेतबाट पैदल गाउँ फर्कनेहरूकालागि बाटो चिन्न सहयोग होस भनेर बाटोमा सूचना पाटी राखेका छन् । उनीहरूले पैदल जानकोलागि नक्सा नै निर्माण गरेर सहयोग गरिरहेका छन् ।

‘कोरोना विरुद्धको लडाईमा हामीले सकेसम्म वडावासीलाई बचाउने प्रयास गरेका छौं,’ चामुण्डा विन्द्रासैनीका नगरप्रमुख सुर्यबहादुर शाहीले भने, ‘हरेक घरमा एक स्वास्थ्य अभियान्ता निर्माण गरिसकेका छौं । हरेक टोलमा एक सूचना दिने व्यक्ति छनौट गरेका छौं । वडामा यस्ता ४५० जना युवा हामीले खटाएका छौं । यसरी कोरोना संक्रमण फैलन नदिने गरि हामीले तयारी गरेका छौं ।’

आठबीस नगरपालिका प्रमुख खड्गराज उपाध्यायले कोरोनाबाट जोगाउन सबै स्थानमा कडा चेकजाँच गरिएको बताए । ‘राजमार्गमा अलिकति असहजता भएको छ । अन्य जिल्लाका नागरिक पैदल आउने र उनीहरूलाई गन्तब्यमा पुर्याउन हामीलाई समस्या भएको छ,’ उनले भने, ‘तर हामीले हाम्रो गाउँमा आएकाहरूलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा राखिरहेका छौं । बाहिरबाट आउने जो सुकैले अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने र स्वास्थ्य जाँच पछि उ स्वस्थ रहेको पाइएमात्र घर जान दिइएको छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x