×

NMB BANK
NIC ASIA

१८ गतेपछि लकडाउन के गर्ने, कसरी खोल्ने ? यस्ता छन् जनस्वास्थ्य विज्ञ डाक्टर पाण्डेका सुझाव

बैशाख १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा कोरोना संक्रमण अन्य देशको तुलनामा निकै कम भएको प्रमुख कारण लकडाउन हो । सरकार र जनताको अनुशाशनको कारण हामी कोरोना संक्रमणको चपेटाबाट बचेका छौं । यो तथ्य हामी सबैले बुझ्नु जरुरी छ । प्रधानमन्त्रीले भने झैं जहिलेसम्म भारतमा कोरोना संक्रमण नियन्त्रण हुँदैन, त्यो बेलासम्म लकडाउन अपरिहार्य हुन्छ ।

Muktinath Bank

हाम्रो स्वास्थ्य प्रणालीले कोरोनाको महामारी थेग्न सक्दैन । तसर्थ लकडाउन खोल्न बिशेष सतर्कता, अध्ययन, विज्ञको सुझाब आदिलाई समेटेर कदम चाल्नु जरुरी छ । यसको लागि होमवर्क पुगेको छैन । बैशाख १५ गतेदेखि २ हप्ता लकडाउन कायम गरेर तथा त्यो एक हप्तामा गृहकार्य गरेर सेमी लकडाउन गर्नु उपयुक्त हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लकडाउन लगाउन भन्दा खोल्न गाह्रो छ । अमेरिकाले लामो गृहकार्य गरेर लकडाउनलाई बिभिन्न चरणमा खोल्दैछ । त्यो मोडेल तयार भएपछि एक हप्ताको समय दिएर लकडाउन खुकुलो बनाउंदैछ । नेपालले पनि लकडाउनको मोडेल बनाएर, त्यसलाई व्यापक छलफल गरेर तथा कम्तीमा १ हप्ताको समय दिएर लकडाउन खुकुलो गर्नु पर्दछ ।


Advertisment
Nabil box
Kumari

इटालीले कसरी लकडाउन खोल्दैछ भनेर तल उल्लेख गरेको छु । यो मोडेल नेपालको परिप्रेक्ष्यमा एउटा उदाहरण पक्कै हुनेछ ।
...
इटालीले यसरी तीन चरणमा बिभाजन गरेर लकडाउन खुकुलो बनाएको छ ।
...
पहिलो चरण
• अप्रिल १४ मा पुस्तकालय र स्टेशनरी स्टोरहरु तथा साना र भर्खरै जन्मेका बच्चाहरूको लागि आवश्यक पर्ने कपडा पसलहरु खोल्ने निर्णय भएको छ ।
• अप्रिल १८ बाट कृषिसंग सम्बन्धित अन्य औद्योगिक कम्पनीहरू खोल्न सकिने ।
....
दोस्रो चरण :
• मे ४ बाट मास्क लगाएर, एक आपसमा सुरक्षा दूरी अपनाएर स्वतन्त्रतापूवक हिड्डुल गर्न पाइने ।
• मे ४ बाट नै फर्नीचर र कपडाहरूको स्टोरहरूमा लाइनमा बसेर अर्थात अग्रिम रिजर्भेसन गरेर जान सकिन्छ तर ठुला किनमेल केन्द्रहरू जस्तै सपिङ्ग मल भने खुल्ने छैनन् ।
• मे ११ बाट अदालत र पेशेवर कार्यालयहरू खुल्ने ।
• मे १८ बाट बार र रेस्टुरेन्ट तथा अन्य खानपानका गतिविधिहरू खोलिने तर सामाजिक दुरी अपनाएर मात्रै ।
• मे २५ बाट सैलुन तथा हेयरड्रेसरहरू अनिवार्य मास्क प्रयोग गरि एकपटकमा एकजनाको मात्र प्रवेश गरेर खोल्ने ।
• मे ३१ बाट फुटबल च्याम्पियनशिप र अन्य सामूहिक खेलहरू सुरुवात हुनसक्छन् ।
• जुन ८ बाट जिम तथा खेलकुद केन्द्रहरू कम भेला हुने गरि संचालन गर्न पाउने ।
......
तेस्रो चरण :
• सेप्टेम्बरबाट हाई स्कूलहरु सिफ्ट डिभिजन गरेर खुल्नेछन् भने नर्सरी र प्राथमिक विद्यालयहरुको बारेमा अझै कुनै निर्णय भएको छैन , अनलाइन पढाईमा सिमित हुन सक्नेछ।
• यो बर्षको अन्तिममा डिसेम्बरबाट सिनेमा र थिएटरहरू खुल्न सक्छन् ।
• आगामी बर्षको 20 मार्च 2021 बाट डिस्को, क्यासिनो, रंगशाला खोल्न सकिनेछ ।
• एक बर्ष पछी 31 मार्च 2021 बाट सम्पुर्ण बोर्डरहरू खुला रुपले आवतजावत गर्न सकिने र तत्पश्चात सबै किसिमका प्रतिबन्धहरुको अन्त्य हुनसक्छ ।

Vianet communication
Laxmi Bank

बिज्ञहरुले आगामी बर्ष 2021 को बसन्त ऋतु बाट जनजीवन पहिले जस्तै सामान्य अवस्थामा फर्किन सक्ने अनुमान गरेका छन् ।

नेपाल सरकारले पनि लकडाउनको अन्त्य बिज्ञहरुको परामर्शमा बैज्ञानिक तवरले सोच्न जरुरी छ । सरकारी स्कुलको घण्टी बज्नासाथ सबै विद्यार्थीहरु एकैसाथ कक्षा कोठाबाट बाहिर निस्किए जस्तै हुल बाहिर नआओस र क्रमशः आवश्यकता अनुसार भिडभाड नहुने गरि सुरक्षा दुरी अपनाउनु अत्यावश्यक छ । किनकि आजको दिनसम्म संसारमा दुई मिलियनभन्दा धेरै मानिसहरू कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । अनुसन्धानकर्ताहरुको भनाइ अनुसार यो भाइरसको भ्याक्सिन तयार हुन कम्तीमा पनि एक बर्ष लाग्ने देखिन्छ । सरसफाइ र सोसल डिस्ट्यान्स नै कोरोना संक्रमण बाट जोगिने मुख्य उपाय हो ।

नेपाल सरकारले कृषि, उद्योग, निर्माण कार्य, खाधान्न पसल, निजि अस्पताल, बैंक, सेयर मार्केट, खाद्य ढुवानी ट्रक ( १ जना ड्राइभर र एकजना हेल्पर मात्र राखेर ), स्टेसनरी लगायत मात्र पहिलो चरणमा खोल्नु उपयुक्त देखिन्छ । त्यस्तै सरकारी कार्यालयमा सामाजिक दुरी कायम गर्न बिहान र अपरान्ह गरेर २ सिफ्ट चलाउने वा आधा कर्मचारी एक दिन, आधा कर्मचारी अर्को दिन गरेर चलाउनु पर्दछ ।

सरकारी कार्यालयले कर्मचारीलाई आफ्नै बसले ल्याउने / पुर्याउने गर्नुपर्दछ । निजि सवारी साधन जोर बिजोर गरेर चलाउन सकिन्छ । यी हरेक खुकुलोपनलाई फुकी फुकी पाइला चाल्ने गरि तालिका बनाउन जरुरी छ । संक्रमित तथा संक्रमण उन्मुख जोखिम क्षेत्रलाई शिलबन्दी गर्नुपर्छ ।

अनिबार्य मास्क लगाउने, २ जनाभन्दा धेरै व्यक्ति संगै हिंड्न नपाउने, ६ फिटको दुरी कायम गर्ने, तरकारी तथा फलफूल पसल छुट्टै नखोलेर स्थानीय किराना पसलबाट मात्र खरिदबिक्रि गर्ने ब्यबस्था मिलाउने, सपिंग मल लगायत भीडभाड हुने ठाउँ नखोल्ने, सेवा प्रदायक स्थानलाई दैनिक संक्रमणरहित बनाउने, साबुनपानीको ब्यबस्था गर्ने लगायत धेरै गृहकार्य गरेर मात्र लकडाउनको मोडेल तयार गर्नुपर्दछ ।

अन्यथा सहरमा संक्रमण फैलियो भने स्थिति अकल्पनीय हुन सक्ने तर्फ सरकार र जनता चनाखो हुनु जरुरी छ ।

दुर्गादत्त शर्माको साथमा जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x