मंसिर १४, २०८०
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–४ गोठालापानी घर भएका ३२ वर्षीय सुनिलप्रसाद लेखक यतिबेला दोहोरो जिम्मेवारी सँगसँगै निभारहेका छन् ।
डिकोड जेनोमिक एण्ड रिसर्च सेन्टर काठमाडौंका निर्देशक समेत रहेका मोलेकुलर माइक्रो बायोलोजिस्ट लेखक बुवा धर्मानन्द लेखकको निधनपछि पितृ संस्कारसँगै राज्यले दिएको जिम्मेवारी बहन जुटेका हुन् । उनका बुवाको निधन भएको डेढ महिना पूरा भएको छ । जसले गर्दा मृत्यु संस्कार अनुसार उनी अझै पनि स्वर्गीय बुवाको मासिकी कार्य गर्दै आएका छन् ।
अर्कोतिर कोरोना भाइरस संक्रमणले कहर मचाइरहेको बेला सरकारले उनलाई आरटी पीसीआर मेसिनसहित सुदूरपश्चिम प्रदेशको धनगढी खटायो । कोरोनाको जोखिममा रहेको सुदूरपश्चिममा विज्ञको हैसियतमा खटिएका उनी कोरोना परीक्षण र प्रशिक्षण कार्यमा खटिएका हुन् । उनकै नेतृत्वमा ५ जनाको टोलीबाट धनगढीमा स्थापना भएको प्रयोगशालामार्फत कोरोना परीक्षण भइरहेको छ ।
‘मेरा बुवा बितेको ४५ दिन भएको छ । हाम्रो संस्कार अनुसार २९ दिन, ३० दिन, ४५ दिन र ६० दिन शुरूको मासिकी संस्कारहरू गर्नुपर्ने हुन्छ । २९ दिन, ३० दिन, ४५ दिनमा मासिकी गरिने संस्कारहरू धनगढीमै बसेर पूरा गरियो,’ मोलेकुलर माइक्रो बायोलोजिस्ट लेखकले भने, ‘यो अप्ठ्यारो बेलामा पारिवारिक समस्या त भई नै हाल्छ भनम् तर देश अहिले अप्ठ्यारो अवस्थामा रहेको बेला हामीले आफ्नो जिम्मेवारीबाट भाग्नु हुँदैन । शुुरूका दिनमा त राति ९–१० बजेसम्म पनि काम गरियो । पारिवारिक र राष्ट्रले दिएको जिम्मेवारी सँगसँगै ।’
परीक्षण र प्रशिक्षण सँगसँगै
धनगढीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना हुनुपूर्व परीक्षणको लागि संकलित नमूनाहरू काठमाडौं नै पठाउनुपर्ने बाध्यता थियो । प्रयोगशाला धनगढीमै स्थापनाको पहलपछि दक्ष जनशक्तिको टड्कारो आवश्यकता भयो ।
फलतः उनी सेती प्रादेशिक अस्पतालका केही प्राविधिकको सहकार्यमा पोर्टेबल आरटी पीसीआर मशिन सहितको प्रयोगशाला अस्पतालमा जडान गर्न जुटे, त्योसँगै जनशक्ति उत्पादनमा । शुरूका दिन प्रशिक्षणमा बितेको बताउँदै उनले हाल ५ जनाको टोली तयार पारेको बताउँछन् । हाल ५ जनाको प्राविधिक टोली नै पीसीआर मशिनबाट सुदूरपश्चिममा कोरोनाको परीक्षणमा तैनाथ छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्रोटोकल अनुसार स्वास्थ्यकर्मीले १४ दिन काम गर्नुपर्ने र १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ तर टोली महिनौं दिनसम्म लगातार परीक्षणमै जुटेको छ ।
मोलेकुलर माइक्रोबायोलोजिस्ट लेखक भन्छन्, ‘हालसम्म १ टीम तयार भएको छ । अझै थप टीम बनाउन जरुरी छ । १ महिना भइसक्यो हामी लगातार काम गर्दै आएका छौं ।’
प्रयोगशालाले दिनमा औसत ६ वटा मात्रै परीक्षण गर्न थाल्यो । यता कोरोना संक्रमणको दर बढ्न थालेपछि जनदबाबका बाबजुद सरकारले पुनः अर्को तर धेरै संख्यामा परीक्षण गर्न मिल्ने मशिन पठायो । अन्ततः त्यो मशिनको जडानदेखि परीक्षणसम्मको जिम्मेवारी लेखक सहितको टोलीकै काँधमा थपियो । हाल सो टोलीले दैनिक २०० वटा नमूना परीक्षण गर्दै आएको छ ।
मोलेकुुलर डायग्नोसिसबाट पत्ता लाग्छ कोरोना
लण्डनबाट सन् २०१० मा मोलेकुलर माइक्रोबायोलोजीमा मास्टर गरेका उनी कोरोना भाइरसको परीक्षण निकै जटिल र संवेदनशील रहेको अनुभव सुनाउँछन् । नेपालमा स्रोतसाधन पनि सीमित मात्रा रहेको उनको भनाइ छ ।
उनी आफ्नो विगत कोट्याउँदै भन्छन्, ‘नेपालमा अझै पनि पीसीआर गर्ने ठाउँहरू पर्याप्त छैनन् । केही संस्थाले गरेपनि एकदमै सीमित छ । मेडिकल फिल्डमा डायग्नोस्टिकको लागि पीसीआर गर्ने मान्छे पनि थोरै ।’
रोग परीक्षण प्रक्रियाबारे उल्लेख गर्दै उनी भन्छन्, ‘संक्रामक रोगको कुरा गर्दा रोग पत्ता लगाउने तरिकामा र्यापिड टेस्टबाट एन्टीजेन्ट र एन्टीबडी हेर्ने, त्यो इन्फेक्सियस एन्टीजेन्ट भाइरस, ब्याक्टेरियालाई शरीरबाट निकालेर हेर्ने, माइक्रोस्कोपमा हेर्ने, कल्चर गर्ने हुन्छ ।’
तर त्योभन्दा अलि जटिल र संवेदनशील मोलेकुर डायग्नोसिस विधि रहेको उनी बताउँछन् । ‘यसमा ब्याक्टेरिया, भाइरसको डीएनए अथवा आरएनए छ कि छैन भनेर हेर्छौं । कोरोना भाइरसको कुरा गर्ने हो भने यो पनि मोलेकुलर डायग्नोसिसबाट गरिन्छ । शरीरमा कोरोना लागेको छ भने त्यो कोरोनाको जेनेटिक अवशेष छ कि छैन भन्नको लागि कोरोनाको आरएनए छ कि छैन भनेर हामीले हेर्ने हो । यसरी डीएनए अथवा आरएनए पत्ता लगाएर डायग्नोसिस गर्ने प्रविधिलाई मोलेकुलर डाग्नोसिस भनिन्छ,’ उनले भने ।
परीक्षणको दायरा साँघुरो
लेखकले अझै पनि परीक्षणको दायरा फराकिलो नभएको बताउँछन् । उसैपनि डेढ लाखको हाराहारीमा भारतबाट मात्रै सुदूरपश्चिममा आएका भएपनि वैशाख ११ गतेसम्म आरटी पीसीआरबाट २ हजार ६४४ जनाको मात्रै परीक्षण भएको छ । जुन कारण परीक्षणको दायरा बढाउनुपर्ने उनी औंल्याउँछन् ।
उनी भन्छन्, ‘डब्ल्यूएचओले १ दिनमा १० हजार जनाका परीक्षण गर्नु भन्छ तर सकेका छैनौं । डब्ल्यूएचओले ३ ‘टी’ अर्थात टेस्ट, ट्रेस र ट्रिटलाई अवलम्बन गर्न भनेको छ । यहाँ लकडाउन गरेर मात्रै हुँदैन, लुकेर बसेकाहरूको व्यापक रुपमा परीक्षण गर्नुपर्यो । पोजेटिभ केसलाई टे«स गर्नुपर्यो र उपचार गर्नुपर्यो तर हामीले गर्न सकिरहेका छैनौं ।’
उनी परीक्षणको दायरा फराकिलो नहुनुको २ कारण रहेको बताउँछन् । नेपालमा पर्याप्त मात्रामा रेजेन्ट नहुनु र अहिले बिरामीहरू बाहिर आउनेभन्दा पनि सरकारले बिरामीहरू खोज्न नसक्नु हो । गाउँगाउँमा गएर खोज्ने हो तर पुग्न सकेका छैनौं ।’
धनगढीको प्रयोगशाला कति विश्वसनीय ?
१ हप्ताअघि कर्णाली प्रदेशस्थित पश्चिम रुकुमको केही नमूना परीक्षणको लागि धनगढी ल्याइएको थियो । यहाँ गरिएको पीसीआर परीक्षणमा नतिजा पोजेटिभ देखियो तर केन्द्रीय प्रयोगशाला भने नेगेटिभ देखिएपछि धनगढीको प्रयोगशाला शंकाको घेरामा तानिएको थियो ।
धनगढीको प्रयोगशालाको नेतृत्व गरिरहेका लेखक भने केन्द्रीय प्रयोगशाला जत्तिकै विश्वसनीय रहेको दाबी गर्दै आएका छन् । उनी स्वाब लिने विधि र स्वाब निकालिएको समय अवधिले नतिजा फरक आएको बताउँछन् ।
‘सबैभन्दा पहिले नेजल अथवा नाकबाट स्वाब लिनुपर्ने हुन्छ तर सजिलोको लागि थ्रोट अथवा घाँटीबाट स्वाब लिने क्रम बढी छ । यता ल्याउँदाखेरी नेजल आयो उता (काठमाडौं) पठाउँदाखेरी थ्रोट पठाउँदा नेगेटिभ आयो कि ? घाँटीबाट निकाल्दा घटेर जान सक्छ । नाकबाटै निकाल्नुपर्छ । अर्को कुरा, रुकुमबाट काठमाडौं गाडीमा पठाइयो । यसमा निश्चित तापक्रममा राख्नुपर्छ । पोजेटिभ आउनुमा ल्याब र मशिनको मात्रै हात हुँदैन । नमूना कसरी संकलन गरियो भन्नेमा ठूलो हात हुन्छ,’ उनले भने ।
उनी समयको फरकले नतिजामा फरक ल्याउने बताउँछन् । पहिलो नमूना चैत २७ गते र दोस्रो नमूना वैशाख ४ गते निकालिएर ६ गते परीक्षण भएको उनले बताए । उनले भने, ‘यहाँ (धनगढी) स्याम्पल आउँदा उहाँहरू दोस्रो हप्ताको संक्रमणमा थिए भने तेस्रो हप्तामा त भाइरस निको भएको अवस्था पनि हुन्छ । जुन कारण नतिजामा फरक हुन सक्छ ।’
सेती प्रादेशिक अस्पतालमा पहिलेदेखि पोजेटिभ केसका बिरामीहरू रहेको र उनीहरूको नमूना पहिलो दिनदेखि परीक्षण गर्दै आएको र हालसम्मको रिपोर्टले क्रमिक रुपमा भाइरसको दर घट्दै गएको देखाइएको उनले बताए ।
‘वैशाख ११ गतेसम्ममा यहाँका ४ जना बिरामी डिस्चार्ज भइसके । शुरूशुरूमा संक्रमितहरूको स्ट्रोङ पोजेटिभ आउँथ्यो । जति धेरै भाइरस हुन्छ, त्यति धेरै स्ट्रोङ देखिन्छ । जसलाई सिटी भ्यालु भनिन्छ । यो घट्दै–घट्दै हिजोसम्म उहाँहरू नेगेटिभ हुनुभयो । ३ पटक टेस्ट गर्दा तीनै पटक नेगेटिभ आएपछि डिस्चार्ज गरियो । ल्याबमा समस्या भएको भए उहाँहरूको पनि शुरूमा पोजेटिभ र पछि नेगेटिभ आउँदैनथ्यो होला । त्यहीँ भएर ल्याब अहिले एकदमै राम्रो स्थितिमा छ । केन्द्रीय प्रयोगशालामा जुन प्रविधि र मेनपावरले काम गरिरहेको छ, ठीक त्यसै प्रविधि र मेनपावरले काम गरिरहेको उनी दाबी गर्छन् ।
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...