×

NMB BANK
NIC ASIA

नयाँ बजेटको तयारीमा जुट्यो सुदूरपश्चिम सरकार, बजेट खर्चमा भारी गिरावट

बैशाख १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेश सरकार आउँदो आर्थिक वर्ष २०७७/२०७८ को नयाँ बजेट निर्माणको तयारीमा जुटेको छ ।

Muktinath Bank

बैशाख तेस्रो साताभित्र बजेटको सिलि· ल्याउने गरी नयाँ बजेट निर्माणको तयारीमा जुटेको हो । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले नयाँ बजेट निर्माणको गृहकार्यमा जुटेको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयको स्रोत तथा मापदण्ड समितिले बैठक बसेर आन्तरिक स्रोतहरुको प्रतिवेदन पनि बनाइसकेको छ । विषयगत मन्त्रालयहरुलाई बजेटको सिलि∙ पठाउनका लागि गृहकार्य गरिरहेको मन्त्री बोहराले बताए ।


Advertisment
Nabil box
Kumari

संघीय सरकारले सुदूरपश्चिम प्रदेश सरकारलाई वित्तीय समानिकरण र राजश्व बाँडफाँडको बजेट सिलि∙ समेत पठाइसकको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार संघीय सरकारबाट आउँदो आर्थिक वर्षमा प्रदेश सरकारले ८ अर्ब ४२ करोड ४३ लाखको वित्तीय समानिकरण र ७ अर्ब ८७ करोड ३६ लाखको राजश्व बाँडफाँडको बजेट पाउने भएको छ ।

Vianet communication
Laxmi Bank

मन्त्री बोहराले बजेटको मापदण्ड जारी गर्ने तयारीमा रहेको बताउँदै चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार बढ्ने जानकारी दिए । तर सरकारबाट थप्ने लकडाउनले पनि बजेटको आकारमा प्रभाव पार्ने मन्त्री बोहराको भनाइ थियो ।

मन्त्रालयले अहिले बजेट स्रोतहरुको हिसाव गरिरहेको र केही दिनमै बजेटको अनुमानित आकार निर्धारण हुने बताइएको छ ।

यसैबीच आउँदो बजेट कोरोना भाइरस विरुद्ध केन्द्रीत हुने जनाइएको छ । मन्त्री बोहराले प्रदेशमा कोरोनाले पारेको असरलाई रिकभर गर्ने गरी बजेटको प्राथमिकता निर्धारण गरिने बताए । उनका अनुसार स्वास्थ्य, कृषि, रोजगार, साना तथा लघु उद्यम र विकास निर्माणलाई प्राथमिकतामा पारिने भएको छ ।

त्यस्तै चालु आर्थिक वर्षको बजेट खर्चमा भने भारी गिरावट आएको छ । चैत मसान्तसम्ममा चालू आर्थिक वर्षको कुल विनियोजित बजेट २८ अर्ब १६ करोड २० लाख रुपैयाँ मध्ये जम्मा २१ प्रतिशत मात्रै बजेट खर्च भएको छ । तथ्यांकअनुसार प्रदेश सरकरले चालु र पुँजिगत बजेट गरी चैत मसान्तसम्म ५ करोड ८४ करोड ७६ लाख रुपैयाँ मात्रै खर्च गरेको हो ।

गत आर्थिक वर्षमा २५ अर्व रुपैयाँको बजेट विनियोजन गरेको प्रदेश सरकारले ६० प्रतिशतको हाराहारीमा बजेट खर्च गरेको थियो । चालु आब २०७६/७७ को बजेट पास गर्दा प्रदेश सभामै ९० प्रतिशत भन्दा बढी खर्च गर्ने दावी गरेको थियो । तर कोराना कहरकैबीच जारी लकडाउनले विकास निर्माण ठप्प भएपछि बजेट खर्चमा विगतको भन्दा झनै खस्किने अनुमान गरिएको हो ।

मन्त्री बोहराले नोवेल कोरोना भाइरस कारण देशैभर लकडाउन भएपछि प्रदेश सरकारको सम्पूर्ण विकास निर्माण तथा गतिविधिहरु ठप्प हुँदा बजेट खर्च ठप्प भएको बताए । उनले बढीमा ५० प्रतिशत बजेट मात्रै खर्च हुन सक्ने उल्लेख गरे ।

तर चालु आबमा खर्च हुन नसक्ने बजेटको बाँकी अंश आर्थिक वर्ष २०७७/७८ को बजेटमा समावेश गरी बजेटको आधार बढाउने तयारीमा मन्त्रालयले जुटेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x