पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
बैशाख १५, २०७७
विगत केही दिनदेखि उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको स्वास्थ्य अवस्था गम्भीर रहेको हल्ला चलिरहेको छ । अमेरिकी समाचार संस्था सीएनएनले किमको मुटुको शल्यक्रियापछि स्वास्थ्य बिग्रेको अनि अमेरिकाले घटनाक्रमलाई नजिकैबाट नियालिरहेको भन्ने एक अधिकारीको भनाइ उद्धृत गर्दै समाचार दिएपछि हल्लालाई थप बल पुगेको थियो ।
यो हल्ला चलेपछि किमको मृत्यु भइसकेको, नभएपनि उनी ब्रेन डेड भइसकेको भन्ने खबरहरू समेत आए । अब उनको ठाउँमा उनकी बहिनी किम यो जोङ सर्वोच्च नेता बन्छिन् भन्ने अनुमानका साथ बग्रेल्ती विश्लेषणहरू प्रकाशित भए ।
किमले आफ्ना हजुरबुवा तथा उत्तर कोरिया गणतन्त्रका स्थापक किम इल–सुङको जन्मजयन्तीमा आयोजित समारोहमा भाग नलिएपछि हल्ला चल्न थालेको थियो । दक्षिण कोरियामा रहेको अनि उत्तर कोरियाका घटनाको समाचार दिने न्युज पोर्टल डेली एनकेले किमको स्वास्थ्यका विषयमा दिएको खबरलाई नै सीएनएनले अमेरिकी अधिकारीको स्रोत उद्धृत गर्दै प्रकाशित गरेको थियो ।
किमको स्वास्थ्यको हल्ला चलेपछि उत्तर कोरियाको राजधानी प्योङयाङमा मानिसहरू सामानको जोहो गर्न थालेको खबर द वाशिङटन पोस्टले दिएको छ । राजधानीमा हेलिकप्टरहरू कम उचाइमा बाक्लै उडेको देखिएको अनि ट्रेन सेवाहरू अवरुद्ध भएको पनि उसले लेख्यो ।
यसैबीच उत्तर कोरियाको विश्लेषण गर्ने वेबसाइट ३८ नर्थले, किम अहिले वोन्सान नामक स्थानमा बसिरहेको र उनको निजी ट्रेन त्यहाँ देखिएको भनी भूउपग्रहीय तस्वीर जारी गर्यो । त्यसबाट उनको स्वास्थ्य गम्भीर रहेको खबरलाई बल दिने उसले लेख्यो ।
तर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले किमको स्वास्थ्य गम्भीर रहेको भनी सीएनएनले दिएको खबर झूटो भएको प्रतिक्रिया दिए र उक्त समाचार संस्थाले पुरानो सूचनाको आधारमा खबर दिएको आफूले थाहा पाएको बताए । अनि दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले पनि किमको स्वास्थ्यमा गम्भीर असर पर्नुको परिणामस्वरूप कुनै पनि अतिरिक्त गतिविधि उत्तर कोरियामा नदेखिएको बयान जारी गर्यो ।
त्यसो त सीएनएनले हिजै मात्र दक्षिण कोरियाका राष्ट्रपतिका सल्लाहकार मून चुङ–इनलाई उद्धृत गर्दै किम जीवित तथा स्वस्थ रहेको खबर दियो । अनि किमले सिरियाका राष्ट्रपति बशर अल असदलाई पत्र पठाएर किम इल–सुङको जन्मजयन्तीका अवसरमा दिएको बधाइका लागि धन्यवाद दिएको अनि सामिज्योन शहर निर्माण गर्ने कामदारहरूप्रति आभार प्रकट गरेको खबर पनि आयो ।
त्यस्तै किमले रुसको भ्रमण गरेको एक वर्ष पुगेको उपलक्ष्यमा रुसी कम्युनिस्ट पार्टीका महासचिव गेन्नाडी जुगानोभका तर्फबाट किमले बधाई सन्देश पाएको खबर पनि उत्तर कोरियाका सरकारी समाचार संस्था केसीएनएले दियो । यी सबै खबरले पनि किमको स्वास्थ्य अत्यन्तै खराब नरहेको जस्तो देखिन्छ ।
उत्तर कोरियामा सर्वोच्च नेताको स्वास्थ्यलाई राष्ट्रिय सुरक्षाजत्तिकै संवेदनशील रूपमा लिने गरिन्छ । त्यसैले किमको स्वास्थ्य स्थितिका विषयमा थाहा पाउन निकै गाह्रो हुन्छ । अपारदर्शी व्यवस्था भएकाले उत्तर कोरियाबाट सूचना पाइँदैन र अनुमानको खेती नै बढी गरिन्छ ।
किमका बुवा जोङ इललाई सन् २००८ मा हृदयाघात हुँदा पनि मृत्युका हल्लाहरू चलेका थिए तर उनी सन् २०११ मा मात्र बितेका थिए ।
खासमा उत्तर कोरिया र त्यहाँका शासकको स्वास्थ्यप्रति बाहिरी विश्वको यति चासोमा हुनुमा त्यहाँको आणविक हतियार र समस्याग्रस्त अर्थतन्त्र प्रमुख कारण हो । कथंकदाचित् सर्वोच्च नेतालाई केही भइहालेमा उत्तर कोरियामा राजनीतिक विद्रोहको सम्भावना हुने आंकलन गर्दै ‘द हर्मिट किङ : द डेन्जरस गेम अफ किम जोङ उन’ शीर्षकको पुस्तकमा भूराजनीतिक विश्लेषक चुङ मिन लीले लेखेका छन् ।
उत्तरको जहानियाँ शासनप्रणाली अनुसार, किमका छोरा अहिले बालकै भएकाले उनलाई शासक बनाउन नसकिने अनि उत्तरको पितृसत्तात्मक समाजले किमकी बहिनी यो जोङ त्यहाँको पवित्र पाएक्तु वंशकी भए पनि उनलाई शासकका रूपमा स्वीकार गर्न हिचकिचाउने भएकाले त्यहाँ एक किसिमको राजनीतिक विस्फोट हुने र आणविक हतियार जोखिममा पर्ने सम्भावना रहने विज्ञहरूको अनुमान छ ।
उत्तर कोरियामा राजनीतिक हलचल भएमा सबै आणविक हतियार पत्ता लगाएर तिनलाई सुरक्षित पार्नु ठूलो विश्व समुदायका लागि ठूलो चुनौती हो । त्यसमाथि भूराजनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण स्थानमा रहेको उत्तरलाई स्थिर राख्नुमै यहाँका प्रमुख राष्ट्रको स्वार्थ लुकेको छ ।
उत्तर कोरियामा राजनीतिक संकट आएर अशान्ति मच्चियो भने त्यसको सबभन्दा ठूलो असर दुई छिमेकीहरू दक्षिण कोरिया र चीनलाई पर्छ । अशान्तिपछि उत्तरका शरणार्थीहरू ती दुई देशमा भारी संख्यामा पस्न सक्ने सम्भावना रहन्छ र त्यसलाई व्यवस्थापन गर्न दुवै मुलुकलाई निकै गाह्रो पर्नेछ । त्यसैले उत्तर कोरियाको स्थिरतामै उनीहरूले आफ्नो भलाइ देखेका छन् ।
अमेरिका पनि उत्तर कोरियाका मामिलामा प्रत्यक्ष संलग्न रहेको शक्तिराष्ट्र हो तर कोरोनाभाइरस व्यवस्थापनमै अल्झिनुपरेकाले उसलाई उत्तर कोरियामा हस्तक्षेप गर्ने सहजता अहिले तत्कालका लागि हुने छैन । तर आफ्नो साझेदार दक्षिण कोरियालाई अप्ठ्यारो पर्ने देखेमा उसले कुनै किसिमको कदम चाल्ने सम्भावना छ ।
त्यो कदम के होला भन्ने विषयमा एसिया टाइम्समा विश्लेषक ड्यानियल स्नाइडरले केही संकेत दिएका छन् । उनका अनुसार, उत्तर कोरियामा किमको शासन पतन भएछ भने त्यसबाट उत्पन्न हुने परिस्थितिको व्यवस्थापनका लागि अमेरिका र दक्षिण कोरियासँग गोप्य कार्ययोजना अपरेसनल प्लान ५०२९ छ । त्यसअन्तर्गत उनीहरूले संयुक्त सैन्य कारवाही चलाउनेछन् ।
सबभन्दा पहिले उनीहरूले सैन्य विशेषज्ञ तथा वैज्ञानिकहरू पठाएर आणविक हतियार सुरक्षित पार्नेछन् ।
तर अमेरिका र दक्षिण कोरियाबीचको सम्बन्ध अहिले त्यति न्यानो नरहेकाले उनीहरूबीच उत्तर कोरियाका विषयमा साझेदारी हुने सम्भावना क्षीण रहेको स्नाइडरको भनाइ छ ।
त्यसमाथि अमेरिका आफ्नो क्षेत्रमा आउँदा चीनले पनि आपत्ति उठाउनेछ । दक्षिण कोरियामा अमेरिकाले क्षेप्यास्त्र प्रतिरोधी थाड संयन्त्र जडान गर्दा चीन रिसाएर दक्षिण कोरियामाथि अघोषित नाकाबन्दी लगाएको र दक्षिणले त्यो थाड चीनविरुद्ध जासूसीका लागि उपयोग नगर्ने लिखित प्रतिबद्धता दिएपछि नाकाबन्दी खोलेको इतिहास ताजै छ ।
बाहिरी शक्तिलाई आफ्नो प्रभाव क्षेत्रमा चलखेल गर्न नदिनका लागि चीनले जस्तोसुकै पनि कदम उठाउने देखिन्छ । अमेरिकी विश्लेषकहरू चीनले उत्तर कोरियामा स्थिरताका लागि त्यहाँ कू गराएर आफूअनुकूलको नेतालाई शासक बनाउनेछ भन्ने समेत अनुमान गर्छन् भनी स्नाइडरले लेखेका छन् ।
आखिर उत्तर कोरियाको किम शासनलाई टिकाएकै चीनले हो । उसले उत्तरलाई सामान निर्यात नगर्ने भए विश्वले लगाएको आर्थिक नाकाबन्दीका कारण किमको शासन उहिल्यै ढलिसक्ने थियो किनकि किम टिकेको सम्भ्रान्तहरूको सदाशयले हो र ती सम्भ्रान्तहरूलाई विदेशबाट विलासी सामान आयात गरेर किमले खुशी बनाइरहेका छन् ।
अनि ती सम्भ्रान्तहरूका लागि किमले व्यापार पनि खुला गराएका छन् । तिनीहरूले व्यापार तथा भोगविलास गर्न पाएनन् भने किमको शासन खतरामा पर्छ ।
त्यसो त उत्तर कोरियाको स्थिरताका लागि चीनले सैन्य कदम समेत चाल्न सक्ने संकेत सन् २०१७ मै दिइसकेको थियो । त्यतिखेर चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले उत्तरपूर्वी एसियालाई स्थिर बनाउन चीनले उत्तर कोरियामा सैनिक पठाएर आणविक केन्द्रहरू कब्जामा लिन सक्छ भनी विश्लेषण प्रकाशित गरेको थियो ।
अमेरिकाले उत्तरविरुद्ध कुनै सैन्य कारवाही चलाउनुअघि चीनले नै कारवाही चलाउने अनुमान यसबाट गर्न सकिन्छ ।
अनि ग्लोबल टाइम्सकै अर्को विश्लेषणमा लेखिएको थियो, ‘कोरियाली प्रायद्वीपको मामिलामा चीनको निर्णायक प्रभाव छैन तर चीनको अनुपस्थितिमा उक्त क्षेत्रका प्रमुख निर्णयहरू लिन पनि सकिँदैन र स्थिर रूपमा कार्यान्वयन गर्न पनि मिल्दैन ।’
त्यसैले उत्तर कोरियामा हुने सबै किसिमका राजनीतिक विकासक्रममा चीनले आफ्नो राष्ट्रिय हितअनुकूल हुने गरी हस्तक्षेप गर्ने सम्भावना छ ।
किमको उत्तराधिकारी छान्नुपर्ने अवस्था आयो भने पनि चीनले त्यसको सूक्ष्म व्यवस्थापन गर्न सक्छ । अनि कथंकदाचित् परिस्थिति अनुकूल भएर दुई कोरियाबीच एकीकरण भयो भने पनि एकीकृत कोरियालाई चीनले आफ्नो छत्रछायाँमा राख्न कोशिश गर्नेछ । अमेरिका लगायतका बाहिरी शक्तिको भूमिका चाहिँ टाढाबाट निगरानीमा सीमित रहन सक्छ ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...