×

NMB BANK
NIC ASIA

प्रदेश नम्बर पाँचको राजधानी बुटवलमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सचेतना, सजगता र स्वास्थ्य परीक्षणका काम निन्तर भइरहेका छन । भने, संगसंगै दोस्रो चरणको राहत वितरणका काम पनि सुरु भएका छन् । 

Muktinath Bank

पहिलो चरणमा झण्डै सात हजार घर परिवारलाई राहत वितरण गरिएकोमा दोस्रो चरणमा भने संख्या बढेर झण्डै १० हजार पुग्ने भएको छ । १९ वटै वडा, त्यहाँका टोलविकास संस्था र राजनीतिक दलका प्रतिनिधिहरुसमेतको संयुक्त समन्वयमा संकलन भएका घर परिवारलाई दोस्रो चरणको राहत वितरण सुरु भएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना भाइरस रोग (कोभिड–१९) परीक्षणको दायरा बढाउने र लकडाउनको पूर्ण पालना गराउने र विपन्न परिवारलाई लगत संकलन गरेर लक्षित समूदायमै पुग्नेगरि राहत वितरणको काम भइरहेको प्रमुख सुवेदीको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

बुटवलमा राहत वितरण, सचेतना र सावधानीका काम संगसंगै भइरहेका छन् । ‘फिवर क्लिनिकमार्फत अवस्था पहिचान र दर बढ्न नदिन देशैभरी परीक्षणको दायरा बढाउँदै लगिएको छ र समुदायस्तरमा सचेतनाका कार्यक्रम पनि सञ्चालन गरिएको प्रमुख सुवेदीले बताए ।  

Vianet communication
Laxmi Bank

बुटवल उपमहानगरपालिकाले निर्माण गरेका क्वारिन्टनमा रहेका र स्वाथ्य उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा आएकाहरु सबैको परीक्षण गरिएको छ । बुटवलले १९ वटै वडालाई लक्षित गरेर फिवर क्लिनिक सञ्चालन गरेको छ भने स्वास्थ्यकर्मीलाईं हटलाइन सेवामा खटाएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए । 

वरिष्ठ अधिकृत विजयदेव भुर्तेलको नेतृत्वमा सबै टोलमा राहतको व्यवस्थापन र लक्षित समुदायको अवस्थाका बारेमा अनुगमन र स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहको नेतृत्वमा सबै वडाको समन्वय हुनेगरि फिवर क्लिनिकमा चेकजाँचको काम भइरहेको शर्माको भनाइ छ ।

झण्डै २२ सय जना पैदल यात्रीलाई यातायातको व्यवस्था

अहिलेको लकडाउनेका अवधिमा बुटवलले विभिन्न ठाउँबाट पैदल यात्रा हुँदै बुटवलसम्म आइपुगेका विभिन्न जिल्लाका करिब २२ सय पैदल यात्रुलाई उद्दार गरेको छ ।

उनीहरुलाई बुटवल वडा नं. १२ मा वडाअध्यक्ष दुर्गाप्रसाद सुवेदी र वडा नं. १ मा महेन्द्रप्रसाद लिगलको नेतृत्वमा पैदल यात्रीलाई खाने, बस्ने र बसमार्फत सुरक्षा प्रवन्धसहित आ–आफ्ना ठाउँमा पठाइएको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । त्यसरी पठाएकाहरुलाई उनीहरुको पालिकासंग समेत समन्वय गरेर त्यहीँ क्वारेन्टाइनमा राख्न अनुरोध गरिएको प्रवक्ता रेग्मीले बताए । 

बुटवलले वडा नं. १२ तामनगरमा रहेको कोरियन टेक्निकल कलेजको खाली भवनमा क्वारेन्टाइन निर्माण गरेको छ । त्यहाँ राखिएकालाई नियमित स्वास्थ्य परीक्षण भएको छ । सोही ठाउँमा क्यान्टिन सञ्चालन गरेर अर्गानिक खाना खुवाइएको छ ।

कार्यविधि बनाएर राहत वितरण

बुटवलमा दैनिक ज्यालादारी गर्ने विपन्न अवस्थाका श्रमिकका परिवारको लगत संकलन गरि व्यवस्थित रुपमा राहत वितरण गरेको छ । यसका लागि बुटवलले कार्यविधि समेत बनाएको छ । राहत वितरणको कामलाई प्रभावकारी, व्यवस्थित र लक्षित समुदायमा सहजै पुर्‍याउनका लागि बुटवलले नै मुुलुकमै पहिलोपटक कार्यविधि बनाएको प्रवक्ता रेग्मीको दाबी छ ।

सोही कार्यविधि अनुसार सामाजिक निजी क्षेत्र र संघसंस्थाको सहकार्यमा राहत संकलन तथा वितरणका काम भइरहेको छ । कार्यविधि अनुसार प्रति परिवार २० किलो चामल, दुई किलो दाल, दुई लिटर तेल, एक किलो नुन, हात धुने साबुन वितरण सुरु गरिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x