कात्तिक २८, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
लकडाउन अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइन अर्डर लिएर उपभोक्ताका घरसम्म ८० क्विन्टल खाद्य पदार्थ बिक्री गरेको छ ।
उपभोक्तालाई सेवा प्रवाह गर्न कम्पनीले गत चैत २६ गतेदेखि अनलाइन अर्डर शुरू गरेर खाद्यान्न बिक्री वितरण गर्दै आएको हो ।
यस अवधिमा काठमाडौं उपत्यकाको चक्रपथभित्रका उपभोक्तालाई लक्षित गर्दै अर्डरअनुसार दैनिक ३ भ्यानमार्फत खाद्य पदार्थ बिक्री गरिँदै आएको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् ।
उनका अनुसार चामल र चिनीको बिक्री गर्दै आएको कम्पनीले उपभोक्ताको मागअनुसार ३ प्रकारका दाल (मुसुरो, रहर र केराउ) र पीठो समेत बिक्रीको तयारी गरिएको छ ।
हाल थापाथली, नख्खु, रामशाहपथ, श्रीविनायक र लगनखेल गरी ५ स्थानबाट खाद्य पदार्थ बिक्रीवितरण गरिएको छ । उपत्यका बाहिर सबै जिल्लाबाट बिक्री गरिएको कम्पनीले जनाएको छ । अन्य समयमा कम बिक्री हुने तराईका जिल्लामा समेत अहिले पर्याप्त मात्रामा खाद्यान्न बिक्री भइरहेको उनले जानकारी दिइन् ।
हाल कम्पनीसँग १९ हजार मेट्रिक टन खाद्यान्न मौज्दात छ । मौज्दातमा कमी भएसँगै नयाँ खरीदको प्रक्रिया शुरू हुने उनले जानकारी दिइन् । उनका अनुसार गहुँ खरीदको तयारी गरिएको छ । ‘लकडाउनको अवधिमा हामीले मोबाइल भ्यान र ई–सेवावाट खाद्यान्न खरिदको शुरूआत गरेका हौं,’ उनले भनिन्, ‘शुरूआती चरणमा रिङरोडभित्र मात्रै सेवा प्रवाह गरिएपनि उपत्यकाका सबै स्थानमा सेवा प्रदान गर्ने तयारी गरेका छौं ।’
खाद्य कम्पनीले १ लाख क्वीन्टल चामल खरीद गर्न दोस्रो पटक सार्वजनिक बोलपत्र आह्वान गरेको छ । १ महिनाको अवधि राखेर बोलपत्र आह्वान गर्दा १ जनाको पनि नपरेपछि १५ दिनको अवधि राखेर पुनः दोस्रो बोलपत्र आह्वान गरिएको कम्पनीले जनाएको छ ।
गत वैशाख १० गते दोस्रो पटक आह्वान गरिएको बोलपत्रअनुसार १ जनाको आवेदन दर्ता भएको कम्पनीका खरिद एकाइ प्रमुख डिल्लीराज लम्सालले जानकारी दिए । उनका अनुसार दोस्रो आह्वानको समयावधि वैशाख २५ गते दिउँसोसम्म छ । बोलपत्र दर्ता कम्पनी वा व्यक्तिले वैशाख २४ गते अपराह्न ५ बजेसम्म चामल खरीद गरिसक्नुपर्ने र वैशाख २५ गते मध्याह्न १२ बजेभित्र आवश्यक कागजपत्रसहित कार्यालयमा उपस्थित हुनुपर्नेछ ।
उनका अनुसार कम्पनीका कार्यालय विराटनगर, लहान, काठमाडौंं, नेपालगञ्ज र धनगढी, वीरगञ्ज र सुर्खेतका लागि बोलपत्र आह्वान गरिएको हो । कम्पनीले भण्डारण खाली भएको जनाउँदै पहिलो पटक गत चैत ५ गते ३० दिनको समयसीमा राखेर बोलपत्र आह्वान गरेको थियो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...