×

NMB BANK
NIC ASIA

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले वितरण गरेको राहत चामल प्रकरणमा परासीका व्यवसायी पटवारी वनियाँ जेल चलान भएका छन् । गएको चैत २८ गते रामग्राम नगरपालिकाले वितरण गरेको चामल खान योग्य नभएको र कम तौल भएको भन्दै केही विपन्नहरुले खाद्यन्न सामग्री नगरपालिकाको गेट अगाडी फालेका थिए । 

Sagarmatha Cement
Muktinath Bank

चामलको गुणस्तर जाँच गर्न पुगेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले उक्त चामल न्यून गुणस्तर र नेपाल सरकारले तोकेको मापदण्ड विपरीत रहेको जनाएपछि जिल्ला अदालतमा व्यवसायी उपर मुद्दा चलाइएको हो । प्रमाणका आधारमा जिल्ला न्यायधीश धु्रव कुमार शाहको इजलाशले व्यवसायी वनियाँलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत परासीका वैतनिक वकिल सरस्वती शर्माले जानकारी दिइन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चामल विक्री गर्ने सप्लायर्स उपर मात्र अभियोग पत्र रहेकाले कानुनअनुसार व्यवसायी जेल चलान भएको शर्माले जानकारी दिइन  फौजदारी कार्यविधि संहितामा ३ वर्षभन्दा माथि सजाय हुने मुद्दामा पुर्पक्षका लागि पठाउनु पर्ने उल्लेख छ । अभियोग दाबी भएमा उनलाई ५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने प्रावधान छ । 


Advertisment
Nabil box
Kumari

यसैबीच वितरण गरिएको चामलको तौल कम भएको बारे गुणस्तर तथा नाप तौल कार्यालय बुटवलले गरेको अनुसन्धानमा ३ सय ७० ग्रामसम्म तौल कमि भएको पाइएको छ । ‘उपलब्ध गराइएको चामलमा घटी नाप तौल पाइएको छ । सम्बन्धित सप्लायर्ससँग बयान लिने काम भइरहेकाले सरकारी वकिल कार्यालय मार्फत अदालतमा अभियोग दर्ता गर्छौ,’ गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख मनोज पोखरेलले भने । 

Vianet communication
Laxmi Bank

नगरपालिकाले २३ सय विपन्नका लागि प्रतिघरधुरी ५/१० र १५ केजी सोना मनसुली (मोटा)चामल र सोहीअनुसारका अन्य खाद्यन्न वितरण शुरू गरिएको थियो । नगरपालिकाले २ सय ५० क्विन्टल चामल परासीस्थित राजेश राईस मिलबाट खरिद गरेको थियो । १० लाखमा खरिद गरिएको चामलको मूल्य प्रति केजी ४० रुपैयाँ छ । 

यसैबीच राहत सामग्री खरिद प्रकृयाबारे अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले पनि नगरपालिकाबाट कागज पत्र लगेर अनुसन्धान गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x