थप ३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ५७ पुग्यो

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ मा बुधवार ३ जनामा कोरोना पोजेटिभ पाइएको सामाजिक विकास मन्त्रालयका सचिव डा. राम प्रसाद घिमिरेले लोकान्तरलाई जानकारी दिए । 

लोकान्तरसँग कुरा गर्दै उनले भने,'संक्रमितहरू बारा र पर्साका हुन् ।'


Advertisement

उनका अनुसार पर्साका २ जना र बाराका १ जनामा संक्रमण देखिएको हो । 

संक्रमित सबै पुरुष भएको समेत उनले जानकारी दिए । 


Advertisement

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको उनले जनाए । 

मंगलवार मात्रै रौतहटमा २ जनामा कोरोना पोजेटिभ पाइएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । 

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्