×

NMB BANK
NIC ASIA

सशस्त्र प्रहरी र स्थानीयबीच झडप हुँदा २ जनाको हात भाँचियो

बैशाख १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

स्थानीय र प्रहरीबीच पश्चिम नवलपरासीमा झडप भएको छ ।

Muktinath Bank

सशस्त्र प्रहरीसँग विवाद हुँदा ३ जना स्थानीय घाइते भएका छन् । घाइतेमध्ये २ जनाको हात भाँचिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतसँग सीमाना जोडिएको पाल्हीनन्दन गाउँपालिका–५ भगतपुर गाउँमा बुधवार राति भएको विवादमा ६५ वर्षीय पूर्णमासी गौंड, १४ वर्षीय अखलेस गौंड र १७ वर्षीय मुन्ना गौड घाइते भएका छन् ।


Advertisment
Nabil box
Kumari

घाइतेमध्ये पूर्णमासी र अखलेसको हात भाँचिएको छ भने टाउकोमा पनि चोट लागेको छ । पूर्णमासी र अखलेस हजुरबुबा र नाती हुन् । उनीहरूको दशगजा नजिक मदिरा पसल छ ।

Vianet communication
Laxmi Bank

लकडाउनको समयमा मोटरसाइकलमा राखेर मदिरा लैजाने क्रममा विवाद भएको सशस्त्र प्रहरीले जनाएको छ तर स्थानीयले भने घरबाट आफ्नै पसलमा झुल लिन जाने क्रममा अखलेसलाई कुटपिट गरेको जनाएका छन् ।

‘लकडाउनको समयमा पसल खोल्न नपाइएकाले घरबाट अखलेस झुल लिन पसल जाँदै थिए । एक्कासी सशस्त्र प्रहरीले कहाँ आएको भन्दै मोबाइल खोसेर अखलेसलाई कुटपिट गरे,’ पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार गराइरहेका पूर्णमासीले भने ।

दशगजा हुँदै भारततर्फ मदिरा लिएर जाने क्रममा प्रहरीले रोक्दा स्थानीय जाइ लागेका सशस्त्र प्रहरी बल २६ नम्बर हेडक्वाटर नवलपरासीका उपरीक्षक भरत खनियाँले बताए । ‘मोटरसाइकलमा १ जना व्यक्ति जाँदै थिए । उनलाई रोक्न खोज्दा ती व्यक्ति मोटरसाइकल छाडेर आफूसँग भएको मदिरा सँगै लिएर गए । त्यसपछि उनले गाउँलेलाई बोलाएर पोस्टमाथि आक्रमण गर्न शुरू गरे,’ उनले भने ।

पोस्टमा ६ जना सशस्त्र प्रहरीले सीमामा निगरानी गर्दै आएका छन् । ‘डेढ–दुई सयको संख्यामा आएका स्थानीयले अस्थायी पोस्टमा आक्रमण गर्दै प्रहरीमाथि जाइ लागे । संख्या कम भएकाले थप बल पठाएर स्थिति नियन्त्रणमा लिएका हौं,’ उपरीक्षक खनियाँले भने । झडपमा केही व्यक्तिलाई चोट लागेको हुनसक्ने उनले बताए ।

मोटरसाइकल नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x