×

NMB BANK
NIC ASIA

तराईबाट आउनेहरूसँगै काठमाडौं भित्रियो त्रास, न स्वास्थ्य परीक्षण न त यकिन तथ्याङ्क !

बैशाख १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लकडाउनको उल्लंघन गर्दै तराईका जिल्लाबाट मानिसहरू राजधानी भित्रिन थालेपछि काठमाडौं उपत्यमा त्रास फैलिएको छ ।

Muktinath Bank

लकडाउन शुरू भएको ५ साता नाघिसक्दा उपत्यकामा कोरोनाभाइरस संक्रमणको असर कम देखिपछि तराईका जिल्लाबाट मानिसहरू भित्रिने क्रम शुरू भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार (वैशाख– १५ गते) विराटनगरबाट आएका १ सय ६० मध्ये १ सय १५ जना सहजै उपत्यका भित्रिए । बाँकी ४५ जनालाई प्रहरीले रोकेर राखेको थियो तर पछि स्वास्थ्य परीक्षण गरेर आफ्नो घरमा सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्ष (एसएसपी) श्याम ज्ञवालीले बताए ।


Advertisment
Nabil box
Kumari

‘नागढुंगासम्म आएर अड्किएका ४५ जनाको स्वास्थ्य परीक्षण गरेर घरमा सेल्फ क्वारेन्टाइनमा पठाएका थियौं,’ एसएसपी ज्ञवालीले लोकान्तरसँग भने, ‘कतिपयलाई हामीले विराटनगर नै फर्काएका थियौं ।’

Vianet communication
Laxmi Bank

त्यसअघि नै उपत्यका छिरेका ११५ जनाको स्वास्थ्य परीक्षण समेत गरिएको छैन । उनीहरू कहाँ बस्छन् भन्ने यकिन तथ्यांक समेत छैन ।

लकडाउनलाई कडाइ गर्ने भन्दै गृह मन्त्रालयले निर्देशन जारी गरेको थियो,  तर त्यसको उल्लेख्य प्रभाव सडकमा देखिँदैन ।

कोरोनाभाइरसको संक्रमण नफैलियोस् भन्ने हेतुले सरकारले देशमा लकडाउन गरेको हो । लकडाउनको ३९औं दिन आइपुग्दा उपत्यमा रहेका लाखौं नागरिक घर फर्किसकेका छन् ।

उपत्यकाबाहिर लकडाउनभन्दा अगाडि फसेकाहरू र काठमाडौं अब सुरक्षित छ भन्ने हिसाबले फर्किने मानिसहरूको संख्या पनि दिनानुदिन बढिरहेको छ ।

काठमाडौं भित्रिने मुख्य नाकाको रूपमा रहेको नागढुंगाबाट अहिले दैनिक मानिसहरू भित्रिरहेका छन् ।

तराईका जिल्लामा पछिल्लो समयमा कोरोनाभाइरस संक्रमण देखिन थालेपछि उपत्यकामा भित्रिनेहरूसँग यहाँका बासिन्दा त्रसित बन्न थालेका छन् ।

‘उपत्यकामा त्यति धेरै मानिसहरू छिरेका छन्, सरकारलाई कुनै वास्ता छैन, कमसेकम स्वास्थ्य परीक्षण गर्ने व्यवस्था त गरिनुपर्थ्यो,’ बालाजुका श्याम श्रेष्ठले भने, ‘यदि ती मानिसहरूले कोरोना फैलाए भने कसले जिम्मा लिने ? सरकार निकम्मा भयो ।’

यदि उनीहरूमध्ये एक जनामा पनि कोरोनाभाइरसको संक्रमण देखिएमा उपत्यकाभर फैलिनसक्ने चिन्ता उनमा छ ।

लकडाउन कडाइका साथ पालना गराएका छौं : प्रहरी प्रवक्ता

कोरोनाभाइरसको संक्रमणलाई फैलिन नदिनका लागि सरकारले गरेको लकडाउनलाई कडाइका साथ पालना गराएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरजबहादुर शाही बताउँछन् ।

‘सरकारको निर्देशनपछि लकडाउनलाई कडाइका साथ पलना गराएका छौं  । देशभरमा हामीले अहिलेसम्म एक लाखभन्दा धेरै मानिसलाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ घर फिर्ता पठाइसकेका छौं,’ प्रवक्ता शाहीले लोकान्तरसँग भने ।

यदि कसैले लकडाउनको पालना गर्न अटेर गरेको खण्डमा कानूनबमोजिम कारवाही गर्न समेत पछि नपर्ने शाहीले बताए ।

‘पछिल्लो समय विभिन्न नाकाबाट काठमाडौं भित्रिएका छन् भन्ने छ, छिटफुट मात्रामा त्यस्तो भएको हो । सरकारको निर्देशनअनुसार नाकाहरूमा अहिले कडाइ गर्ने भन्ने छ, त्यसैअनुसार नाकामा कडाइ गर्न सर्कुलर गरेका छौं,’ प्रवक्ता शाहीले भने ।

लुकेर छिरे काठमाडौं

काठमाडौं उपत्यकामा छिर्न खोज्ने मानिसहरूलाई नागढुंगाबाट फर्काउँदा अलि तल गइसकेपछि पिसाब फेर्न जाने भन्दै लुकेर काठमाडौं छिर्ने गरेको पाइएको छ ।

‘हामीले यहाँबाट रोकेर राखेका कतिपय मानिसहरू अलितल पिसाब फेर्न जाने भन्दै भाग्ने गरेका छन् । पिसाब फेर्न जान्छुभन्दा नजाऊ भन्न पनि नमिल्ने,’ नागढुंगामा कार्यरत एक प्रहरीले भने ।

उपत्यका भित्रन खोज्नेहरूलाई नागढुङ्गा प्रहरीले आएकै गाडीमा फर्काएपनि अलि तल गाडीबाट झरेर पैदल काठमडौं छिर्नेहरूको संख्या पनि बाक्लो छ ।

उपत्यका छिर्ने सबै व्यक्तिगत विवरण राखिने

उपत्यका भित्रिने क्रम बढेपछि अब भने प्रहरीले सबैको मोबाइल नम्बरसहितको तथ्यांक राख्ने भएको छ ।

विपत व्यवस्थापन समिति (सीएमसी)ले उपत्यकामा रहेका सबै नाकाबाट भित्रने सवारी र त्यसमा भएका मानिसहरूको व्यक्तिगत विवरणको तथ्यांक राख्ने भएको हो । 

बिहीवार नाकाहरूको निरीक्षण गर्दै समितिले सबैको मोबाइल नम्बर, नाम, बस्ने ठाउँ, आएको ठाउँ लगायतका विवरणहरू राख्न नाकामा रहेका पोष्टहरूलाई निर्देशन दिएको छ ।

यसले गर्दा उपत्यकामा छिरेका कसैलाई कोरोनाको संक्रमण देखिएमा कन्ट्र्याक ट्रेसिङ गर्न सजिलो हुने सीएमसीका सदस्य समेत रहेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए ।

७८ हजार मानिस कारवाहीमा

गत चैत ११ गतेदेखि भएको लकडाउनमा उपत्यकामा मात्रै ७८ हजारभन्दा धेरै लकडाउन उल्लंघनको कारवाहीमा परेका छन् ।

महानगरीय प्रहरी कार्यलयको तथ्यांक हेर्ने हो भने लकडाउनको ३४ दिन(चैत ११ देखि वैशाख १६ गतेसम्म)मा उपत्यकामा मात्रै ७८ हजार ७ सय ५७ जनालाई कारवाही गरिएको छ, जसमा १७ हजार ९८२ जना महिला र ६० हजार ७१२ जना पुरुष रहेका छन् । 

कारवाहीमा परेका उनीहरूलाई २ घण्टा लकडाउन उल्लघंन गरेको स्थानमा उभ्याउने र सम्झाएर पठाउने गरिएको छ ।

यस्तै १६ हजारभन्दा धेरै सवारी साधन कारवाहीमा परेका छन् । चारपांग्रे १ हजार २४५ र साना सवारी साधन १४ हजार ७८६ वटा कारवाहीमा परको महानगरीय प्रहरी कार्यलय रानीपोखरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x