×

NMB BANK
NIC ASIA

कोरोना विरुद्धको लडाइँमा डा. रुणा झा विश्वका शीर्ष ५ महिलाभित्र, ‘श्रेय सरकारलाई’

बैशाख २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस (कोभिड १९) को संक्रमण विरुद्ध विश्वभरका स्वास्थ्यकर्मी अग्रपंक्तिमा लडाइँ लडिरहेका बेला संयुक्त राष्ट्रसंघको यूएन वुमनले विश्वका ५ शीर्ष महिलाको सूचीमा नेपाली डा. रुणा झालाई समेत छनोट गरेको छ ।

Muktinath Bank

नेपालमा कोरोनाको परीक्षणको आधिकारिक मानिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. झा छनोटमा परेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डा. झाको अगुवाइमा ७० जना स्वास्थ्यकर्मी कोरोना परीक्षणमा खटिएका छन् । प्रयोगशालाको नेतृत्व गरिरहेका कारण छनोटमा परेको डा. झाले बताइन् ।


Advertisment
Nabil box
Kumari

प्रादेशिक प्रयोगशाला जनकपुरमा पोर्टेबल पीसीआर मशिन जडान गर्न जनकपुरधाम आएकी झाले विश्वका महिलाको सूचीमा छनोट हुनु व्यक्तिगत मात्रै नभएर सिंगो देश तथा प्रयोगशालाका सम्पूर्ण टीमको नै उपलब्धि भएको बताइन् ।

Vianet communication
Laxmi Bank

‘जनकपुरमा भएकाले सामाजिक सञ्जालबाट ढिलो गरी सूचना पाएकी छु,’ झाले लोकान्तरसँग भनिन्, ‘यस्तो विषम परिस्थितिमा प्रयोगशालको नेतृत्व गर्ने जिम्मेवारी दिएर नेपाल सरकारले मलाई ठूलो सौभाग्य प्रदान गरेकाले यसको श्रेय पनि नेपाल सरकारलाई दिन चाहन्छु ।’

डा. झाले जतिबेला यूएनलाई अन्तर्वार्ता दिएकी थिइन्, त्यतिबेला काठमाडौंको प्रयोगशालामा दैनिक ७० वटा नमूना परीक्षण हुने गर्थ्यो तर हाल प्रत्येक दिन औसतमा ४०० नमूनाको परीक्षण भइरहेको उनले बताइन् । ‘२६ जनवरीबाट कोरोना परीक्षण शुरू गरिएको प्रयोगशालामा शुरूका दिनमा एकदमै कम संख्यामा स्वाबको परीक्षण हुने गर्थ्यो,’ झाले भनिन्, ‘तर बिस्तारै पोजेटिभ संक्रमण बढेसँगै परीक्षणको दायरा समेत बढ्दै गएको छ ।’ 

हाल प्रतिदिन १ हजारसम्म स्वाबको परीक्षण गर्न सक्ने क्षमता प्रयोगशालामा भइसकेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x