कात्तिक ३०, २०८०
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
'पृथ्वी ध्वस्त हुँदैछ' भनेर हल्ला फैलाउने धार्मिक समूह अम शिनरिक्योका एक नेतालाई जापान सरकारले मृत्युदण्ड दिएको थियो । नेपालका कैयौं ज्योतिषीले पनि बेलाबेलामा पृथ्वी ध्वस्त हुने भनेर भविष्यवाणी गर्छन्, तर तिनीहरूलाई मृत्युदण्ड दिने कोही छैन ।
मनोक्रान्ति नाम गरेको समूहका केही व्यक्ति परार साल सोह्रखुट्टेको उकालोमा यस्तै दाबी गरेर हिँडिरहेका थिए । उनीहरूसँग मेरो झण्डै मुक्कामुक्की परेको थियो । पृथ्वी ध्वस्त हुने भनिएका मिति आए, गुज्रिए । जे होस्, यस्ता हल्लाले कमजोर मुटु भएकाहरूको सातोपुत्लो उडायो ।
जसरी पृथ्वी ध्वस्त हुने कुरामा मलाई विश्वास लाग्दैन त्यसरी नै नेपाली कम्युनिस्ट आन्दोलनका पुराना नेता 'वामदेव गौतम प्रधाममन्त्री बन्दा सारा गडबड हुन्छ' भन्ने हल्लाको पनि वि़श्वास लाग्दैन । आम्मामा! के साह्रो रोइलो गरेको हौ, राजनीतिक ज्योतिषीहरूले । रुवाबासी यस्तो छ, मानौं कि वामदेव प्रधानमन्त्री हुनेबित्तिकै पृथ्वी ध्वस्त हुन्छ र मानव जातिको अस्तित्व नै समाप्त हुन्छ ।
नआत्तिनुहोस्, वामदेव गौतम प्रधानमन्त्री बन्दैमा पृथ्वी ध्वस्त हुँदैन । बरु रमाइलो हुन्छ, पृथ्वीमा नाचगान हुन्छ, सांस्कृतिक कार्यक्रम हुन्छ । अर्को कुरा अरू नेताको तुलनामा वामदेव गौतम कपटी छैनन् । षड्यन्त्रकारी पनि हैनन् । लप्पनछप्पन जानेका छैनन् । हुन त नाँच्न पनि जानेका छैनन्, तर बडो रमाइला, फरासिला, हंशमुख छन्, वामदेव गौतम ।
वामदेव गौतम जनताको दु:खलाई हाटहुट गरेर भएपनि समाधान गर्नुपर्छ भन्ने सोचका छन् । तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रकियामा ल्याउन र पार्टी एकता गराउन वामदेवले न्वारनदेखिको बल लगाएका थिए । युद्धकै समयमा प्रचण्डलाई भेट्न घोडा चढेर रुकुम-रोल्पा गाएका थिए, सँगै बसेर खाना खाएका थिए । वामदेव गौतमको त्यो साहस, त्यो आँटको एकपटक सम्मान हुनैपर्छ ।
हरेक चिज राष्ट्रिय आवश्यकताले निर्माण गर्ने हो । कुनै समयमा दलहरूले आवश्यक ठानेर गैरराजनीतिक सरकार बनेको थियो, जसको नेतृत्व खिलराज रेग्मीले सफलताका साथ गरेका थिए । वामदेव त राजनीतिमा सिंगो जीवन समर्पण गरेका मानिस । राजनीतिका लागि भनेर भूमिगत भएका, जेलनेल सहेका मानिस । उनले प्रधानमन्त्री हुने सपना देख्नु एकदमै जायज छ ।
एउटा किसानले तरकारीको उचित मूल्य पाउने सपना देख्छ, एउटा पाइलटले सुरक्षित विमान अवतरण गर्ने चाहना राख्छ, त्यस्तै एउटा नेताले मुलुकको प्रधानमन्त्री बन्ने उद्देश्य राख्छ, यो नितान्त स्वाभाविक छ । वामदेव गौतमले प्रधानमन्त्री बन्ने सपना देख्नु स्वाभाविक छ । अघोरीबाबा बन्नका लागि त वामदेवले राजनीति गरेका पक्कै हैनन् होला !
यसो भन्दै गर्दा चुनाव हारेको भन्ने कुरा आउन सक्छ, तर तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल चुनाव जितेर प्रधानमन्त्री बनेका हैनन् । राष्ट्रिय आवश्यकता महसूस गरेर, कागताली मिलाएर उनी प्रधानमन्त्री बने । शान्ति प्रकिया र संविधान निर्माणलाई टुंगोमा पुर्याउन उनको आवश्यकता थियो, त्योअनुरूप उनी प्रधानमन्त्री भए । उनी प्रधानमन्त्री बन्दा पृथ्वी ध्वस्त भएन ।
तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले चुनावै नलडेका तत्कालीन नेकपा माओवादीका दर्जनौं नेतालाई सांसद पद दिएका थिए । त्यसबाट के लोकतान्त्रिक अभ्यास नै समाप्त भयो त ? गणतन्त्र नै कोल्याप्स भयो त ?
के निर्वाचन प्रणालीको औचित्य नै समापत भयो त ? त्यसो पनि हैन । वामदेव गौतम बर्दियाबाट चुनाव लडेकै हुन् । उनलाई केन्द्रीय योजना अनुरूप नै पार्टीभित्रको गुटले असहयोग गरेर चुनाव हराएको कुरा घामजत्तिकै छर्लङ्ग छ । केही समय अगाडि प्रचण्डले वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्नुपर्छ भन्दा जुन शक्तिले हुन्न, हुँदै हुन्न भनेर कराएको थियो, त्यही शक्तिले वामदेवलाई हराएको थियो ।
राष्ट्रिय सभामा वामदेवलाई लैजान नहुने कुनै कारण छैन । जबकि राजनीतिसँग गोरु बेचेको साइनो नभएका कर्मचारी पृष्ठभूमिका युवराज खतिवडालाई राष्ट्रिय सभामा लगियो ।
अर्थमन्त्री समेत बनाइएका खतिवडाले खासै केही गर्न सकेका छैनन् । खतिवडा प्रधानमन्त्री ओलीका लागि यति प्यारा छन् कि गोकुल बाँस्कोटाले त्याग गर्नुपरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री खतिवडालाई नै दिए । जबकि अर्थमन्त्रीका रूपमा खतिवडा पूर्णतया असफल भैसकेपछि उनलाई हटाउनुपर्ने माग नेकपाभित्र पुरानै हो ।
युवाराज खतिवडा अर्थमन्त्रीमा पुनर्बहाली हुनुअघि गत माघ २९ गते डा. युवराज खतिवडाले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटको अर्धवार्षिक समिक्षा गर्दै विकास बजेट २० प्रतिशत र राजस्वको लक्ष्य करीब ५ प्रतिशतले घटाए ।
सरकारको लक्ष्य पूरा हुने हो भने यो वर्ष ८.५ प्रतिशतको वृद्धि हात पर्नुपर्थ्यो । तर, अर्थमन्त्री खतिवडाको यो महत्त्वाकांक्षा करीब अढाइ महिनाकै बीचमा निराशामा परिणत भयो तर पनि प्रधानमन्त्री ओलीका लागि सबैकुरा ठिकठाक नै छन् ।
वामदेव गौतम फरासिला छन् । नाँचगानमा रहर गर्ने उनलाई रमझम निकै मन पर्छ । कम्युनिस्ट पार्टीको इतिहास पढेको भए तपाईंहरूलाई अवगत नै होला मनमोहन अधिकारी नेतृत्वको सरकारले 'आफ्नो गाउँ, आफैं बनाऊँ', वृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रम ल्याएको थियो । त्यो बेला अहिलेजस्तो फेसबूक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जाल थिएनन् ।
अझ यसो भनौं इन्टरनेट नै थिएन । त्यस्तो बेलामा पनि सांस्कृतिक कार्यक्रम, नाचगान, भाषण र कोणसभामार्फत् वामदेवले गाउँगाउँमा एमालेको पक्षमा जनलहर बनाए ।
यो पनि अति नै महत्त्वपूर्ण कुरा हो कि, ०७४ को चुनावमा वाम गठबन्धनका तर्फबाट घोषणापत्र मस्यौदा समितिका संयोजक वामदेव नै थिए । उनले लेखेका घोषणा पत्रका बारेमा आज पनि जनतामा चासो र चिन्ता हुने गरेको पाइन्छ । पार्टीले चुनाव जित्यो । केपी ओलीको नेतृत्वमा पहिलो सरकार गठन भयो, तर ओली सरकारले पार्टीको घोषणापत्र भन्दा बाहिरबाट नीति तथा कार्यक्रम बनाएको भन्दै गौतमले असन्तुष्टि जनाए ।
वामदेव गौतमको कुरा कहीँ कतै लागू पर्ने प्रयास हुन सकेन ।
वामदेव यतिसम्म मिलनसार छन् कि स्थानीय चुनावको मुखमा काठमाडौं जिल्ला कमिटीमा समानान्तर कमिटी बन्न लागेपछि विवाद मिलाउन तत्कालीन एमालेको कार्यवाहक अध्यक्षका हैसियतले वामदेव गौतमको संयोजकत्वमा समिति गठन भयो । जंग हाँसेको विवाद उतिखेरै समधान भयो ।
काम गरेर नथाक्ने मानिस हुन्, वामदेव । शारीरिक रूपले बलिया र मानसिक रूपले ऊर्जावान् । उनले एमालेको अल्पमत सरकारले गरेका कामलाई जनतामाझ पुर्याउने, जनतालाई सरकारसँग जोड्ने भन्दै 'मेची-महाकाली अभियान' चलाएको इतिहास छ ।
जसले जे बहस गरेपनि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने लाइन प्रचण्डकै हो । आफू अल्पमतमा पारेपछि ओलीले आत्मआलोचना गर्दै स्वीकार गर्नु राजनीतिक धर्म हो । अब चुनाव फेरि हारेछन् भनेपनि संविधान संशोधन गरेर भनेपनि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनुपर्छ । नेकपा सचिवालय बैठकले समेत वामदेवलाई प्रधानमन्त्रीको उम्मेदवार बन्न मिल्ने गरी प्रतिनिधि सभामा लैजाने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओलीको स्वभावजन्य केही कमजोरी होलान्, तर ओली र वामदेव गौतम एकअर्काका दुश्मन हैनन् । तत्कालीन नेकपा मालेको पाचौं महाधिवेशनमा ओली र गौतम एउटै पक्षमा थिए ।
ओली मात्र हैन झलनाथ खनाल र माधवकुमार नेपालका पनि उनी शत्रु हैनन् । ०७२ असोजमा ओली, ०६८ माघमा झलनाथ खनाल र ०६६ जेठमा माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन गौतमको महत्त्वपूर्ण भूमिका रह्यो । तर प्रधानमन्त्री भएपछि तीनै जनासँग गौतमको सम्बन्ध राम्रो भने रहेन । गौतमले आफूलाई सधैं धोका हुने गरेको गुनासो गर्दै आएका छन् । अब प्रचण्डसँग वामदेवले सम्बन्ध कस्तो छ, त्यो सबैलाई थाहा भएकै कुरा हो ।
हिजोदेखि आजसम्म वामदेव गौतमलाई अन्याय भएकै छ । ओली प्रधानमन्त्री बन्दा र वामदेव चुनाव हार्दा ओलीले उनलाई विभिन्न आश्वासन दिएका थिए । नवौं महाधिवेशनमा वामदेवले ओलीलाई सहयोग गर्ने, ओली पार्टी अध्यक्ष भएपछि वामदेवलाई संसदीय दलको नेता बनाउने सहमति भएको बताउने गरिएको थियो ।
यसबाहेक ओली प्रधानमन्त्री भएपछि केही समयका लागि भए पनि वामदेवलाई अध्यक्षको जिम्मेवारी दिने उनीहरूबीच सहमति भएको कुरा नेता गौतमले आफूनिकट नेताहरूलाई बताएका थिए ।
ओलीले तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनमा अध्यक्ष पदमा बाजी नमारेको भए नेपालको राजनीतिको अहिलेको अवस्था नै फरक हुन्थ्यो । ओली पक्षधरले टाउको गन्दै चुनाव अगाडि नै हिसाब निकालिरहेका थिए ।
अन्तत: ५० मतले पछाडि रहेको हिसाब निस्कियो । त्यसपछि ओलीले फेरि वामदेवको सहयोग मागे । अर्का प्रभावशाली नेता झलनाथ खनाललाई फकाउन सके मात्र चुनाव जितिने अवस्था बन्यो । ओली आफैंले भनेर झलनाथ मान्नेवाला थिएनन् । त्यसका लागि वामदेवको साथ लिइयो । ३९ मतले माधवकुमार नेपाल केपी शर्मा ओलीसँग पराजित भएका थिए ।
ओलीले १००२ मत ल्याउँदा माधव नेपालले ९६३ मत ल्याएका थिए । बुटवल अधिवेशनमार्फत खनाललाई २०६५ मा पार्टी अध्यक्ष बनाउन वामदेवकै योगदान रह्यो । ओली २०७० मा संसदीय दलको नेता तथा २०७१ मा पार्टी अध्यक्ष बन्ने कुरा उनले गर्दा मात्र सम्भव भएको थियो । यसरी वामदेव गौतमले आफ्ना सहयात्रीहरूलाई काँध थाप्दै आएका छन् ।
बालुवाटारबाट गाडीमा सामान लोड गरेर बालकोट जानुपर्ने खतराका बावजुद प्रधानमन्त्री केपी शर्मा ओलीले बडो चतुर ढंगले वामदेव कार्डको प्रयोग गरेको भए त्यो ओलीका लागि आत्मघाती हुनेछ ।
वामदेव गौतमसँग भएको राजनीतिक सुगन्धलाई उपयोग गरिसकेपछि अब गुन तिर्नुपर्ने बेला आएको छ । कस्तुरी मृगको बिना औषधि तथा बास्नादार वस्तु बनाउन अति नै महत्त्वपूर्ण र बहुमूल्य हुन्छ । मृगको बिनामा जस्तै वामदेव गौतममा पनि राजनीतिक बास्ना छ, महत्त्व छ र मूल्यवान छन् । वामदेव गौतम आफूसँग रहेको मूल्यवान राजनीतिक बास्ना चतुर शिकारीको पासोमा परेर समाप्त पार्न पक्कै पनि चाहन्नन् ।
हुन त पुराना कुरा गरेर दिन किन खराब पार्नु, तर वामदेवलाई बर्दिया क्षेत्र नं. १ मा कांग्रेसका सञ्जय गौतमसँग ७५३ मतान्तरले पराजित गराउने पार्टीकै अन्तरघाति षड्यन्त्र र केही दिनअगाडि उनलाई राष्ट्रिय सभामा लैजान नदिने सोही समूहको षड्यन्त्र योजनाबद्ध थियो । सोही समूहबाट आएको प्रधानमन्त्रीको अफर वामदेव गैतमका लागि थप षड्यन्त्रको रूपमा नहोस् । यदि षड्यन्त्र होइन र वास्तवमै प्रधानमन्त्री बनाउन खोजिएको हो भने त्यो जायज नै हुन्छ ।
नेकपाको आन्तरिक विवाद चर्किएका बेला बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो । त्यो बैठकमा झलनाथ खनाल, माधवकुमार नेपाल लगायतले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग गरेपछि यस्तो संकटको बेलामा आफूले राजीनामा दिनु जग हँसाइ हुने भएकाले कोरोना भाइरसको संकट सकिएपछि पार्टी उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव थियो ।
यस्तो प्रस्ताव सुनेपछि वामदेव सपनाजस्तो लाग्यो भन्दै दंग परेका थिए । दोस्रो बैठकमा त झन् प्रधानमन्त्री ओलीले आफ्नो कुकर्मप्रति आत्मआलोचना गरेर वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने मार्ग प्रशस्त गर्नका लागि प्रतिनिधि सभा उपनिर्वाचन गरेर उनलाई उम्मेदवार बनाउने प्रस्ताव नै गरेका छन् । अब यो लाइन पार्टीको आधिकारिक लाइन भएको छ ।
प्रधानमन्त्री केपी ओलीको प्रस्तावमुताविक वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन सबैभन्दा पहिला उपनिर्वाचन गर्ने क्षेत्र निश्चित गर्नुपर्यो । त्यसका लागि कुनै सांसद आफ्नो क्षेत्र खाली गर्न तयार हुनुपर्ने हुन्छ । उपनिर्वाचनमा वामदेवले जितेमा नेकपा संसदीय दलको नेता र प्रधानमन्त्रीबाट ओलीले राजीनामा गरेर वामदेव संसदीय दलको नेता बन्दै प्रधानमन्त्री बन्न सक्छन् ।
वामदेव प्रधानमन्त्रीका लागि योग्य छन् । उनी प्रधानमन्त्री बन्दैमा पृथ्वी ध्वस्त हुनेवाला छैन र अहिलेको भन्दा खराब परिस्थिति आउन पनि दिने छैनन् भन्ने विश्वास गर्न सकिन्छ ।
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...