×

NMB BANK
NIC ASIA

आन्तरिक राजस्व कार्यालय जनकपुरको वार्षिक लक्ष्य ४ अर्ब ५९ करोड रूपैयाँ राजस्व संकलन गर्ने छ । धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली गरी ४ जिल्लाको राजस्व उक्त कार्यालयले संकलन गर्ने गर्छ । 

Muktinath Bank

आय कर, घरबहाल कर, ब्याज, मूल्य अभिवृद्धि कर, अन्तशुल्क कर उक्त कार्यालयले असुल गर्ने गर्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाभाइरसको संक्रमण रोक्नका लागि गरिएको लकडाउनका कारण अहिले राजस्व संकलनको काम पूर्णरूपमा प्रभावित भएको छ । लकडाउन भएदेखि नै उक्त कार्यालय बन्द छ । कार्यालयको मुख्य प्रवेशद्वारमा नै तालाबन्दी गरिएको छ ।


Advertisment
Nabil box
Kumari

चालू आर्थिक वर्षको चैत महिनामा मात्र ३३ करोड ५४ लाख ५२ हजार रूपैयाँ लक्ष्य रहेकोमा ११ करोड २ लाख ५० हजार रूपैयाँ राजस्व मात्र संकलन भएको छ ।

Vianet communication
Laxmi Bank

त्यसैगरी वैशाख महिनामा २७ करोड ३० लाख २० हजार रूपैयाँ लक्ष्य रहेकोमा १ करोड ४५ लाख ४८ हजार रूपैयाँ मात्र राजस्व संकलन भएको छ ।

प्रतिशतको आधारमा भन्ने हो भने चैतमा ३२.८७ प्रतिशत र वैशाखमा हालसम्म ५.३३ प्रतिशत राजस्व मात्र संकलन भएको छ । 

गत आर्थिक वर्ष २०७५/०७६ चैतमा २३ करोड ३५ लाख ४५ हजार रूपैयाँ लक्ष्य रहेकोमा लक्ष्यभन्दा बढी नै २३ करोड ९५ लाख ६० हजार रूपैयाँ राजस्व संकलन भएको थियो ।

त्यसैगरी वैशाख महिनामा २० करोड ६३ लाख ९३ हजार लक्ष्य रहेकोमा लक्ष्यभन्दा अलि कम १९ करोड ७३ लाख २३ हजार रूपैयाँ मात्र राजस्व संकलन भएको थियो ।

गत वर्ष चैतमा १०२.५८ प्रतिशत लक्ष्य असुल भएको थियो भने वैशाखमा ९५.६१ प्रतिशत मात्र असुल हुन सकेको थियो ।

‘लकडाउनका कारण कार्यालय बन्द गरेका छौं,’ आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख कर अधिकृत जयबहादुर भण्डारीले भने, ‘कार्यालय बन्द भएपनि अनलाइन भूक्तानीको सुविधा भने उपलब्ध नै छ ।’

अनलाइन भूक्तानी गर्ने सुविधा प्रदान गरिएको भएपनि व्यापार, व्यावसाय बन्द भएका कारण कुनै पनि व्यवसायीले राजस्व भने दाखिला गराएका छैनन् ।

‘अहिले कारखानाहरू पूर्णरूपमा बन्द छन्, उत्पादन नै भएको छैन,’ भण्डारीले लोकान्तरसँग भने, ‘अहिले व्यवसायीहरू उल्टै राहतको पर्खाइमा छन् भने राजस्व दाखिला गराउने कुरा नै भएन ।’

उनका अनुसार लकडाउन हुनुभन्दा अघि चैत १० गतेसम्म लक्षित कुल राजस्वमध्ये २८ प्रतिशत बढी नै संकलन गरिएको थियो । तर, अचानक लकडाउन भएपछि राजस्व संकलनको काम केही हदसम्म प्रभावित भएपनि यो लकडाउन कहिलेसम्म चल्ने भन्ने कुराले आगामी दिनको राजस्व संकलनको काममा असर पार्न सक्ने उनी बताउँछन् ।

‘वैशाख २५ गतेपछि यदि लकडाउन खुल्यो भने त बाँकी म्यादभित्र सहजरूपमा नै राजस्व संकलन गर्न सकिन्छ,’ भण्डारीले भने, ‘तर यो लकडाउन लम्बिदै गयो भने संकलनमा प्रतिकूल असर पार्न सक्छ ।’
भन्सार राजस्वमा समेत प्रतिकूल प्रभाव 

लकडाउनका कारण जनकपुरस्थित भन्सारको मूल कार्यालय बन्द छ । भन्सार कार्यालय प्रमुख रामेश्वर मिश्रका अनुसार नेपाल–भारत सीमा नाका नगराइन नगरपालिकाको जटहीस्थित छोटी भन्सार कार्यालय मात्र खुला छ ।

‘यो कार्यालयमा अस्थायी निकासीको काम र मुद्दाको काम हुन्छ, तर देशैभरि अहिले निकासीको काम पूर्णरूपले बन्द भएका कारण कार्यालय बन्द गरेका छौं,’ भन्सार प्रमुख मिश्रले भने, ‘यस कार्यालयमा आन्तरिक मुद्दाको काम भने हेर्ने गरेका छौं ।’ 

आममानिससँग सरोकार राख्ने कामहरू लकडाउनका कारण बन्द गरिएको उनले बताए । तर, अस्थायी पैठारी तथा जाँचपासका लागि छोटीभन्सार कार्यालय जटहीको कार्यालय खुला नै रहेको उनले बताए ।

सदरमुकाम जनकपुरबाट १० किलोमिटर दुरीमा अवस्थित रहेको उक्त नाकमा पुग्दा त्यहाँ पनि कार्यालय बाहिरबाट बन्द नै रहेको पाइयो । एकजना कार्यालय सहयोगी अजयकुमार केशव मात्र कार्यालय निवासमा कार्यरत रहेको पाइयो । लकडाउन अवधिमा कुल १७ लाख जातिको राजस्व मात्र पैठारी जाँचपासबाट राजस्व असुल भएको उनले बताए । 

वैशाख ४ गते गढीमाई क्रसर उद्योग रौतहटले उक्त नाकाबाट क्रसर मेसिन तथा पार्टपूर्जा भारतबाट भित्रिएका थिए । ८ लाख ६१ हजार ९ सय ८५ रूपैयाँको राजस्व त्यसबाट संकलन भएको थियो ।

वैशाख ५ गते माँ जानकी टायल्स एण्ड सेनीटरी हाउस जनकपुरले टायल्सका सामान भित्र्याउँदा ३ लाख ८४ हजार ८ सय १२ रूपैयाँ राजस्व दाखिला गराएका थिए । वैशाख १४ गाते नेपाल एग्रो सेन्टर जनकपुरले फर्टिलाइजर तथा औषधि भित्र्याउँदा ४८ हजार ३ सय ७१ रूपैयाँ राजस्व दाखिला गराएका थिए । 

‘भारतीय सवारी साधनबाट ती सामान भित्र्याउँदा हामीले जाँच पास गर्नुका साथै सवारी साधन तथा चालक समेतलाई स्यानिटाइज गरेर नेपालमा जान दिने गरेका छौं,’ भन्सारका कार्यालय सहयोगी केशवले भने, ‘अहिले भारतमा समेत लकडाउन भएका कारण सामान मगाउँदा १० देखि १५ दिनसम्म लाग्ने गरेका कारण व्यापारीहरूले सामान ल्याउने गरेका छैनन् ।’

भन्सार प्रमुख मिश्रका अनुसार उक्त नाकाबाट मासिक ४ करोड रूपैयाँ राजस्व आउने गरेकोमा अहिले लकडाउनका कारण १६/१७ लाख जति मात्र संकलन हुन सकेको छ । वार्षिक लक्ष्य २८ करोड रूपैयाँ रहेकोमा हालसम्म कुल २० करोड रूपैयाँ मात्र असुल हुन सकेको उनले बताए ।

कपडा, हार्डवेयरका सामान, टायल्स, फर्टिलाइजर, मोटर पार्ट्स, चप्पल, जुत्ता, स्पोर्ट्सका सामान उक्त नाकाबाट नेपाल भित्रिने गरेको छ । 

आधिकारिकरूपमा भन्सारको राजस्व दाखिला गराएर सामानहरू नआएपनि चोरीछिपी तस्करीका माध्यमले रातिको समयमा तस्करहरूले सामान भने भित्र्याउने गरेका छन् । भन्सार अधिकृत मिश्र पनि उक्त कुरा स्वीकार गर्छन् ।

‘अहिले लकडाउनका बेला अनुगमन गर्न तथा पक्राउ गर्नका लागि ब्याकअपमा सुरक्षाकर्मी पनि छैनन्,’ मिश्रले भने, ‘हाम्रो कार्यालयमा भएको सशस्त्र प्रहरीलाई पनि अन्यत्र लकडाउनमा खटाइएको छ, त्यसैले लकडाउनको फाइदा उठाउँदै तस्करहरूले अवैधरूपमा तस्करी गरेर सामान ल्याइरहेका छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x