×

NMB BANK
NIC ASIA

संक्रमित बढेपछि लकडाउनमा कडाइ, स्वास्थ्यकर्मी र खाद्यान्न बाहेकका गाडी सञ्चालनमा पूर्ण रोक

बैशाख २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं उपत्यकामा आजबाट एम्बुलेन्स, स्वास्थ्यकर्मी र खाद्यान्नका सवारीबाहेक अन्य सबैखाले सवारी सञ्चालनमा कडाइका साथ रोक लगाइने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

तराईका जिल्लाहरूमा पछिल्लो समय संक्रमितको संख्या बढेको र ती जिल्लाबाट काठमाडौं भित्रिने क्रम शुरू भएसँगै सरकारले लकडाउनमा कडाइ गर्न थालेको हो । हिजो मात्र नेपालमा कोरोनाभाइरस (कोभिड १९)का १६ संक्रमित भेटिएका थिए, ती मध्ये १५ जना नेपालगञ्जका मात्र थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाहिर संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यका सुरक्षित ठानेर मानिसहरू भित्रिन थालेपछि उपत्यकामा एम्बुलेन्स, स्वास्थ्यकर्मी र अत्यावश्यक सवारी साधनबाहेक अन्यलाई आउन नदिएको महानगरीय प्रहरी कार्यलय रानीपोखरीकी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले बताइन् ।


Advertisment
Nabil box
Kumari

‘हामीले आजदेखि उपत्यका भित्रने मानिसहरूलाई कडाइ गरेका छौं । उपत्यमाभित्र एम्बुलेन्स अत्यावश्यक सामानका गाडी र स्वास्थ्यकर्मीबाहेक अन्य कुनैलाई पनि भित्रिन दिएका छैनौं,’ एसएसपी बज्राचार्यले लोकान्तरसँग भनिन् । 

Vianet communication
Laxmi Bank

उपत्यका बाहिरबाट मानिसहरू भित्रिएको गुनासो आएपछि काठमाडौं उपत्यकामा पनि आजदेखि आवतजावतमा कडाइ गरिएको छ । लकडाउन कार्यान्वयनमा शून्य सहनशीलता अपनाइएको प्रवक्ता बज्राचार्यले बताइन् ।
यदि कसैले जबरजस्ती गर्न खोजेमा कानूनबमोजिम कारवाही गरिने प्रहरीले जनाएको छ ।

कोभिड १९ संक्रमितको संख्या एक्कासि बढेपछि देशैभर लकडाउनमा कडाइ गरिनुका साथै उच्च सतर्कता अपनाइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरज शाहीले बताए । 

‘कोरोनाको संक्रमण देखिन थालेपछि नेपालगञ्जलाई अहिले सिल गरेको अवस्था छ, यसका साथै देशैभरि उच्चशर्तकता अपनाइएको छ,’ प्रवक्ता शाहीले भने, ‘स्थानीय प्रशासनसँग मिलेर देशैभर कोरोनाप्रभावित क्षेत्रमा नेपाल प्रहरीले काम गरिरखेको छ ।’ 

हिजो गृह मन्त्रालयले  कारागार, विकास निर्माण आयोजना लगायतका महत्त्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमामा पठाउने निर्णय गरेका थियो ।

‘सीमाबाट लुकिछिपी प्रवेश गर्ने क्रम नरोकिएको भन्दै त्यसरी प्रवेश गर्नेलाई कडा कानूनी कारवाही गर्नुपर्ने निष्कर्ष निकाल्दै भारतमा रहेका नेपालीलाई कोरोनाबाट सुरक्षित राख्न आवश्यक पहल तथा सीमा सुरक्षाका विषयमा भारत सरकारसँग छलफललाई तीव्रता दिने’ निर्णय गृहमन्त्रालयले गरेका थियो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले  कोरोना संक्रमणको केन्द्र चीन, युरोप, अमेरिका हुँदै अब दक्षिण एशियातर्फ बढ्न लागेको भन्दै भारतसँग खुला सीमा रहेका कारण नेपालले अब विशेष सावधानी अपनाउन आवश्यक रहेको बताए ।

सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई उनले निर्देशन समेत दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x