×

NMB BANK
NIC ASIA

झण्डै डेढ महिना पत्राचारमै अल्झियो जीटूजी स्वास्थ्य सामग्री आयात प्रक्रिया, अझै अनिश्चित

बैशाख २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस संक्रमण रोकथाम र उपचारका लागि नेपाली सेनाले चीनबाट ल्याउने भनेको स्वास्थ्य सामग्री नेपाल पुग्न ढिलाइ हुने भएको छ ।

Muktinath Bank

चीनमा सार्वजनिक बिदा परेकाले नेपालले चीनसँग सम्झौता गरेको स्वास्थ्य सामग्री आउन अझै १ हप्ता लाग्ने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘चाइनामा १ देखि ५ मेसम्म मजदुर दिवसको सार्वजनिक बिदा रहेछ जसले गर्दा जहाजबाट आउने भनिएको स्वास्थ्य सामग्री आउन अझै केही दिन लाग्ने देखिएको छ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने ।


Advertisment
Nabil box
Kumari

कोरोना भाइरस (कोभिड–१९) संक्रमण परीक्षणको लागि आवश्यक पर्ने किट सेनाले वैशाख २३ गते मंगलवार ल्याउने कार्यतालिका थियो तर चीनको ग्वान्जावो एयरपोर्टमा पुगेको ३७ टन स्वास्थ्य सामग्री सेनाले ल्याउन सकेको छैन ।

Vianet communication
Laxmi Bank

विश्वभरका देशले स्वास्थ्य सामग्री ग्वान्जावो एयरपोर्टबाट लैजाने भएकाले ढिला हुने भएको छ । सेनाका अनुसार नेपाली सेनाको स्वास्थ्य सामग्री ल्याउने पालो ८१ औं नम्बरमा छ । 

५ मे (२३ गते) सम्म चीनमा सार्वजनिक बिदा थियो । पालो ८१ नम्बरमा परेकाले बुधवार, बिहीवार र शुक्रवार आउने सम्भावना नरहेको सेनाले जनाएको छ । शनिवार नेपालमा बिदा हुने र आईतवार चीनमा बिदा हुने भएकाले स्वास्थ्य सामग्री ल्याउने प्रक्रिया सोमवारबाट शुरू गर्दा अर्को बुधवार (वैशाख ३१) भन्दा अगाडि आउन सक्ने सम्भावना नरहेको सेनाले  जनाएको छ ।

‘ग्वान्जावो एयरपोर्टबाट विमानमा विश्वभर स्वास्थ्य सामग्री जाने भएका कारण एयर ट्राफिकको समस्या देखिएको छ । जसले गर्दा चीनले एयर ट्राफिक नियम बदल्ने देखिन्छ, त्यसैले स्वास्थ्य सामग्री ल्याउन समस्या देखिने छ,’ प्रवक्ता पाण्डेले भने, ‘वैकल्पिक एयरपोर्टबाट ल्याउन सकिन्छ कि भन्ने विषयमा पनि छलफल गरिरहका छौं । वैकल्पिक एयरपोर्टबाट ल्याउनको लागि पठाएको पत्रको जवाफ आइसकेको छैन ।’

नेपालमा संक्रमण फैलिरहेकाले ढुवानीमा सहजता मिलाइदिन परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पत्रमार्फत आग्रह गरिएको छ । सेनाको आफ्नो सम्पर्क सूत्रबाट पनि पहल गरिराखेको प्रवक्ता पाण्डेले लोकान्तरलाई बताए ।
चीन सरकारले नेपाल सरकारको आग्रहलाई स्वीकारेर छिटो सामग्री ल्याउनका लागि सहयोग गर्ने विश्वास सेनाले लिएको छ तर सरकारी माध्यमबाट स्वास्थ्य सामग्री ल्याउने प्रक्रिया पत्रव्यवहारमै अल्झिएको छ ।

कोरोना भाइरसको संक्रमण परीक्षणका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्रीलाई पहिलो प्राथमिकतामा राखेर ल्याउन लागेको सेनाले जनाएको छ । सडक यातायातबाट आउने परीक्षण किट, पीपीई लगायतका अत्यावश्यक सामग्रीलाई पहिला प्राथमिकतामा राखेर ट्रकहरूको वर्गीकरण गरी ल्याउन लागेको प्रवक्ता पाण्डेले बताए ।

सेनाले हवाइ ढुवानीको लागि फल्याट फ्री कम्पनीलाई ३ लाख ७२ हजार ५०० डलर (४ करोड ५१ लाख ३९ हजार ५ सय) हवाइ भाडा उपलब्ध गराइसकेको सैनिक प्रवक्ता पाण्डेले बताए । 

‘हामीले हवाईजहाजमार्फत छिटो सामान ल्याउनको लागि फल्याट फ्री कम्पनीलाई ३ लाख ७२ हजार डलर भुक्तानी दिइसकेका छौं,’ पाण्डेले लोकान्तरसँग भने ।

सडक यातायातबाट ल्याउन २ करोड ७६ लाख ४० हजार ४०० रुपैयाँ भुक्तानी गरिएको छ । सडक यातायातबाट आउने स्वास्थ्य सामग्री संकलन भइसकेको र आइतवार हिँड्ने तालिका भनिएपनि हालसम्म जानकारीमा नआएको सैनिक प्रवक्ता पाण्डेले बताए ।

ओम्नी बिजनेश कर्पोरेसन इन्टरनेसनलसँग भएको सम्झौता विवादमा आएपछि सरकारले चैत १६ गते स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएको थियो । जीटूजी (सरकार–सरकार) प्रक्रियाबाट नेपालमा ३४२ टन स्वास्थ्य सामग्री ल्याउने गरी वैशाख पहिलो हप्ता चीनसँग सेनाले सम्झौता गरेको थियो ।

चाइना सिनोफर्म कम्पनीको प्लान्ट चीनका विभिन्न क्षेत्रबाट सेनाले ६७ प्रकारका स्वास्थ्य सामग्री ल्याउँदैछ ।

शुरूमा पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन–९५ मास्क, पीसीआर परीक्षणका लागि आवश्यक सामग्री लगायत ल्याइँदैछ । सेनाले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि २ अर्ब २५ करोड बढीको सम्झौता गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x