माघ २५, २०८०
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (www.lokantar.com) आजदेखि पाचौं वर्षमा प्रवेश गरेको छ ।
यस अवसरमा हामी सबैभन्दा पहिला हाम्रा आमपाठक, लेखक, स्तम्भकार, शुभचिन्तक र विज्ञापनदाताप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं ।
तपाईंहरूले लोकान्तरप्रति दर्शाएको माया, दिएका प्रतिक्रिया र गरेका खबरदारीले आज हामी यो स्थानमा छौं ।
तथ्यमा आधारित सही र सन्तुलित सामग्री तपाईंहरूसमक्ष पुर्याउने हाम्रो यात्रा अविचलित रहनेछ ।
‘निरन्तर तथ्यको खोज’ भन्ने नारासहित चार वर्षअघि हामीले लोकान्तर डट्कमको यात्रा शुरू गरेका हौं ।
राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर २०७३ वैशाख २४ गतेको दिनमा लोकान्तर डटकम पाठकसामु ल्याउँदा हामीले जुन संकल्प बोकेका थियौं त्यसमा अडिग छौं ।
काम गर्ने क्रममा कतिपय कमजोरी भए होलान्, तर चार वर्षको अवधिमा हामी जनतालाई सही सूचना दिन सफल रह्यौं भन्ने विश्वास छ ।
यो अवधिमा लोकान्तर डटकमले ‘खोजमूलक समाचार पोर्टल’को रूपमा आफ्नो पृथक पहिचान बनाएको छ ।
देशविदेशका दैनिक राजनीतिक घटनाक्रमको सूचना र विश्लेषणका अतिरिक्त देशमा भइरहेका अनियमितता, भ्रष्टाचार र बेथितिविरुद्ध हामीले निरन्तर खबरदारी गरिरहेका छौं ।
सरकारी सम्पत्तिको दुरूपयोग, सवारी र इन्धनमा भइरहेको बेथितिबारे हामीले गएको वर्ष खोजमूलक समाचारको ५५औं श्रृंखला प्रकाशित गर्यौं ।
हाम्रो खबरदारीपछि सरकारी निकायले आफ्ना कमजोरी सच्याएका र मितव्ययी हुन प्रयास गरेका प्रशस्त उदाहरण छन् । अबको हाम्रो खोज पत्रकारिता स्थानीय तहमा भइरहेका अपारदर्शिता र बेथितिमा केन्द्रित हुनेछ ।
चार वर्षको अवधिमा देशले निकै उतारचढाब बेहोर्यो ।
स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपश्चात देशमा एक प्रकारको राजनीतिक स्थितरता कायम छ । तर आफ्नो जीवनस्तरमा सुधार भएको हेर्ने जनताको इच्छा अधुरै छ ।
यतिबेला कोरोनाभाइरस (कोभिड १९) का कारण सिंगो विश्व गहिरो संकटमा छ । यो रोगका कारण धेरैको ज्यान गयो । लाखौं संक्रमित छन् ।
दशकौंदेखि प्रकाशित हुँदै आएका पत्रपत्रिका बन्द गरेको समयमा पनि जनताको सूचनाको तिर्खा मेटाउन हामी निरन्तर प्रयत्नरत छौं ।
विश्वले कल्पना नगरेको अहिलेको महासंकटको समयमा डिजिटल पत्रिका (न्यूज पोर्टल) को भूमिका झनै प्रभावकारी भएको हामीले महसूस गरेका छौं ।
कोरोनाभाइरसले ज्यान गुमाउनेको पीडा एकातिर होला, बाँच्नेको पीडा झनै भयाभह बन्दैछ । यो रोगका कारण विश्व अर्थतन्त्र भयानक संकटमा फसेको छ ।
पक्कै पनि त्यसबाट नेपाल र हामीजस्ता मिडिया अछुतो हुने कुरा भएन ।
जस्तोसुकै कष्टप्रद स्थितिमा पनि सुसूचित हुन पाउने जनताको अधिकारको रक्षाका लागि हाम्रो उपिस्थति डगमगाउने छैन ।
यतिबेला टिक्नु पनि ठूलो विषय हुनेछ । हामी संकटमा पनि सही, स्थलगत, खोज र विश्लेषणात्मक सामग्रीको सम्प्रेषणमा अविचलित रहने छौं ।
पाँचौं वर्ष प्रवेशको अवसरमा हामी पुनः प्रतिबद्धता जनाउँछौं– लोकतान्त्रिक मूल्य मान्यता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र जनताको सुशासनको चाहनामा कसैसँग सम्झौता हुने छैन ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको पालना गर्न तपाई प्रिय पाठक घरमै बस्नुहोस् ।
तपाईंहरूलाई सुसूचित गर्न हामी तपाईंको घरमै आउनेछौं । घरमा इन्टरनेट सुविधा छ भने लोकान्तर डट्कम हेर्नुहोस्, देश विदेशमा भैरहेका सूचनाबाट वञ्चित रहनुपर्ने छैन ।
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...