असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
सबैलाई जाहेर छ – विश्व रोगी छ, बिरामी छ, तनाव, दबाब र प्रभावबाट प्रभावित छ र असुरक्षाको चरम विन्दुमा रन्थनिएको छ ।
कोरोनाको कष्ट, आर्तना, रोदन र संकटबाट कसरी छुटकारा पाउने भनेर लामो स्वास तान्दैछ । विश्वका कैयौ युवाहरू यसको न्यूनीकरण, निराकरण र निर्मूलको खोज र सोधमा मस्त छन् । बुद्धि र दिमागको प्रयोग गर्दैछन् ।
हामीहरू भने बुद्धिको होइन, मनको प्रयोग गर्दैछौं । आफूलाई सामाजिक सञ्जालका काल्नाहरूमा हजारौं पटक हाँसीमजाकका पात्र बनाइरहेका छौं ।
अमूल्य समय प्रोफाइल पल्टाउँदै पुराना स्टोरीहरू खोतल्दै छौं । मानौं, खानी उत्खनन् गर्दैछौं । प्रयोगशालामा परीक्षण गर्दैछौं । फेसबूक, ट्विटर, टिकटक लगायतका सामाजिक सञ्जालका भाँडाहरूमा सयौं एमबीको डाटा लिएर आफूलाई सार्थक र अब्बल रुपमा बेजोडले प्रस्तुत गरिरहेका छौं ।
यसरी कि मानौं हामी नासाको आविष्कारको लागि केही मेहनत गर्दैछौं । केही दुःख गर्दैछौं । केही सोध गर्दैछौं । सोच्ने र गर्ने अनेकौं क्षेत्र र विषयहरू छन् । मन, मस्तिष्क र मनहरू त्यता पनि चलाउन सकिन्छ । शारीरिक दूरी कायम गरौ मात्र भनेकोे हो, बाँकी परिवारिक सुसम्बन्धलाई थप गति दिने मौका पनि त हो यो ।
कुनै व्यक्तिले सम्पादन गर्ने कार्यहरू र प्रस्तुत गर्ने व्यवहार उसको मात्र परिचय होइन, स्वयं उसको परिवारको पनि परिचय हो । कसैलाई नयाँ लेखक, अभिनेता, अभिनेत्री र नेतृत्वको परिचय बनाइदिएको छ भने कसैलाई कसूरदारको परिचयसम्म पुर्याइदिएको छ ।
सञ्जालमा सबै लाभका कुरा मात्र छैनन्, लाजका कुरा पनि छन् । केही लुकाउनुपर्ने कुरा छन्, केही खुलाउनु पर्ने कुरा छन् । व्यक्तिगत सूचना र डाटा चोरी र तस्करीका विषय पनि छन् ।
सामाजिक सञ्जाल बिस्तारै सूचना सञ्जाल भएको छ । सूचनाको तीव्र प्रसारण र वितरण हुने हब बनेको छ ।
त्यसकारण आधिकारिक सूचना पोस्ट, शेयर र ट्याग गर्दा मात्र सही सूचनाको प्रवाह भई व्यक्ति सू–सचित र सजग भई सभ्य समाजको स्थापना हुन्छ । कैयौ फेक सूचना र जानकारीले व्यक्तिलाई दिग्भ्रमित गरिरहेका हुन्छ । उसलाई गुमराहामा राखेको हुन्छ । त्यस्ता सूचनाले व्यक्ति र संस्थागत हित गर्दैनन् ।
विश्वको दूरी धेरै दूर भएन । छिनभरमै विश्वका हरथोक विश्वव्यापीकरण र स्थानीयकरण हुन्छन् । विश्व एक घर भएको प्रतित सामाजिक सञ्जालहरूले दिइरहेकै छन् ।
शासनको प्रभावकारिताको मापन र अप्रभावकारिताको मूल्यांकन पनि यिनैमार्फत हुन थाल्यो । इ–डेमोक्रेसीको गतिशिलता पनि सामाजिक सञ्जालका रुटमा दौडिन थाल्यो । व्यक्तिको सफलताको चर्चा र असफलताको दुर्गन्ध यसले छिनभरमै संसारमा फैलिन, सच्चिन र सुध्रिन बाध्य पार्न थाल्यो ।
विश्वको कुनै उत्पादन, उन्मूलन र उत्खनन् विश्वको साँझा उपभोगको विषय बन्न पुगेको छ । कोरोना नियन्त्रणका विधि र प्रविधिको प्रयोगमाथिको पहुँच र प्रयोग यसको विकास विना कसरी सहज र सरल थियो र ? अमेरिकन नागरिकले मृत्यवरण गर्दा नेपाली नागरिक दुःख व्यक्त गर्ने यो जतिका साझा ‘प्लेट फर्म’ दुनियाँमा अर्को के हुनसक्छ ?
साच्चै ! इ–गभर्नेन्सको आधार तय भएको छ । इ–डेमोक्रेसीको विकासमा सहजता थपिएको छ । सार्वजनिक सेवा, बैंकिङ सेवा र अनलाइन सेवा धमाधम प्रदान हुन थाले । राज्यका हरेक अंगहरू इन्टरनेटको प्रयोगमार्फत अनलाइन सेवाहरू वितरण गर्न थाले । व्यक्ति तथा नागरिकको पहुँच पुग्ने, प्रत्यक्ष सहभागी हुने र समय र खर्चका हिसाबले काइदाको व्यवस्थाको अवलम्बन हुँदैछ ।
यद्यपि यसका पनि आफ्नै कमीकमजोरी होलान्, त्यो अलग विषय हो तर इ–तालिम, इ–शिक्षा, इ–स्वास्थ्य लगायतका व्यवस्थाको जुझारु शुरूआत भएको छ ।
इ–डेमोक्रेसीको व्यवस्थित र व्यापक अनुभूति हुन थालेको छ । पढ्न, लेख्न, सेमिनार, गोष्ठी र छलफल गर्न भोलि भौतिक उपस्थितको आवश्यकता नपर्न सक्छ । शासनका पात्रहरूको मूल्यांकन गर्दै इ–कारवाही गर्दै पदच्यूत समेत गरी अर्को पात्रलाई सेवा र पेशाप्रति बफादार हुन उद्येलित गरिदिएको छ ।
कसैले कसैको कामको बेलिविस्तार लगाउनु पर्दैन । सबै खुला छन् । स्पष्ट छन् । सही र गलत मूल्यांकन गर्ने न्यायालय बाहिरका ‘जज’को समेत स्थापना भयो । यसमा अदम्य शक्ति छ ।
कसैलाई हटाए र घटाउन सक्छ । यसले एक खुला समाजको स्थापनामार्फत सबैलाई जोडेको छ । यसले सेवा वितरणहरू मात्र होइन, विश्वका अप्ठ्यारा र अवरोध समेत एकीकृत गरेका छ । विश्व बन्धुत्वको सिद्धान्तलाई आत्मसाथ गरेको हुन्छ ।
प्रजातन्त्रले हरेक व्यक्तिसँग अपेक्षा गरे जस्तै इ–डेमोक्रेसीले पनि केही अपेक्षा राखेको हुन्छ । यसले सामूहिक निर्णय र त्यसको वैधानिक परीक्षण गर्न जनताको मत अभिमत स्वस्थ भएर राख्न साझा अवसर प्रदान गर्दछ । यो छाडापना अपेक्षा राख्दैन । विशेषतः इ–प्रजातन्त्रमा साक्षर, बुद्धिवान र सचेतहरू जोडिएका हुन्छन् ।
यस्तोमा झन् अपराध कम हुनुपर्ने तर अपराधको दर बढ्दो छ । यसले के प्रमाणित गर्दछ भने अपराध निरक्षरभन्दा साक्षरबाट बढी हुन्छ ।
यी समय बेतित गर्ने बेकामका मनोरञ्जनका साधन मात्र होइनन्, व्यक्ति चिन्ने, जानकारी लिने, व्यक्तिसँग सम्बन्ध सम्पर्क बढाउने र प्रतिभा जन्माउने थलो पनि हुन् । खराब प्रवृत्तिको सामूहिक भत्र्सना गर्ने साधन पनि हुन् ।
अन्ततः हरेक संकटले नविनताको बरदान प्रदान गर्छ । अहिलेका आईसीयू र भेन्टिलेटर पनि कुनै बेलाको महामारीले अन्वेषण गर्न पठाएका उपहार हुन् । अहिलेको संकटले पनि पक्कै नविनता छोड्न बाध्य बनाउने छ ।
वर्तमान संकटले खोज र अनुसन्धानको दायर थप फराकिलो र घनिभूत पार्ला नै तर वर्तमानमा नै इ–डेमोक्रेसीको बास्ना मगमगाउन थालेको छ ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...