×

NMB BANK
NIC ASIA

कोरोनाको ‘हटस्पट’ वीरगञ्ज : अस्पतालका शय्या भरिए, चिकित्सकको अभाव

बैशाख २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

२ नम्बर प्रदेश कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी जोखिममा देखिएको छ ।

Muktinath Bank

हालसम्म प्रदेशमा ३० जनामा कोरोना पोजेटिभ देखिएको छ भने प्रदेशवासी जोखिममा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सप्तरीदेखि पर्सासम्म ८ जिल्ला रहेको प्रदेशका पर्सा, बारा, रौतहट र सर्लाही गरी ४ जिल्लामा कोरोना संक्रमित फेला परेका छन् भने धनुषा, महोत्तरी, सिरहा र सप्तरीमा संक्रमण देखिएको छैन तर कुनै पनि बेला संक्रमण फेला पर्न सक्ने जोखिम छ ।


Advertisment
Nabil box
Kumari

सबैभन्दा बढी कोरोना पोजेटिभ व्यक्ति पर्सा जिल्लामा देखिएका छन् । पर्साको वीरगञ्ज महानगरपालिका कोरोनाको ‘हट स्पट’ नै बनेको छ ।

Vianet communication
Laxmi Bank

प्रदेशका विभिन्न जिल्लामा ३० जनामा कोरोना संक्रमण फेला परेपनि सबैको उपचार नारायणी अस्पताल वीरगञ्जमा भइरहेको छ । जसमध्ये २८ जना हाल पनि अस्पतालमा भर्ना भएर उपचाररत छन् भने २ जना उपचारपश्चात पूर्णरुपमा निको भएर घर फर्किएका छन् ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. मदन उपाध्यायका अनुसार हालसम्म भर्ना भएका ३० जनामध्ये उपचारपश्चात निको भएर डिस्चार्ज भएका २ जना बिरामीमा पुनः कोरोना पोजेटिभ पाइएपछि फेरि अस्पताल भर्ना गरिएको छ । रौतहटका १ जना र पर्साका १ जनामा निको भएपछि फेरि कोरोना संक्रमण पाइएको छ ।

‘भर्ना भएर उपचार गराइरहेका बिरामीको ३ पटक कोरोना परीक्षण गर्छांै । ३ पटकसम्म लगातार नेगेटिभ आएपछि डिस्चार्ज गरेका थियौं । डिस्चार्ज भएपनि फलोअप गर्दै जाँदा पीसीआर परीक्षणमा चौथो पटक पोजेटिभ फेला परेपछि फेरि भर्ना गराएर उपचार जारी राखिएको छ,’ मेसु उपाध्यायले लोकान्तरसँग भने ।

बालबालिकासम्मै संक्रमण

वीरगञ्जमा भर्ना भएर उपचार गराइरहेका २८ जनामध्ये २१ जना पुरुष र ७ महिला छन् । सबैभन्दा बढी पर्साका २१ जना, बाराका ३ जना, रौतहटका ३ जना, सर्लाहीका १ जना रहेका मेसु उपाध्यायले बताए । वैशाख २४ गते एकैदिन पर्साका १७ जना पोजेटिभ व्यक्ति भर्ना भएका छन् । जसमध्ये २ महिने बालकदेखि ८६ वर्षीय वृद्ध रहेका छन् ।

मेसु उपाध्यायका अनुसार २ महिने बालक, ६ महिने बालिका, ३ वर्षीय बालक, ६ वर्षीय बालक, १२ वर्षीय बालक, १३ वर्षीय बालक, १४ वर्षीय बालक, १३ वर्षीया २ बालिका, १७ वर्षीय पुरुष, ८६ वर्षीय पुरुष, ४५ वर्षीय पुरुष, ३५ वर्षीया महिला, ४० वर्षीय पुरुष २४ गते भर्ना भएका छन् ।

आइसोलेसन वार्डमा वाईफाई र टेलिभिजन

अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको मनोरञ्जनका लागि वाईफाई जडान गर्नुका साथै टेलिभिजन समेत राखिएको मेसु उपाध्यायले बताए । ‘२ वटा हलमा एउटा/एउटा टीभी जडान गरिदिएका छौं । हलमा आएर उहाँहरू टीभी हेरर टाइम पास गर्नुहुन्छ भने सबै कोठाका लागि फ्री वाईफाई जडान समेत गरिदिएकाले उहाँहरू मोबाइलमा समेत टाइम पास गर्नुहुन्छ,’ उनले भने ।

अस्पताललाई २०० शय्याको स्वीकृति भएपनि ३५० शय्या छन् । कोरोना बिरामीका लागि शुरूमा ५ शय्याको मात्र आइसोलेसन वार्ड बनाइएको थियो । पछि २५ शय्यामा विस्तार गरिएको छ । २५ शय्याको वार्ड मात्र भएपनि २८ जना बिरामी भर्ना भएका छन् । ‘कतिपय बिरामी काखे बालबालिका आमा तथा बुवाको काखमा नै भएकाले धानिएको छ,’ मेसु उपाध्यायले भने, ‘तर जुन रफ्तारले संक्रमितको संख्या बढ्दैछ, त्यस आधारले हाम्रो अस्पतालले धान्न सक्ने अवस्था आगामी दिनमा रहन्न ।’

बारा, रौतहट र सर्लाही जिल्लाका बिरामीलाई समेत वीरगञ्जमा नै भर्ना गरिएको छ । जिल्लामा रहेका अस्पताल सञ्चालन नहुँदा वीरगञ्जमा बिरामीको चाप बढ्दै गएको उनले बताए । 
अस्पतालको प्रसूति विभाग तथा औषधि विभागको वार्डलाई कोरोनाको आइसोलेसन वार्ड बनाइएको छ । सीसीटीभी क्यामेराको निगरानीमा सबै बिरामीको रेखदेख हुने गरेको मेसु उपाध्यायले बताए । आइसोलेसन वार्डमा पुरुष तथा महिला वार्ड छुट्याइएको छ ।

बिरामीलाई दिनमा २ पटक खाजा तथा २ पटक खाना दिने गरिएको छ । बिहान दूध, अण्डा, खाजा तथा दिउँसो दूध, ब्रेड, चाउचाउ सहितको खाजा दिने गरिएको छ । ‘दिउँसोको खानामा दाल, भात, तरकारी दिने गरिएको छ भने रातिको समयमा रोटी, तरकारी सहितको खाना दिने गरिएको छ,’ उनले भने, ‘कहिलेकाहीँ मासु समेत दिने गरेका छौं ।’

सामान्य उपचार र रेखदेख, कुनै छैन औषधि

मेसु उपाध्यायका अनुसार भर्ना भएका सबै जनालाई छुट्टै कुनै विशेष उपचार गरिएको छैन । अस्पतालमा भर्ना भएका कुनै पनि व्यक्तिमा हालसम्म कोरोना रोगको लक्षण देखिएको छैन । ‘सबै जना सामान्य अवस्थाका नै हुनुहुन्छ,’ मेसु उपाध्यायले लोकान्तरसँग भने, ‘कोही दीर्घरोगी, मुटुरोगी, मधुमेहका बिरामी, रक्तचापका बिरामी हुनुहुन्छ भने त्यो रोगको औषधि मात्र चलाउने गरेका छौं ।’

अस्पतालका अनुसार हालसम्म कुनै पनि बिरामीमा कुनै पनि समस्या देखिएको छैन, दीर्घरोगी भएका बिरामीमा पनि कुनै समस्या देखिएको छैन । ‘कुनै सिरियस अवस्था आयो भने पनि सामना गर्नका लागि ७ शय्याको आईसीयू सेटअप पनि छ,’ उनले भने, ‘तर समस्या के हो भने भेन्टिलेटर २ वटा मात्र छ ।’

अस्पतालमा जनशक्ति अभाव

पछिल्लो अवस्थासम्म भएका जनशक्तिले धानिएको भएपनि आगामी दिनमा थप जनशक्ति आवश्यक रहेको उनी बताउँछन् । ‘ए, बी, सी, डी, ई’ गरेर ५ समूहमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली परिचालन भएका छन् । एउटा समूहमा कन्सल्टेन्ट, मेडिकल अफिसर, प्राविधिक, पारा मेडिकल्स, नर्स, सफाइकर्मीसहित २५ जना छन् । दैनिक ३ शिफ्टमा विभाजित भएर एउटा समूहले लगातार ७ दिनसम्म आलोपालो ड्यूटी गर्छन् ।

७ दिन लगातार काम गरिसकेको समूह होटलमा क्वारेन्टाइनमा जान्छ र अर्को समूहको टोली ड्यूटीमा आउँछ । ७ दिनभित्र होटलको क्वारेन्टाइनमा रहेको टोलीको पीसीआर परीक्षण गरिन्छ । ‘नेगेटिभ रिजल्ट आएपछि अर्को १४ दिन होम क्वारेन्टाइनमा बस्नुहुन्छ,’ मेसु उपाध्यायले भने, ‘अहिले हामी ‘डी’ समूहलाई परिचालन गरेका छौं, वैशाख २७ गते उहाँहरूको समूह होटल क्वारेन्टाइनमा जानुहुन्छ ।’ अस्पतालसँग ‘ई’ समूह तयार छ भने आवश्यकता हेर्दै ‘एफ’ समूह तयार गर्ने वा ‘ए’ समूहबाट पुनः काम गर्न लगाउने भन्ने निर्णय गर्न बाँकी रहेको उनले बताए ।

हालसम्म ३ समूहका ७५ जना चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली होटल क्वारेन्टाइन हुँदै होम क्वारेन्टाइनमा बसेका छन् । सबै जनाको पीसीआर रिपोर्ट नेगेटिभ नै आएको उपाध्यायले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x