×

NMB BANK
NIC ASIA

कोरोना महामारीसँगै आर्थिक संकट : नेपालको दिगो समृद्धिका लागि यी ७ आधार !

बैशाख २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

२००७ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलन, २०१७ सालको प्रजातन्त्र पुनर्बहालीको अन्दोलन, २०५२ देखि २०६२ सालसम्मको माओवादी विद्रोह र २०६२/६३ सालको लोकतन्त्र पुनर्बहालीको आन्दोलनजस्ता ऐतिहासिक जनआन्दोलन होस् वा अझैं स्मरणमा ताजै २०७२ सालको महाभूकम्प र छिमेकी राष्ट्र भारतले गरेको अघोषित नाकाबन्दीको महासंकट पश्चात् नेपाली समाजले हरेक पटक सुशासन र समृद्धिको आशा गरिरह्यो ।

Sagarmatha Cement
Muktinath Bank

लोकत्रान्त्रिक संविधान बन्यो, राजनीतिक प्रणाली फेरियो, शासकहरू फेरिए र राजगद्दीमा जनताका छोराहरू बसे तर परिवर्तन केवल सीमित राजनीतिक नेताहरू र तिनीहरूका आसेपासेको स्वार्थ सिद्धी, कुर्सी र शक्तिभोगको आलोपालो खेलमै सीमित रह्यो । केही मुठ्ठीभर मानिसहरू नवधनाढ््यको रूपमा उदाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर ठूलो जनसंख्याको निम्न वर्ग र आम नेपाली जनताले परिवर्तनको अनुभूत नै गर्न पाएनन्, सापेक्षिक रूपमा बरु झन्झन् गरीब हुँदै गए । तब पनि नेपाली जनता राजनीतिक दलहरूको गोटी बनिरहन र समृद्धिको सपना देख्नबाट कहिल्यै थाकेनन् ।


Advertisment
Nabil box
Kumari

यस कालखण्डमा भष्ट्राचार, अनियमिता, राजनीतिक बेथिति, हत्याहिंसा, बलात्कार, मानव बेचबिखन, कालोबजारी र तस्करीले इतिहासमै नयाँ कीर्तिमान कायम गरे । 

Vianet communication
Laxmi Bank

आज फेरि नेपाली समाजले इतिहासका यिनै दृष्टान्तबाट पाठ सिक्दै कोभिड–१९ महामारीको संकटपछि ‘अन्धकार पछिको उज्यालो’झै समृद्ध नेपालको झिनो आशा राखेको सहजै अनुभूत गर्न सकिन्छ ।

यतिखेर प्रमुख राजनीति दलहरूप्रति नागरिकको आस्था तीव्र रूपमा घट्दै जानु र आक्रोश बढ्नुले अब पनि अनुभूत हुने गरी समृद्धिको यात्रा तय गरिएन भने नागरिक समाज, मिडिया र सामाजिक सञ्जालको अग्रसरतामा भयानक सामाजिक विद्रोह हुने र यसले प्रमुख रानीतिक शक्तिहरूलाई विस्थापित गर्न सक्ने प्रबल सम्भावना छ ।

यसर्थ समग्र परिस्थिति र यतार्थतालाई गम्भीरतापूर्वक आत्मसाथ गर्दै शीघ्र समृद्ध नेपालको यात्रा शुभारम्भ गर्नुको विकल्प छैन ।

समृद्ध नेपालको निर्माण बहुआयामिक विषय भएकाले यसका निमित्त दृढ ईच्छाशक्ति र असाधारण नेतृत्व क्षमता, बृहत् राष्ट्रिय एकता, ठोस योजना र रणनीति सहितको वातावरण बन्न आवश्यक छ ।

सरकार र प्रमुख राजनीतिक शक्तिको अग्रसरतामा तथा स्वतन्त्र विकास विज्ञहरूको व्यवस्थापनमा नेपालको दिगो समृद्धि विषयमा ‘बृहत् राष्ट्रिय सम्मेलन’को आयोजना गरी वैदेशिक नीति, राजनीतिक प्रणाली र अर्थनीति लगायतका आधारभूत सवालमा स्पष्टता र राष्ट्रिय सहमति कायम गर्दै समृद्ध नेपालको यात्रा शुभारम्भ गर्न सकिन्छ । 

राजनीतिक प्रणालीमा सुधार र युवा पुस्तामा शक्ति हस्तान्तरण  

प्रजातन्त्र पुनर्बहाली पश्चात् शक्ति स्वार्थका निम्ति सांसदको खरिद बिक्री तथा अपहरण जस्ता राजनीतिक घटनाक्रमको पछिल्लो शृंखलासम्मको विश्लेषण गर्दा संसदबाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख हुने ‘वेस्ट मिनिस्टिर’ प्रणाली नेपाली भूगोल र राजनीतिक परिवेशमा लगभग अस्थिर एवं असफल सावित भएको छ । विद्यमान लोकतन्त्र अन्तर्गत नागरिकबाट प्रत्यक्ष निर्वाचित हुने शक्तिशाली राष्ट्रपति देशको कार्यकारी हुने व्यवस्था राजनीतिक स्थिरता र समृद्धिको लागि उत्तम विकल्प र आधार हुनसक्छ ।

लोकतन्त्रको प्रमुख उपलब्धिको रूपमा लिइएको संघीयता जनता र केन्द्रीय राजनीति दुवै स्तरबाट नस्वीकारिनुका साथै यसले लक्षित समुदायको हातमा अधिकार सुम्पन सकेन ।

प्रदेश सरकारहरू मुख्यमन्त्री, मन्त्री, कर्मचारी र राजनीतिको नाममा नियुक्त पदाधिकारीलाई तलब भत्ता बाँड्नेबाहेक विकास वजेट उपयोग गर्न पूर्णतया असफल सावित भए । यसले केवल व्ययभार मात्र बढाई विकासको गतिलाई रोक्नुका साथै प्रभावकारी ढंगले कार्यसम्पादन गरिरहेका स्थानीय तहलाई अनावश्यक रूपमा कमजोर पार्ने काम मात्र गरेकाले संघीयताको खारेजी र स्थानीय तहलाई अझ शक्तिशाली बनाउनु उपयुक्त कदम हुनसक्छ ।

उन्नत र समयसापेक्ष राजनीतिक व्यवस्था र नेतृत्वबाट मात्रै आशातित विकास र समृद्धि सम्भव भएकाले विज्ञान र प्रविधिको विकास चरम उत्कर्षमा पुगेको एक्काइसौं शताब्दीमा पुरानो पुस्ताको नेतृत्वबाट गतिशील परिवर्तनको आशा राख्नु अर्थहीन हुन्छ । 

यदि इतिहास बोकेकाहरूले बाँचुञ्जेल र त्यसपछि इतिहास बोकेकाहरूलाई बोक्नेहरूले सट्टा चलाइराख्ने हो भने अर्को आधा शताब्दीसम्म पनि यो शृंखला जारी रहने र समृद्धिको सपना सपनामै सीमित रहने निश्चित छ । 

यसर्थ इतिहास बोकेका राजनीतिक नेताहरूले समृद्धि र आफ्ना संघर्षका उद्देश्य प्राप्तिका खातिर इतिहासमा अमर हुने गरी त्याग गर्दै युवापुस्तामा नेतृत्व  हस्तान्तरण गर्ने हिम्मत गर्नुपर्छ । संसारका विकसित देशहरूमा आमजनता निष्पक्ष हुन्छन् र चाहेअनुसार सरकार परिवर्तन गर्ने तागत राख्दछन् ।

यता नेपालमा भने स्कूले बालबालिकादेखि आम नागरिक राजनीतिक दलहरूको तहगत कार्यकर्ता हुने र दल परिवर्तन वा त्याग धर्म परिवर्तन वा त्याग सरह मान्ने विकृत प्रथा हाबी छ । 

यसले गुण र दोषका आधारमा सरकार स्थापना वा परिवर्तन गर्ने नागरिकको सार्वभौम शक्ति र निष्पक्षता कमजोर र संवैधानिक एवं राजनीतिक नियुक्तिमा गम्भीर नकारात्मक प्रभाव पार्नुका साथै कार्यकर्ताका नाममा लाखौं उर्जाशील युवालाई बेकार भौतारिन बाध्य बनाएकाले यसलाई बन्देज लगाई यस्ता तमाम युवालाई राष्ट्र निर्माणमा लगाउनुपर्छ । 

स्पष्ट अर्थनीति  र योजना 

नेपाललाई पालैपालो आयातित पुँजीवादी वा जनवादी अर्थतन्त्रको परीक्षण थलोको रूपमा प्रयोग गरिँदै आइएको छ । नेपाली जनतालाई कुनै वादसँग किमार्थ मतलब छैन, केवल आफ्नो माटो सुहाउँदो अर्थव्यवस्था चाहिएको छ, जस्ले तल्लो वर्ग र समुदायको जीवनस्तर माथि उकास्न र गाँस, बाँस र कपासको निम्ति विदेशिक भूमिमा रगत र पसिना बगाउन जानुपर्ने विद्यमान बाध्यात्मक अवस्थाको अन्त्य गर्न सकोस् ।

सबै वर्ग र समुदायको समृद्धिको ग्यारेन्टी गर्न सक्ने समृद्ववादी अर्थव्यवस्था उत्तम विकल्प हुन सक्दछ, जसमा विभिन्न विचारधारा बोकेका राजनीतिक दलहरू सहमत हुन सक्छन् ।

राजनीतिक नियुक्ति प्राप्त लाचार र दास मनोवृत्तिका विज्ञबाट प्रभावकारी योजना, नीति तथा कार्यक्रम बन्नै सक्दैन । त्यसैले राजनीतिक पार्टीको प्रभावमुक्त स्वतन्त्र विज्ञलाई समृद्ध नेपालको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति सहितको योजना निर्माण र वैधानिक सरकारबाट यसको इमान्दारीपूर्वक कार्यान्वयन गर्ने व्यवस्था धेरै प्रभावकारी हुन सक्छ ।

सीमा पर्खाल र प्रवेशाज्ञा

छिमेकी राष्ट्र भारत तर्फको १ हजार ६९० किलोमिटर र चीन तर्फको १ हजार ४१४ किलोमिटर सीमा क्षेत्र खुला र अव्यवस्थित छ । यसबाट सीमा अतिक्रमण र विवाद, राष्ट्रियताको सुरक्षामा खतरा, बाह्य राजनीतिक हस्तक्षेप, आप्रवासी आगमन, मानव बेचबिखन, सीमा तस्करी, लागूऔषधि ओसारपसार र आतंककारी क्रियाकलापजस्ता घातक गतिविधिले मौलाउने अवसर पाएको छन् ।

भारतद्वारा लगातार सीमा अतिक्रमण भइरहँदा सत्ता बाहिर हुँदा राष्ट्रवादको उग्र नारा दिने वीर गोर्खालीका सपुत तर अघोषित लेण्डुपहरू सत्तामा पुगेपछि लाचार हुने गरेको दृष्टान्त जगजाहेर छ । 

यसर्थ नेपालको चौतर्फी सीमानामा पर्खाल लगाई भारत र नेपालका नागरिकको आवतजावतमा समेत अनिवार्य प्रवेशाज्ञाको व्यवस्था लागू गरिनुपर्छ । अन्यथा सीमा अतिक्रमणबाट नेपालको नक्सा साँघुरिँदै जाने र देश आप्रवासीको कब्जामा पुग्ने निश्चित छ । 

भ्रष्टाचार नियन्त्रणमा नविन प्रयोग

व्यक्तिगत लाभका लागि प्राप्त अख्तियारको दुरूपयोग गर्नुलाई भ्रष्टाचार भनिन्छ र यसका नीतिगत, राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक र संस्थागत जस्ता फराकिलो आयाम र प्रकृति हुन्छन् ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदन अनुसार नेपाल भ्रष्टाचारको खराब स्थिति भएका देशको सूचीमा ११३ औं स्थानमा रहनु र विकास बजेटको लगभग ३० देखि ५० प्रतिशतसम्म भ्रष्टाचार हुने तथ्यांक सार्वजनिक हुनुले लज्जास्पद स्थितिको चित्रण गर्दछ ।

पर्याप्त वैधानिक संयन्त्र र कानूनी व्यवस्थाका बाबजुद नेपालमा व्याप्त भ्रष्टाचार नियन्त्रण हुन नसक्नुमा स्वयं सरकार र यसका संवैधानिक निकाय नै भ्रष्टाचारमा संलग्न हुनु, कर्मचारीतन्त्रमा भ्रष्टाचार संस्कृतिको रूपमा मौलाउँदै जानु र आम नागरिकले त्यसको प्रतिकार गर्नुको सट्टा लाचार भई खुरुखरु घुस दिँदै जानु प्रमुख कारणहरू हुन् । 

सेटिङ मिलाउन नसक्ने र संस्थागत संरक्षण नपाएका एकाध भ्रष्टहरू फाट्टफुट्ट जेल परिरहँदा तमाम भ्रष्टहरूमा लोकलाज, इमान, धर्म र डर पटक्कै नभएको र महामारी, संकट, विपद् र लाशमा समेत भ्रष्टाचार र कालोबजारीको अवसर खोज्ने गिद्दे प्रवृत्तिमा बढोत्तरी हुँदै गएको पछिल्लो दृष्टान्तले छर्लङ्ग पारेको छ । 

भ्रष्टाचार नियन्त्रणमा विद्यमान पद्धति र संरचना अर्थहीन सावित भएको वर्तमान परिपे्रक्ष्यमा उन्नत अनलाइन प्रविधिको अधिकतम् प्रयोग, नविन प्रविधिमा कार्य सम्पादन गर्न नसक्ने र भ्रष्टाचारको कुलत बसेका पुराना कर्मचारीलाई उचित लाभसहित अवकास, शासक, संवैधानिक अंगका पदाधिकारी र कर्मचारीको लागि नियूक्तिका बखत र कार्यालयमा दैनिक ‘म ... घोषणा गर्दछु कि म एक चेतनशील प्राणी हुँ, त्यसैले कहिल्यै भ्रष्टाचार र काममा ढिलासुस्ती गर्ने छैन, भ्रष्टाचार गर्नु भनेको नेपाल आमा र नेपाली जनताको रगत र पसिना सेवन गरेसरह ठान्ने छु’ प्रकृतिको भ्रष्टाचार सम्बन्धी स्वःघोषणा र पाठको व्यवस्था भ्रष्टाचार नियन्त्रणको नविन प्रयोग हुन सक्छन् ।

व्याप्त भ्रष्टाचार हुने निकायहरू जस्तैः राजस्व, मालपोत, नापी, उद्योग तथा कम्पनी व्यवस्थापन, श्रम स्वीकृति, चालक अनुमतिपत्र, राहदानी र अध्यागमन लगायतका सेवा निजी कम्पनी (एजेण्ट) लाई करारमा दिने र सरकारले कानून निर्माण, कडा नियमन र नियन्त्रण गर्ने व्यवस्था प्रभावकारी हुन सक्छ । 

कृषिको औद्योगिकीकरण र वैदेशिक रोजागारी प्रतिस्थापना क्षेत्र

विश्वका हरेक राष्ट्रले स्थानीय र मौलिक क्षमतामा आधारित कुनै १ वा २ क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधार मान्ने गर्दछन् । यसको प्रमुख कारण भनेको यस्ता क्षेत्र स्थानीय स्रोतसाधन र सीपमा आधारित हुनु, उत्पादन लागत कम हुनु र बाह्य परिवर्तनबाट कम प्रभावित हुनु नै हो । यसका आधारमा कृषि, पर्यटन र जलविद्युत् नेपालका महत्त्वपूर्ण प्राथमिक क्षेत्रमा पर्दछन् ।

जलविद्युत् क्षेत्रको सन्दर्भमा उत्पादित १ हजार ९५ मेघावाट विद्युत्बाट नेपाल लोडसेडिङमुक्त हुनु र  करीब २५ हजार ६२२ मेगावाट क्षमताका निर्माणाधीन आयोजनाबाट उत्पादन हुनेमध्ये आन्तरिक खपत पश्चात् बाँकी रहने विद्युत् बिक्री गर्न छिमेकी राष्ट्र भारतमा निर्भर हुनुपर्ने भौगोलिक परिस्थितिले यो क्षेत्रको थप प्रवद्र्घनको लागि सोच्नुपर्ने हुन्छ ।

हालै कोरोना महामारीबाट होटेल, वायुसेवा र पर्यटनसँग सम्बन्धित व्यवसाय अधिक प्रभावित हुनुले पर्यटन उद्योगमा निर्भरता घटाउनु श्रेयस्कर देखिन्छ । यसर्थ नेपालको दिगो समृिद्धको  लागि कृषिलाई अर्थतन्त्रको मूल आधार घोषणा गरी पर्यटन र जलस्रोतलाई जोडेर यसको औद्योगिकीकरण गर्न आवश्यक छ । कृषि क्षेत्रको रूपान्तरणको शुरूआत निम्न प्रयत्नबाट गर्न सकिन्छः–

आक्रामक बजेट व्यवस्था:– राष्ट्रले कृषिलाई प्राथमिकतामा राखेपनि यस क्षेत्रको विकासका लागि यथेष्ट बजेट व्यवस्था गर्ने गरेको छैन । कृषिको दिगो विकास र रूपान्तरणका लागि शुरूमा कूल पुँजीगत खर्चको ५० प्रतिशत हाराहारीको आक्रामक बजेटको विनियोजन गरिनुपर्छ ।

कृषिको व्यावसायिकीकरण:– आधुनिक भूमि व्यवस्थापनद्वारा चक्लाबन्दी खेतीको शुरूआत, कृषियोग्य भूमिको उपलब्धता, कृषि क्षेत्रमा मात्र सरल र सहज ढंगले कर्जा प्रवाह गर्ने छुट्टै वित्तीय संस्थाको स्थापना, पारदर्शी कृषि अनुदानको व्यवस्था, कृषि बजार र मूल्य ग्यारेन्टीको व्यवस्था, बिचौलियाको अन्त्य, जलस्रोतलाई कृषि विकासको स्रोतको रूपमा परिभाषित, उपयुक्त प्रविधिको विकास र आयात तथा आवश्यक पूर्वाधारको विकास गरी निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक कृषिमा रूपान्तरण गर्न सकिन्छ । 

कृषि उद्योगमा निजी क्षेत्रको लगानी आकर्षण:– कृषि उद्योगमा निजी क्षेत्रको ठूलो लगानी आकर्षित गर्न सामाजिक क्षेत्रको लगानी बन्द गर्नुपर्छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा संलग्न बौद्धिक, अनुभवी र चलायमान उद्यमीलाई कृषि उद्योगमा सिफ्ट गर्ने हो भने कृषिमा औद्यौगिक क्रान्ति नै आउन सक्छ ।

निर्यातमुखी कृषि उत्पादन:– विद्यमान कृषि उपजहरू निर्वाहमुखी मात्रै छन् । विश्वका अति जनघनत्व भएका शहरहरूमा निर्यात गर्न योग्य र परिमाणमा कृषि उपजहरू उत्पादन र निर्यात गर्ने योजनाका साथ यसको रूपान्तरण गरिनुपर्छ । यसबाट वैदेशिक रोजगारबाट विपे्रषण स्वरूप प्राप्त भइरहेको वैदेशिक आम्दानीको सोधभर्ना मात्रै होइन, चुलिँदो वैदेशिक व्यापार घाटाको समाधान गर्न सकिन्छ ।

ग्रामीण कृषि पर्यटनको विकास र प्रवद्र्घन:– आयातित भोजन, विदेश मदिरा, ब्राजिलको चिकन र इटालीको पिज्जा बेच्ने पाँचतारे होटल, केएफसी र पिज्जा हटबाट नेपाललाई खासै मुनाफा हुनेवाला छैन ।

यसकारण नेपाली मौलिक भोजन पस्कने स्तरीय ग्रामीण होमस्टे र एग्रोस्टेको प्रवद्र्घन गर्न सकियो भने मनग्य विदेशी मुद्रा आर्जन र ग्रामीण क्षेत्रको समेत सन्तुलित विकास गर्न सकिन्छ ।  

वैदेशिक रोजगारी प्रतिस्थापना क्षेत्र:– कृषिको औद्योगिकीकरण गरी वैदेशिक रोजगारमा रहेका करीब ६० लाखभन्दा बढी ऊर्जावान मेहनति नेपाली आप्रवासी कामदारलाई सहजै कृषि उत्पादन, प्रशोधन, भण्डारण र वितरण कार्यमा प्रतिस्थापना गर्न र कूल ग्रार्हस्थ उत्पानमा करीब ३० प्रतिशत हाराहारी योगदान रहेको विपे्रषणको परनिर्भरता घटाउन सकिन्छ ।

शिक्षा र स्वास्थ्यको पूर्ण राष्ट्रियकरण र रूपान्तरण

विश्वभर स्थापित मान्यता अनुसार विद्यमान विभेदकारी दोहोरो शिक्षा र स्वास्थ्य प्रणालीको तत्काल अन्त्य गरी नागरिकको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्छ । निजी लगानीमा स्थापना भएका शैक्षिक र स्वास्थ्य संस्थाको उचित क्षतिपूर्तिसहित राष्ट्रियकरण गरी यिनका सञ्चालकलाई कृषि उद्योगतर्फ प्रेरित गर्दा उत्तम हुन्छ ।

देशको शिक्षा र स्वस्थ्य प्रणाली स्वस्थ, सुसंस्कृत र दक्ष जनशक्ति निर्माण गर्ने हुनुपर्छ । ढाडै भाँचिने गरी सैद्धान्तिक पुस्तकको भारी बोकाउने, कक्षा कार्य, ट्यूसन कक्षा र गृहकार्य कार्यको नाममा १८ घण्टा कलिला बालबालिकालाई व्यस्त राखी उनीहरूको स्वास्थ्य र सिर्जनशीलता समाप्त पारिरहेको विद्यमान विद्यालय स्तरीय सिकाइ पद्धति र सबै विद्यार्र्थीले डिग्री हासिल गर्नु पर्ने संस्कृतिको अन्त्य हुनुपर्छ । 

यसका लागि झोलारहित विद्यालय सिकाइ र उच्च शिक्षा हासिल गर्न नचाहने वा नसक्ने विद्यार्थीलाई प्राविधिक सीपको तालिम दिई तत्काल रोजगारीमा पठाउने व्यवस्था लागू गर्न सकेमा शैक्षिक बेरोजगारीको अन्त्य र राष्ट्रिय उत्पादनमा वृद्धि गर्न सकिन्छ । जसका लागि बेलायत, युरोप र अमेरिका लगायतका देशबाट पाठ सिक्न सकिन्छ ।

कामको अनिवार्यता र विकासको मूलधारमा महिलाको सहभागिता 

दोस्रो विश्वयुद्धपछि ध्वस्त जापानका नागरिकले कडा परिश्रम र मेहनतले देशलाई माथि उठाउने संकल्प गरे र प्रत्येक नागरिकले कम्तिमा दैनिक १२ घण्टा काम गरेर आजको जापान निर्माण गरे । यसको सिको गर्दै ६५ वर्ष माथिका ४.४ प्रतिशत र १५ वर्ष तलका ३५:६ प्रतिशत बाहेकका करीब ६१ प्रतिशत सक्रिय नागरिकले कम्तिमा दैनिक ८ घण्टा काम गर्न अनिवार्य गरिनुपर्छ । यसका लागि कृषि क्षेत्रमा योग्यता बमोजिमको कामको ग्यारेन्टी र काम नगर्नेलाई सजाय दिने कडा कनूनी व्यवस्था लागू गर्नुपर्छ । 

एकाध महिला राष्ट्रपति, प्रधानन्याधीश, कर्मचारी वा अभियान्ता हुँदैमा महिलाको सशक्तीकरण र देश विकास हुँदैन । रोजगारी वा उद्यमशीलताका लागि योग्य करीब ८५ लाखमध्ये घरचुल्होमा सीमित करीब ६६ लाख महिलालाई अर्थतन्त्रको मूलधारमा प्रवेश गराएमा मात्रै महिलाको सशक्तीकरण र मुलुकको समृद्धि सम्भव छ । यसका लागि सामाजिक सांस्कृतिक रूपान्तरण, महिला उद्यमशीलता जागरण, घरेलु जिम्मेवारीमा पुरुष र महिलाको समान दायित्व बहन, भोजन पद्धति परिमार्जन र घरेलु कार्यलाई औपचारिक रोजगारको रूपमा परिभाषित गर्ने जस्ता रणनीति लागू गर्न सकिन्छ ।    

निष्कर्ष :

अथाह प्राकृतिक स्रोतसाधन; सुन्दर हिमाल, वनजंगल र वनस्पति, जैविक विविधता, अविरल बगिरहने नदीनाला, विश्वको सर्वोच्च हिमाल सगरमाथा, विश्वमा बहादुर र पराकर्मीको रूपमा कहलिएको जनशक्ति, विविध जाति, धर्म र संस्कृतिले सुसज्जित हाम्रो देश नेपालाई समृद्धिको जेहाद छेड्ने एउटा दूरदर्शी, इमान्दार, दरिलो इच्छाशक्ति र अलौकिक नेतृत्व क्षमता भएको महापुरुषको खाँचो छ, नेपालको इतिहासमा अमर युगान्तकारी महापुरुषहरू गौतम बुद्ध, पृथ्वी नारायण शाह र बीपी कोइरालापछि नेपाली धर्तिमा यस्तै एउटा महापुरुषको छिट्टै आगमन होस् र नेपाली जनताको समृद्धिको सपना साकार पारोस् ।

(लेखक पूर्व एनसीडी बैंंकका नायब प्रमुख कार्यकारी अधिकृत र तिलोत्तमा बुद्धज्योति लायन्स क्लबका चाटर्ड प्रेसिडेन्ट हुन् ।)
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x