×

NMB BANK
NIC ASIA

लकडाउन मौका : आर्चरीका चर्चित खेलाडी असिम संगीतलाई सशक्त बनाउँदै

बैशाख २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पोखराका असिम शेरचनको जीवनमा खेल र संगीत एकैसाथ आयो । दुवै छोड्न सकेनन् ।

Muktinath Bank

जस्तोसुकै परिस्थितिमा पनि खेल र संगीतलाई अगाडि बढाउँदै आएका उनलाई यसपालि लकडाउनले भने घरभित्रै बन्दी बनायो तर समय सदुपयोग गर्दै संगीत सिक्नमै खर्च गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी भन्छन्, ‘डेढ महिना लामो लकडाउनबीच सिक्ने बाँकी सांगीतिक क्षेत्रका थुप्रै कुराहरू सिकें ।’


Advertisment
Nabil box
Kumari

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सन्त्रासका कारण सरकारले लगातार पाँचौ पटकसम्म लकडाउन थप्दै जेठ ५ गतेसम्म पुर्‍याएको छ । आमनेपालीझैं उनले पनि डेढ महिनाको लकडाउन परिस्थिति भोगिसके तर नकारात्मकबीच पनि सकारात्मक प्रयास खोजे । चर्चित नेपथ्य ब्याण्ड हुँदै कन्दरामा प्रवेश गरेका ‘लीड गितारिस्ट’ असिमलाई संगीत सिक्ने उपयुक्त मौका रह्यो ।

Vianet communication
Laxmi Bank

असिमले उतिबेला नेपथ्यबाट थोरबहुत नामदाम कमाएका थिए । अमृत गुरुङ लगायत सहकर्मीसँग उनी कन्सर्टका लागि देशविदेश पुग्थे तर आफ्नै जातिको पहिचान बोकेको आर्चरी खेलले उनको चर्चा ह्वात्तै माथि उठायो ।

राष्ट्रिय/अन्तर्राष्ट्रिस्तरका प्रतियोगितामा भाग लिने क्रममा उनलाई पनि लागेको रहेनछ – यसरी एकपछि अर्को उपलब्धि हासिल होला र नाम सर्वत्र चम्किएला । सांगीतिक माहोलमा जमिरहँदा उनी बो (आर्चरीमा समाउने भाग), एरो (तिर) र टार्गेट (तिर हानेपछि ठोक्किने भाग) माथि नियमित अभ्यास गर्दै राष्ट्रिय खेलकुद, दक्षिण एसियाली खेलकुद (साग) र एसियन गेम्समा भाग लिन पुगे । ११ औं सागमा कास्य, राष्ट्रिय खेलकुदमा एकपछि अर्को स्वर्ण, आईएसएफ इन्टरनेसनल सोलिडारिटी आर्चरीमा रजत पदक, एसियन गेम्समा ३ पटक तथा १३ औं सागको सहभागिता उनको नाममा दर्ज भइसकेका छन् ।

पोखराको बुद्धचोक बस्ने ४४ वर्षीय असिमको संगीतप्रतिको लगाव पनि ज्यादै छ । बुवा विनोद शेरचन र आमा ओमकुमारी शेरचनको कोखबाट उनी काठमाडौंमा जन्मिएका हुन् । सानैमा पोखरा आए । बुवाआमाका २ सन्तानमध्ये एक मात्र सुपुत्र असिमका २ छोराछोरी छन् । सन्तानको इच्छा रहे आर्चरीमा समर्पित गराउने योजना रहेको सुनाउँछन् ।

कोरोना कहरबीच लोकान्तरसँगको कुराकानीमा उनले आफ्नो सांगीतिक यात्रा, खेल क्षेत्रलगायत विविध पक्षबारे गरेको भलाकुसारी उनकै शब्दमा –

‘छोड्न सकिनँ सांगीतिक क्षेत्र’

कुरा आजभन्दा करीब २५ वर्षअघिको हो, त्यस्तै सन् १९९५ तिर हुनुपर्छ । त्यो बेलामा अहिलेको जस्तो विभिन्न स्रोतसाधन थिएन । अनलाइन, यूट्युब, फेसबूक जस्ता सामाजिक सञ्जाल केही थिएन । मोबाइल भित्रेकै थिएन । रेडियो नेपाल थियो । टीभीमा नेपाल टेलिभिजन प्रसारण हुन्थ्यो । पछि इमेज च्यानल हुँदै अन्य च्यानल थपिएका हुन् ।

फिल्म हल केही मात्र थिए । पर्यटकीय नगरी पोखरामा त्यसबेलाका संगीतमा रुची राख्ने युवा हरूले ब्याण्ड खोल्ने चलन थियो । म पनि साथीहरूको संगतमा गितार सिक्न थालें । केही ब्याण्डले बेलाबेलामा सानातिना प्रस्तुति दिने गर्दथे । १९९० तिर खोलिएको नेपथ्यले पनि ठूलो कार्यक्रम दिन सकेको थिएन ।

त्यसैक्रममा नेपथ्यबाट बिग प्रोग्रामअन्तर्गत लाइभ कन्टर्स हुने भयो । कन्सर्टका लागि गितारिस्ट खाँचो देखियो । त्यसका लागि ब्याण्डकै मेम्बर रत्नमान गुरुङले मलाई सम्पर्क गर्नुभयो । त्यसपछि नेपथ्य ब्याण्डमा आवद्ध हुने मौका पाएँ ।

उसबेला ब्याण्डमा अमृत गुरुङ, रत्नमान गुरुङ, दीपकजंग राणा, भीम पुन लगायत हुनुहुन्थ्यो । पोखरा सभागृह हल (तत्कालीन दीपेन्द्र सभागृह) मा बिग लाइभ कन्सर्ट भयो । मैले पनि गितारिस्ट भूमिका निर्वाह गरें । हल खचाखच थियो । खुट्टा टेक्ने ठाउँ थिएन । अत्यन्तै सफल रह्यो सो कन्सर्ट । किनकि नेपथ्यले त्यसबेलासम्म राम्रै चर्चा कमाइसकेको थियो । 

नेपथ्यले सो कन्सर्ट गर्नुअघिसम्म पोखरामा त्यस्तो खालको कन्सर्ट भएकै थिएन । काठमाडौंबाट प्रिजम, क्रिसक्रस लगायत ब्याण्डले बेलाबेलामा आएर आफ्नै ओरिजिनल गीत नभै अंग्रेजी गीतमा मनोरञ्जन दिन्थे तर नेपथ्यले आफ्नै ओरिजिनल गीतमा सो खालको कन्सर्ट दिएको पहिलो हो ।

१९९५ मा सो कन्सर्ट भइसकेपछि अर्को वर्ष काठमाडौं गयौं । कन्सर्ट प्रज्ञा प्रतिष्ठानमा तय थियो । कार्यक्रम त्यहाँ पनि भव्य भयो । देशविदेशमा लगातार कन्सर्ट हुँदै गयो । हङकङमा हामीहरू २ पटकसम्म कन्सर्ट लिएर गयौं ।

स्रोतसाधनकै कमीले बाहिरफेर गएर कन्सर्ट गर्नु चुनौती थियो । महेश श्रेष्ठ दाइले सो बेला म्यानेज्मेन्टको जिम्मा लिनुभएको थियो । अमृत गुरुङ, रविन श्रेष्ठ, गौतम गुरुङ भोकलमा, रत्नमान गुरुङ र म लीड गितारमा, माइकल पुन बेस गितारमा, भीम पुन ड्रममा थियौं । की–बोर्ड र मादल चाहिँ विभिन्न वाद्यवादकलाई आवश्यकता अनुसार कन्सर्टको बेलामा बोलाइन्थ्यो । 

केही समय काठमाडौं पढ्ने बेलामा मैले सारङ्गी सिकें । आफ्नै मौलिक बाजा पनि सिक्नुपर्छ भन्ने लागेर सारङ्गी किनेरै बजाउन सिकेको हुँ । अहिले पनि गितारको अलावा सारङ्गी र इसराज बाजा बजाउँछु ।

पोखरा त्यसबेला नै सुन्दर नगरी रुपमा चर्चित थियो । अझ सांगीतिक माहोलले यसको चर्चा झनै चुलियो । एकताका नेपालमै सबैभन्दा बढी ब्याण्ड थिए त, पोखरामै थिए । प्रायः ब्याण्ड नै उम्दा थिए । नेपथ्यसहित कन्दरा, देउराली, मध्याह्न, लेकाली लगायत ब्याण्डले देश–विदेशमा नाम कमाएका थिए ।

म करीब ४ वर्षसम्म नेपथ्यमै रहें । त्यसपछि आर्चरी खेल तथा घरायसी कामकाजले त्यता (संगीत) मा निष्क्रियझैं रहें । प्रविधिको विकास एकातिर तीव्र गतिमा हुँदा पोखरेली ब्याण्डबाट पनि खासै कार्यक्रम हुन छाडे । सिडीबाट पेनड्राइभ र ब्लुटुथ जमाना आयो तर १२ वर्षसम्म निष्क्रिय रहेकोमा पुनः ५ वर्षदेखि कन्दराबाट कमब्याक भएँ । कन्दराका साथीहरूले मिलेर गरौं, ब्याण्ड व्यूझाँऔं भन्नुभो, आपूm पनि फ्री भएको हिसाबले जोडिएको हुँ ।

यसबीचमा हामीले १/२ वर्ष ब्याण्ड टूर गरियो । हङकङ, कोरिया, अस्टे«लिया, अमेरिकासम्म पुग्यौं । ब्याण्डमा विवेक श्रेष्ठ (भोकल), सुनिल थापा (ड्रभर), बुद्धराज बज्राचार्य (की–बोर्ड), अनिल गुरुङ (बेस गितार), अभिनाश गायक (मादल), अमित गुरुङ र म (गितार) छौं ।

कोरोनाले खस्कियो सांगीतिक उद्योग

कोरोना कारण अन्य क्षेत्रझैं सांगीतिक क्षेत्र पनि नराम्ररी खस्किएको छ । मलाई लाग्छ, अबको १/२ वर्ष सांगीतिक टूर हुन गाह्रो छ । किनकि सामाजिक दूरी समेत कायम गर्नुपर्ने हुँदा हत्तपत्त आयोजक अघि सर्दैनन् । कोरोनाले संगीत उद्योगलाई गाँजेको हो । एकातिर प्रविधि विकासले सहज बन्दै जाँदा संगीत उद्योग भने विगतदेखि नै धरायसी बन्दै गएको छ ।

एकताका क्यासेट–चक्काको जमाना थियो । क्यासेट पसलहरू थुप्रै थिए । बिस्तारै डिजिटल प्रकारका चिजहरू आउन थाले । चक्काबाट सिडी हुँदै पेनड्राइभ आयो । क्यासेट किन्नु नपर्ने भयो । अनि इन्टरनेटले प्रवेश पायो । कम्प्युटरमा आममानिसको पहुँच भयो । इन्टरनेट माध्यमबाट वाईफाई आयो । ब्लु टुथ, सेयर इट लगायत आए । यूट्युब, फेसबूक लगायत सामाजिक सञ्जालको तीव्र विकास भयो । यसो हुँदा नेपाली सांगीतिक उद्योग भने नराम्रोसँग हल्लायो । मलाई सम्झना छ, त्यतिबेला एल्बम निकालेपछि एक–डेढ लाखप्रति एल्बम बिक्री हुन्थ्यो । आधुनिक, पप तथा लोकदोहोरी गीतका एल्बम लाख संख्यामा बिक्री हुने गरेकोमा आँखै अगाडि ५०० पनि नबिक्ने हुन थाल्यो ।
संगीतको पनि व्यापार भएन । म्यूजिक कम्पनी पनि धरासायी हुँदै गए । कलाकारले विकल्प रोज्न थाले । लाइभ कन्सर्ट पहिलेजस्तो हुन छाडे । स्थापित केही मात्र चले । किनकि मनोरञ्जनको साधन अन्य विकल्प बने । 

नेपाल टेलिभिजन मात्र रहेकोमा दर्जनौं टेलिभिजन च्यानल खुले । रेडियो नेपालको एकाधिकार तोड्दै सयौंको संख्यामा एफएम स्टेसन खुले । एकताका टेलिभिजन तथा रेडियोमा गीत बज्यो भने लगभग नेपालभर चिनिने अवस्था थियो । अहिले त्यस्तो छैन, घरबाटै इन्टरनेट माध्यमबाट आफ्नो च्यानल चलाउन सक्ने अवस्था आयो । प्रविधिले विश्वभरका मानिसलाई नजिक त ल्यायो तर संगीत उद्योगको मेहनत खेर हुँदै जान थाल्यो । अहिले विश्वभर फैलिएको कोरोना महामारीले संगीतसहित सबै क्षेत्रको अवस्था नराम्ररी बिग्रिन पुग्यो । 

कोरोनासँगै अब केही समय हामीहरू यसैसँगै हुर्किनुपर्ने देख्छु । यसैसँगै साक्षात्कार गर्दै दैनिक जीवनयापन चलाउनुपर्ने हुन्छ । विपत्तिको बेलामा पनि नआत्तिकन अगाडि बढ्नुपर्छ । सकारात्मक बन्नुपर्छ । लकडाउनको बेलामा मैले समय सदुपयोग गर्दै संगीतको विषयमा अध्ययन गर्न मन लागेको विषय सिकें । धेरै अध्ययन गर्ने मौका पाएँ । अनलाइन सोर्सले सहज बनायो । थाती रहेका कामकाज यसबीचमा पूरा गर्न सुझाव दिन्छु । 

आर्चरीमा एरो निशाना

सांगीतिक माहोलमा रम्दारम्दै एक्कासी आर्चरीमा आइपुगें । हुन त आर्चरी हाम्रो थकाली समुदायमा परम्परागत खेल नै हो । बुवाबाजेहरू आर्चरी खेलेरै हुर्के तर खेल व्यावसायिक त्यत्ति हुन सकेको थिएन । राष्ट्रिय खेलकुद, साग, एसियन लगायतमा क्रमशः प्रवेश पायो । नेपालमा पनि विभागीय नेपाली सेना र नेपाल पुलिसभित्र पनि आर्चरी भित्रिसकेको छ । थकाली, मगर, छन्त्याल जातिको परम्परागत खेल आर्चरी नेपालमा विशेषतः कास्की, काठमाडौं उपत्यका लगायत जिल्लामा खेलिन्छ । आर्चरी यस्तो खेल हो, जसमा नेपालको सम्भावना बलियो छ । यसले राष्ट्रको नाम अन्तर्राष्ट्रियस्तरसम्म फैलाउन मद्दत पुग्छ ।

उमेरले ३० वर्ष पुग्ने बेला मात्र म व्यावसायिक रुपमा आर्चरीमा प्रवेश गरेको हुँ । त्यसअघि म फुटबल खेल्थें । जिल्लास्तरीय तथा क्षेत्रीयस्तरको प्रतियोगितामा पनि भाग लिएँ । पश्चिमाञ्चलस्तरीय फूटबल प्रतियोगिताको लागि पाल्पासम्म पुगेको थिएँ । 

२०६४ सालतिरको कुरा हो, पोखरा नदीपुरस्थित थकाली समाज समाजमा थकाली जातिले पुर्खादेखि चलिआएको परम्परागत खेल आर्चरी प्रतियोगिता आयोजना गरिएको थियो । मैले पनि बो समाएर टार्गेटमा एरो हानें । त्यो देखेर अग्रजहरूले मेरो निशाना राम्रो छ भनी यसमा लाग्न प्रेरित गर्नुभयो । पछि पोखरामै किशोरकुमार गुरुङसँग उहाँको घर (नागबेलीटोल) मै गएर प्रशिक्षण शुरू गरें ।

सन् २००४ मा सिंगापुरबाट पुलिसमा रिटायर्ड किशोरकुमार गुरुङ र दीपक गुरुङ स्वदेश फर्केपछि पोखरामा आधुनिक आर्चरीले प्रवेश पाएको हो । दीपक काठमाडौंतिर लाग्नुभयो भने किशोर पोखरामै रहनुभयो । दीपक दाइ हाल नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष हुनुहुन्छ भने किशोर राष्ट्रिय कोचमा जम्नुभएको छ ।

किशोर दाइले त्यसबेला आर्चरीको आधारभूत ज्ञान सिकाउँदै गर्दा पछि रंगशालामै बृहत् ज्ञान पस्किनुभयो । मैले यो खेल वास्तवमा शारीरिक परिश्रमभन्दा यसमा कला, धैर्यता, सन्तुलन र निरन्तरता आवश्यक हुँदोरहेछ भन्ने बुझे । निरन्तर अभ्यास र धैर्यताले सीप निखार्दै गयो । जसको कारण १ दशकमै राष्ट्रियस्तरकै खेलाडी बन्न सकें । आधुनिक आर्चरीमा एकपछि अर्को पदक भित्रिए ।

काठमाडौंमा पाँचौ राष्ट्रिय खेलकुद हुनेवाला थियो । ४/५ महिना सिकेपछि राष्ट्रिय टीममा परें । प्रतियोगितामा भाग लिएँ । त्यसबेला दोस्रो हुँदै रजत पदक जितें । मैले व्यक्तिगत ७० मिटर रिकर्भमा रजत र हाम्रै टीमले स्वर्ण जित्यो । पदक जितेपछि अग्रजहरूले यसैलाई व्यावसायिक बनाउनुपर्छ भनी अझ हौसला दिनुभयो । 

त्यसपछि बंगलादेशमा सन् २०१० सम्पन्न ११ औं साउथ एसियन गेम्स (साग) मा भाग लिएँ । हाम्रो टीमले भुटानी टीमलाई पराजित गर्दै कास्य पदक जित्न सफल भएको थियो । 

एसियन गेम्सअन्तर्गत सन् २०१० मा चीनको गोञ्जाउ, २०१४ मा कोरियाको इन्चोक र सन् २०१८ मा इण्डोनेसियाको जाकार्तामा मैले लगातार ३ पटक सहभागिता जनाएँ । यसमा सहभागिता नै ठूलो कुरो हो । आर्चरी खेलमै एसियन गेम्समा ३ पटक सहभागिता जनाउने नेपालीको नामको सूचीमा मेरो मात्र छ ।

गोञ्जाउको एसियन गेम्सको रमाइलो पक्ष छ । जब नेपाली टीम इरानलाई हराउँदै क्वार्टरफाइलन प्रवेश गर्‍यो, तब इरानका लागि कोरियन कोचलाई तत्काल बर्खास्त गरिएको थियो । 

सन् २०१८ मा बंगलादेशको ढाका सम्पन्न दोस्रो आईएसएएफ इन्टरनेसनल सोलिडारिटी आर्चरी च्याम्पियनसीपमा रजत पदक चुम्न सकें ।

राष्ट्रिय खेलकुदअन्तर्गत पाँचौमा १ स्वर्ण र १ रजत तथा छैटौंमा १ स्वर्ण र आठौंमा डबल स्वर्ण जित्न सफल भएँ । सातौं भने सांगीतिक कार्यक्रमका लागि अस्टे«लिया हुँदा छुुट्यो । आठौंमा भाग लिएँ । नेपालगञ्जमा भएको प्रतियोगितामा ७० मिटर व्यक्तिगत रिकर्भअन्तर्गत स्वर्ण जितेको हुँ । टीम इभेन्टमा गण्डकीले अर्को स्वर्ण जित्यो । व्यक्तिगत रिकर्भमा आफ्नै क्लब कास्की आर्चरीका मुकेश तामाङलाई हराउँदै स्वर्ण जितेको हुँ । आर्चरी खेल्नकै लागि हालसम्म थाइल्याण्ड, भियतनाम, इरान, कोरिया, चीन, इण्डोनेसिया, भारत लगायत राष्ट्र पुगेको छु ।

गत वर्ष होम ग्राउन्ड पोखरामै भएको १३ औं सागमा भने पदकविहीन हुनुपर्‍यो । ७० मिटर रिकर्भमा भाग लिएको थिएँ । क्लोज क्याम्मै भएपनि पर्याप्त तयारी हुन सकेन । खेल शुरूआतको मुखमा मात्र विदेशबाट सामान आयो । बंगलादेशसामु अन्य देशको कुनै जोर चलेन । बंगलादेशले सबै १० वटै स्वर्णमा वर्चस्व जमायो । नेपालले भने १ रजत र २ कास्यमै चित्त बुझाउनु पर्‍यो । मेन कम्पाउण्ड मिक्स टीमबाट नेपालले पहिलो पटक रजत जितेको हो । सो टीममा सनातन मल्ल र इमायुङ राई थिए ।

आर्चरीमा नेपालको सम्भावना राम्रो भएकाले सरकारबाटै आवश्यक योजना बनाएर स्कूल तहबाटै आर्चरी सिकाउनु जरुरी छ । ताकि किशोरवय उमेरमै यसप्रति समर्पित गराए राज्यले आर्चरीबाटै प्रशस्त सफलता हासिल गर्न सक्छ । विभागीय क्लबमा पनि आर्चरीलाई महत्त्वपूर्ण रुपमा लिइएकाले यसको विकास क्रमशः हुने अपेक्षा गर्दछु । खेलाडीले तालिम मात्र गरेर पुग्दैन, सामान पनि पर्याप्त हुनुपर्छ ।

सबै विदेशबाट मगाउनुपर्ने हुँदा अलि यो महंगो छ । यसको अलिकति नराम्रो पक्ष भनेको सामान महंगो, कुनै पनि सामान नेपालमा पाइँदैन । आफैंमा एकदमै महंगो भएकाले सोचेको जति नयाँ खेलाडी उत्पादन गर्न सकेका छैनौं । भविष्यमा प्रशिक्षण दिनेछु । सीप कौशल सिकाउने रहर छ । संगीत अलावा जीवन यसमै समर्पित गर्न चाहन्छु । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x