×

NMB BANK
NIC ASIA

क्वारेन्टाइनमा बसेकालाई खाना व्यवस्थापनदेखि तरकारी र नगद उपलब्ध

बैशाख २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइन व्यवस्थापनमा स्थानीयले सहयोग गरेका छन् । 

Muktinath Bank

अधिकांश स्थानीय तहहरूले होटल तथा अन्य व्यक्तिहरूलाई प्रति छाकका दरले रकम उपलब्ध गराएर क्वारेन्टाइनमा बस्नेहरूका लागि खाना र नास्ताको व्यवस्था गर्दै आएका छन् । तर सुनवलका स्थानीयले भने स्वत स्र्फुत रुपमा निःशुल्क रुपमा खाना पकाउनेदेखि तरकारी र नगद सहयोग गर्दै आएका छन् । यसले नगरपालिकाको आर्थिक बोझलाई कम गराएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय कारेश्वर मन्दिर व्यवस्थापन समितिले दैनिक रुपमा खाना र नास्ता पकाएर खुवाउने गरेको छ । भने हरेक दिन पालो मिलाएर स्थानीयहरूले तरकारी उपलब्ध गराउने गरेको क्वारेन्टाइन व्यस्थापन समितिका संयोजक एंव वडा नं. ४ का अध्यक्ष विर बहादुर गुरुङले बताए । केही स्थानीयहरूले नगद रकम समेत उपलब्ध गराएका छन् ।


Advertisment
Nabil box
Kumari

अहिले नगरपालिकाले चामल बाहेक अन्य सामाग्री उपलब्ध गराउन नपरेको उनले बतााए । क्वारेन्टाइनमा बस्नेहरूका लागि बिहान र दिउँसोको नास्तासहित खानाको व्यवस्था गरिएको छ । ‘ केही स्थानीयहरूले नगद रकम उपलब्ध गराउँदै आउनु भएको छ । उक्त रकमबाट मासुलगायत अन्य सामान खरिद गरेका छौं ।’ एक जनाले तरकारी उपलब्ध गराएपछि अर्को दिन अर्का स्थानीयले  उपलब्ध गराउँदै आएका छन्,’ अध्यक्ष गुरुङले भने । 

Vianet communication
Laxmi Bank

पश्चिम नवलपरासी भारतसँग सीमाना जोडिएको जिल्ला हो । भारतबाट हरेक दिन जिल्लामा आउने स्थानीयहरूको संख्या बढ्दै जाँदा समस्या थपिएको नगर प्रमुख भीम बहादुर थापाले बताए । महाकवी देवकोटा क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा हाल २२ जना छन् । उनीहरू सबै भारतबाट आएका हुन् । उक्त क्याम्पसमा २ सय जना राख्न सकिने गरी व्यवस्था मिलाइएको छ । हरेक दिन संख्या बढ्दै गएपछि नगरपालिकाले प्रतेक वडामा रहेका सामुदायिक भवन र विद्यालयलाई क्वारेन्टाइनमा परिणत गराउने सोँच राखेको छ ।

‘जिल्लामा हरेक दिन संख्या बढ्ेको देख्दा अहिले स्थापना गरिएका क्वारेन्टाइनले थेग्न नसक्ने देखिएको छ । त्यसैले नगर क्षेत्रमा रहेका सामुदायिक भवन र विद्यालयहरूमा उनीहरूलाई व्यवस्थापन गर्नका लागि छलफल चलाएका छौं । नगर क्षेत्रमा ५ हजार जना राख्न सकिने गरी क्वारेन्टाइको व्यवस्थापनका लागि पहल सुरु भएको छ,’ नगर प्रमुख थापाले भने,‘संख्या बढ्दै गयो भने नगरपालिका एक्लैले व्यवस्थापन गर्न सक्दैन । अहिलेसम्म नगरपालिकाले सबै व्यवस्था गरेको छ । अब संख्या बढ्दै गएमा सम्बन्धित व्यक्तिले बेड र ओड्ने ओछ्याउने आफैं ल्याउन लगाउछौं । खानाको व्यवस्था नगरपालिकाले गर्छ,’ उनले भने ।

सोमवारसम्म जिल्लाका ७ स्थानीय तहमा रहेका क्वारेन्टाइनमा बस्नेको संख्या २ सय २८ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x