×

NMB BANK
NIC ASIA

संसदीय समितिको ठहर: भारतको अतिक्रमणकारी नीति देखियो

बैशाख २८, २०७७

NTC
Sarbottam
संघीय संसद, राज्य व्यवस्था तथा सुुशासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठक । तस्वीर : रोशन सापकोटा/रासस
Premier Steels
Marvel

सङ्घीय संसद्को महत्वपूर्ण समिति राज्य व्यवस्था तथा सुशासन समितिले भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी उद्घाटन गर्नुले भारतको नीति अतिक्रमणकारी भएको ठहर गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले मुलुकको सार्वभौमिकतामाथि  हस्तक्षप र थिचोमिचो गरी तेस्रो मुलुक पुग्ने सडक निर्माण गर्नु अतिक्रमणकारी नीति भएको ठहर गर्दै भारत सरकारको यस कदमप्रति भत्सर्ना र खेद प्रकट गरेको छ।

Sagarmatha Cement
Muktinath Bank

समितिले गत कात्तिक २५ गते विवादित क्षेत्रका विषयमा मुलुकको सीमा रक्षाका लागि नेपाल सरकारलाई दिएको सातबुँदे निर्देशन दृढतापूर्वक पालना गर्न र वैशाख ७ गते दिएको १५ बुँदे सुझावसमेत कार्यान्वयन गर्नसमेत भनेको छ। भारतले ८ मार्च २०२० मा पिथौरागढबाट नेपालको कालापानीको गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी उद्घाटन गरेको थियो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारत सरकार स्वयंले उक्त स्थान नेपाल–भारतबीच विवादित भूभाग भनी दुई पक्षीय समझदारीद्वारा हल गर्नुपर्ने स्वीकार गरिसकेको अवस्थामा अहिले एकलौटी सडक निर्माण गर्नु नेपाली सार्र्वभौमिकतामाथिकै प्रहार भएको समितिका सभापति शशी श्रेष्ठले बताइन्। सन् १८१६ को सुगौली सन्धिअनुसार भौगोलिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक प्रमाण, लिखत, नक्सा, तथ्य र महाकाली पूर्वको भूभाग नेपालको अखण्ड सार्वभौमिकताभित्र रहेको प्रमाणित छ। त्यसमा काली नदीको मुहान  लिम्पियाधुरा रहेको र उक्त स्थान नेपाल, भारत र चीनबीचको त्रिदेशीय विन्दु रहेको सत्य हो।  


Advertisment
Nabil box
Kumari

समितिले लिम्पियाधुरादेखि पूर्व कालापानी, लिपुलेक लगायतका सम्पूर्ण भागबाट भारतीय सैनिक फिर्ता गरी नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको सम्मान गर्न, अतिक्रमणकारी कदम त्याग्न, छिमेकीसँगको मैत्रीपूर्ण सम्बन्धको सम्मान गर्न, पञ्चशीलको सिद्धान्तका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धको कार्यान्वयन गर्न भारत सरकारलाई आग्रहसमेत गरेको छ। ‘यस सम्बन्धमा आफ्नो सार्वभौम क्षेत्रको रक्षाका लागि संवादद्वारा पहल गर्न सरकारलाई निर्देशन गर्दछ, अन्यथा भएमा उक्त विषय अन्तर्राष्ट्रियकरण गर्न सुझाव प्रदान गर्दछ,’ समितिको निष्कर्ष सुनाउँदै सभापति श्रेष्ठले भने।  
बैठकको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू, देवेन्द्रराज पाण्डे, अमरेशकुमार सिंह, डिला सङ्ग्रौलाले सुगौली सन्धिका आधारमा छलफल अघि बढाउनुपर्नेमा जोड दिए। सांसद बडूले भने, ‘यस विषयमा सरकारले विगतमा पनि गम्भीर ढङ्गले पहल गर्न सकेन, अहिले पनि सडक उद्घाटन गर्दासमेत सरकार बेखबर जस्तो बन्नु दुःखद हो, हामी साथ दिन तयार छौँ, के परिस्थिति आयो, के समस्या भयो, प्रधानमन्त्रीले जवाफ दिनुप¥यो।’

Vianet communication
Laxmi Bank

नेकपाका सांसद जनार्दन शर्मा, लालबाबु पण्डित, झपडबहादुर रावल, रेखा शर्मा, नवराज सिलवाल, यशोदा सुवेदी, वृजेशकुमार गुप्ता, महेश्वरजङ्ग गहतराजले सडक निर्माण भएर उद्घाटन गर्दासमेत कुनै पहल नथालिनु दुःखद भएको बताए। कोरोना महामारीको अवस्थामा मौका छोपेर भारतले सडक उद्घाटन गर्नु खेदजनक भएको समितिका सदस्य तथा नेकपाका सांसद शर्माले बताए। उनले सीमा रक्षाका लागि सबै उपाए अपनाउन सरकारसँग अनुरोध गरे।  ‘यस बारेमा भारतीय जनतालाई पनि नेपाली भूमि मिचिएको हो भनेर सूसुचित गराउनुपर्छ, सरकारले नोट जारी गरेर मात्रै पुग्दैन, सबै खाले उपाय अपनाउनुपर्छ,’ शर्माले भने। कतिपय सांसदले समस्यालाई अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्नेमा जोड दिएका थिए। 

बैठकमा समितिका अन्य सदस्यहरु प्रेम सुवाल, रामशाहप्रसाद यादव, लक्ष्मीकुमारी चौधरीले नेपालको भूमि जोगाउन जस्तोसुकै परिस्थिति आए पनि सामनाका लागि सरकारको साथ रहने भन्दै ठोस कदम उठाउन आग्रह गरेका थिए। गत कात्तिक १८ मा  लिम्पियाधुरा, लिपुलेकलाई समाहित गरेर भारतले एकतर्फी रुपमा राजनीतिक नक्सा जारी गरेको थियो । त्यसको २३ गते बसेको बैठकमा सीमाको विषयमा संयुक्त राजनीतिक सहमति जुटेको थियो । त्यसपछि सचिवस्तरीय बैठक बसेर पहल गर्ने भनिए पनि हुन सकेको थिएन । अहिले फेरि सडक निर्माण गरेर सीमा समस्या थप पेचिलो बन्न पुगेको छ ।

भारतसँग जोडिएका २६ मध्ये २३ जिल्लामा सीमा अतिक्रमण भएको जनाइएको छ । सन् १८१६ मार्च ५ को सुगौली सन्धिको धारा ५ मा लिम्पियाधुराभन्दा पूर्वको भूभाग नेपालको हो भनेर लेखिएको सबैभन्दा ठूलो प्रमाण छ । नेपालको ४७२ वर्गकिलोमिटर भूभाग हडप्ने खालको स्थिति सह्य हुन नसक्ने नेकपाका सांसद नवराज सिलवाल बताउँछन्।

सन् २०१४ को अगस्त ४ मा भारतका प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा भएको ३५ बुँदे सहमतिको १२औँ बुँदामा कालापानी र सुस्ताको विषय विवादित भएको भनेर भारतले स्वीकार गरिसकेको अवस्थामा २०१५ को मे १५ मा भारत र चीनबीच उक्त सडक निर्माणको सम्झौता भएको थियो । त्यसको विरुद्धमा नेपालले आफ्नो कूटनीतिक नोट पठाएर आपत्ति जनाइसकेको थियो । तर पनि भारतले सीमा अतिक्रमण रोकेको थिएन भने नेपालबाट थप कूटनीतिक प्रयास कमजोर भएको देखिन्छ । –नारायण ढुङ्गाना/ रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x