पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
बैशाख ३०, २०७७
संसद बैठकमा भारत लगायत विदेशी भूमिमा अलपत्र नेपाली कामदारको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सत्तारुढ र विपक्षी सांसदहरूले विदेशमा अलपत्र नेपाली कामदारको उद्धारका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाली कांग्रेसकी सांसद डा. डीला संग्रौला पन्तले वैदेशिक रोजगारीमा गएर विदेशमा अलपत्र नेपाली कामदारलाई विशेष विमान पठाएर भएपनि उद्धार गर्न माग गरिन् । उनले भारतमा काम गरेर नेपालको सीमामा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गरेर क्वारेन्टाइनमा राख्न माग गरिन् ।
‘रोजगारी गुमाएर विदेशी भूमिमा अलपत्र नेपाली कामदारलाई विशेष विमान पठाएर उद्धार गर्नुपर्छ । भारतका विभिन्न ठाउँबाट आएर नेपाली सीमामा रहेका लपत्र नेपालीलाई तत्काल उद्धार गरेर क्वारेन्टाइनमा राख्ने प्रबन्ध गर्नुपर्छ,’ उनले भनिन् ।
नेकपाकी सांसद एवं संसदको अन्तर्राष्टिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले कोरोना समस्याका कारण विदेशमा समस्यामा परेकालाई नेपाल फर्काउन सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।
नेकपाकै निरुदेवी पालले कोरोनका कारण अलपत्र र कष्टकर जीवन बिताइरहेकालाई स्वदेश फिर्ता ल्याउन गृहकार्य थाल्न सरकारसँग आग्रह गरिन् ।
नेकपाका दीपकप्रकाश भट्टले कामका लागि भारत गएका लाखौं नेपालीहरू संकटपूर्ण अवस्थामा रहेकाले उनीहरूको उद्धार गर्नुपर्ने बताए । भारतका विभिन्न प्रदेशले नेपाली सीमा क्षेत्रमा ल्याएर वनवासा र टनकपुर क्षेत्रमा अलपत्र अवस्थामा रहेका जानकारी गराए ।
कांग्रेसका तेजुलाल चौधरीले सीमामा बिचल्लीमा परेका श्रमिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए । ‘मालिकको सरकार भन्छ – उतै बस, भाग्य भए त्यसै बाँच, नभए त्यतै मर । श्रमिकको बिचल्ली भएको सरकारले देख्दैन ?’
नेकपाका दलबहादुर रानाले विदेशमा अलपत्र नागरिकलाई उद्धार गर्नुपर्ने अवस्था आउनसक्ने बताए । नेकपाकै दामोदर भण्डारीले भारतमा अलपत्र नेपालीलाई यथाशीघ्र उद्धार गरेर क्वारेन्टाइनमा राख्न माग गरे ।
राजपाका प्रमोद शाहले विदेशमा अलपत्र नागरिकलाई उद्धार गर्नुपर्नेमा सरकार स्वास्थ्य उपकरण खरिदमा समेत भ्रष्टाचार गर्न उद्यत रहेको आरोप लगाए ।
संसद बैठकको शून्य समयमा सांसदहरूले उठाएको विषयमा सभामुख अग्नि सापकोटाले गम्भीर ध्यानाकर्षण भएको भन्दै जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...