×

NMB BANK
NIC ASIA

कोरोना महामारीमा सरकारी लाचारी : न वैध नाकाबाट उद्धार, न अवैध आवतजावतमा कडाइ

बैशाख ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतका विभिन्न शहरमा मजदुरी गर्ने नेपाली वैधानिक रुपमा प्रवेश नपाएपछि लुकीछिपी नेपाल आएका छन् ।

Muktinath Bank

नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने २ देशका नागरिकलाई जहाँको त्यहीँ राख्ने सहमति भएपनि सीमा क्षेत्रमा खटिएका भारतीय सुरक्षाकर्मीले नेपालीलाई निर्वाध रुपमा पठाउने गरेको पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसले गर्दा सीमावर्ती जिल्लाका जंगल, खेत र झाँडी हुँदै नेपालीहरू नेपाल प्रवेश गरिरहेका छन् । नेपाली प्रशासनले समेत लुकीछिपी आउनेलाई रोक्न सकेको छैन ।


Advertisment
Nabil box
Kumari

लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम ५ नम्बर प्रदेशसँग जोडिएका ६ जिल्लामा अझै बढी छ । जसले गर्दा तराई क्षेत्र कोरोना भाइरसको उच्च जोखिम अर्थात् ‘हट स्पट’ बन्ने खतरा देखिएको छ । देशभर संक्रमितको संख्या १९१ पुग्दा ५ नम्बर प्रदेशमा ७० जना संक्रमित छन् । जुन देशभरका कूल संक्रमितको एकतिहाइभन्दा बढी हो । बाँके २४, कपिलवस्तु २९, रुपन्देही १६ र बर्दियामा १ जना संक्रमित छन् ।

Vianet communication
Laxmi Bank

रुपन्देहीका संक्रमित मुम्बई र दिल्लीबाट आएका

मुम्बई र दिल्लीबाट आएका रुपन्देहीको सम्मरीमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका संक्रमण पुष्टि भएका ६ युवाहरू मुम्बई र दिल्लीबाट आएको खुलेको छ । संक्रमित ६ जनामध्ये ५ जना सम्मरीमाई गाउँपालिका १ नम्बर वडाका र २ जना ४ नम्बर वडाका हुन् । लुम्बिनी सांस्कृतिक नगरपालिकाका २ जना हुन् । 

रुपन्देहीका प्रहरी प्रमुख हेम थापाले संक्रमित युवा ५ दिन अगाडि भारतको मुम्बईबाट आएका बताए । उनले भने, ‘भारतमा लकडाउन खुकुलो भएसँगै उनीहरू गाडी, ट्रक हुँदै सीमाना आएर नेपाल प्रवेश गरेका हुन् । उनीहरूलाई स्थानीय प्रशासन र उनीहरूलाई समातेर क्वारेन्टाइनमा राखेका थिए ।’

सीमानाकामा ठूलो मात्रामा नेपाली पुगेका छन् । प्रहरी प्रशासनले सीमामा कडाइ गरेको बताएपनि नेपाल छिर्ने क्रम बढ्दै गएको छ । रुपन्देहीको कोटहीमाईका १ युवामा पनि १ हप्ताअघि कोरोना पुष्टि भइसकेको छ । दिल्लीबाट आएका उनी पनि लुकीछिपी नेपाल प्रवेश गरेका थिए ।

कपिलवस्तुका संक्रमित महाराष्ट्रबाट आएका

कपिलवस्तुमा पछिल्लो पटक संक्रमण पुष्टि भएका युवा भारतको महाराष्ट्रबाट आएका खुलेको छ । भारतको सबैभन्दा बढी कोरोना संक्रमण भएको प्रान्त महाराष्ट्र हो । कपिलवस्तु प्रहरी प्रमुख दिपशम्शेर राणाले सोमवार साँझ पत्ता लागेका सबै युवाहरू महाराष्ट्रबाट आएकाहरू रहेको बताए । ‘सोमवार थप भएका संक्रमित कपिलवस्तुको यशोधराका गाउँपालिका वडा नम्बर ८ र बुद्धभूमि नगरपालिका वडा नम्बर ७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुष हुन् । उनीहरू भारतबाट लुकेर जिल्ला छिरेका हुन् ।’

कपिलवस्तुमा धमाधम बिरामी भेटिएपछि सोमवार साँझदेखि जिल्ला शिल गरिएको छ । सोमवार बिहान १० जना संक्रमण पुष्टि भएका पनि भारतबाट आएका युवाहरू थिए । 

क्वारेन्टाइन व्यवस्थापनमा स्थानीयको अवरोध 

स्थानीय तहमा कोरोनाको त्रासले स्थानीयले क्वारेन्टाइन सञ्चालनमा समेत अवरोध गर्न थालेका छन् । रुपन्देहीको मायादेवी गाउपालिमा भारतबाट आएकालाई नजिकै राख्दा कोरोना सर्नसक्ने भन्दै मायादेवी गाउँपालिका ३ नम्बर वडाको बरेवा माविमा क्वारेन्टाइन सञ्चालनमा स्थानीयले अवरोध गरेको गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरीले बताए ।

अध्यक्ष चौधरीका अनुसार लकडाउनकै समयमा भारतबाट आएका ७२ जनालाई १ नम्बर वडास्थित जनजागृति विद्यालयमा व्यवस्थापन गरिएको थियो । उनीहरूमध्ये १० जनालाई अन्य सथानमा व्यवस्थापन गर्ने गरी वरेवा माविलाई क्वारेन्टाइन बनाउने योजनामा गाउँपालिका लागेको थियो । ५० जना क्षमता भएको जनजागृति विद्यालयमा अहिले ७२ जना राखिएको छ । बाँकीको व्यवस्थापन गर्न वरेवा माविलाई क्वारेन्टाइन बनाउन पहल भइरहेको अवस्थामा केही व्यतिmले राजनीति गरेर स्थानीयलाई उक्साएको अध्यक्ष चौधरीले गुनासो गरे ।

भारतले विना रोकतोक नेपाली पठाउँदै

भारतीय सुरक्षाकर्मीले विना रोकतोक नेपालीलाई पठाउँदा पश्चिम नवलपरासीमा कोरोना जोखिम बढेको छ । भारतीय सुरक्षाकर्मीले धमाधम नेपाल पठाउन थालेपछि हप्तादिनको अवधिमा क्वारेन्टाइनमा बस्नेको संख्या दोब्बरले वृद्धि भएको छ । भारतीय सुरक्षाकर्मीले निर्वाध नेपाल पठाउने गरेका कारण समस्या उत्पन्न भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए ।

सोमवार मात्रै नवलपरारीको सीमा क्षेत्रका दशगजामा १०० भन्दा बढी नेपाली अलपत्र परेर बसेको उनले बताए । रुपन्देहीमा १ हजार र कपिलस्तुमा ४ हजार नेपाली विभिन्न नाकामा अलपत्र छन् ।

नेपालबाट भारत जान खोज्ने र भारतबाट नेपाल आउन खोज्नेलाई भारत सरकारले मजदुरका लागि ट्रेन (रेल) सञ्चालन गरेको छ । त्यहाँबाट नेपाली सीमासम्म डिपो गाडी (सरकारी बस) सञ्चालन गरेको छ । त्यसले गर्दा नेपाली धमाधम घर फर्कन थालेका छन् । 

सोमवार दिउँसो करीब १ बजेतिर ३०० बढी नेपाली सीमा नाका बेलहिया प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मी केही समय तनावमा परेका थिए । भारतीय सुरक्षाकर्मीले समन्वय गरेर भारततर्फ नै फर्काउन सहमत भएपछि सहज भएको थियो । भारतका विभिन्न स्थानबाट आएका नेपालीलाई भारतीय प्रहरीले तापक्रम नापेर नेपालबाट फर्किएका खाली ट्रकमा लोड गरेर क्वारेन्टाइनमा फर्काएको छ ।

भारतको गाजियावादबाट आएकी धादिङकी ६ महिनाकी सुत्केरी मिना तामाङले दुःखेसो पोख्दै भनिन्, ‘भारतका प्रधामन्त्री नरेन्द्र मोदीले आफ्ना नागरिकलाई स्वदेश ल्याएझै हामी पनि सिमानासम्म पुगे । सरकारले हामीलाई घरसम्म पुग्न गाडीको व्यवस्था गर्ला भनेर खुशी भएका थियौं तर यहाँ त ट्रकमै कोचेर भारततर्फ नै फर्काइदियो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x