कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बैशाख ३०, २०७७
नेपालमा पछिल्लो एक हप्तामा कोभिड १९ संक्रमितको संख्या दोब्बर भएको छ । वैशाख २४ मा संक्रमितको संख्या ९९ रहेकोमा ६ दिनमै उक्त संख्या दोब्बर अर्थात् १९१ पुगेको छ ।
गत वैशाख २३ गतेसम्म संक्रमितको संख्या ८२ मा सिमित रहेको थियो । त्यसको भोलिपल्टै अर्थात् २४ गते एकैदिन १७ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या ९९ पुगेको थियो ।
नेपालमा कोभिड १९ को संक्रमण पहिलोपल्ट माघ १० गते पुष्टि भएको थियो । कोरोनाको उद्गमस्थल मानिएको चीनको वुहानबाट आएका एक युवामा संक्रमण पुष्टि भएको २ महिनामा दोस्रो संक्रमण देखिएको थियो ।
फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक युवतीमा कोरोनाको दोस्रो संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि पनि संक्रमितको दर बढेको थिएन । गत वैशाख २५ गते नेपालमा संक्रमितको संख्या १ सय नाघेको थियो ।
कुन जिल्लामा कति ?
हालसम्म कोरोनाको सबैभन्दा बढी संक्रमण पर्सा जिल्लामा देखिएको छ । पर्सामा मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकैदिन ३९ जनामा संक्रमण भएको पुष्टि गरेको छ । यससँगै पर्सा जिल्लामा संक्रमितको संख्या ६४ पुगेको छ ।
त्यस्तै उदयपुरमा ३२ जना संक्रमित देखिएका छन् भने कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै अन्य १४ जिल्लामा कूल २६ जना संक्रमित रहेका छन् । तीमध्ये कैलालीमा ४, काठमाडौँमा, रौतहट र बारामा ३/३, बाग्लुङ, चितवन र झापामा २/२ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
बाँकी ८ जिल्लामा १/१ का दरले संक्रमण देखिएको छ ।
हालसम्म १ सय ५८ पुरुषमा संक्रमण देखिएको छ भने संक्रमित महिलाको संख्या जम्मा ३३ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पीसीआर प्रविधिबाट हालसम्म १८ हजार ९६४ जनाको र आरडीटी प्रविधिबाट ५९ हजार ६२७ नमूनाको परीक्षण भएको जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणको संख्या २२ सय ३६ रहेको छ ।
सरकारले प्रदेश र स्थानीय तहको समन्वयमा बढी संक्रमण देखिएका ५ वटा जिल्लाहरू ‘सील’ गर्ने निर्णय गरेको छ ।
विज्ञ डाक्टर भन्छन् - स्थानीय संक्रमण न्यून छ, भारतबाट संक्रमित भित्रिन दिनुभएन
जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डेले अहिले देखिएका संक्रमित सबै भारतबाट आएका हुनाले नेपालभित्रै स्थानीय स्तरमा एकले अर्कालाई गराउन सक्ने संक्रमणको दर अत्यन्त न्यून रहेको प्रतिक्रिया दिए ।
‘स्थानीय स्तरमै संक्रमण एकबाट अर्कोमा सरेर ६ दिनमै दोब्बर भएको भए त्यो खतराको संकेत हुनेथियो,’ डाक्टर पाण्डेले लोकान्तरलाई भने, ‘अहिले फेला परेका संक्रमितहरू सबै भारतबाट आएका हुन् । यदि सीमामा थप कडाइ गर्न सकियो र लुकीछिपी नेपाल आउनेहरूलाई रोक्न सकियो भने नेपालको स्थिति अझै पनि भयावह हुने देखिन्न ।’
उनले सीमा पारी रहेका नेपाली नागरिकलाई भारतले व्यवस्थापन गर्ने र सीमावारी रहेका भारतीय नागरिकलाई नेपालले व्यवस्थापन गर्ने हो र आवतजावत पूर्ण रूपमा ठप्प बनाउन सक्नुपर्ने बताए ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...