×

NMB BANK
NIC ASIA

पर्साका १४ मजदुरमा बागलुङमै कोरोना सर्‍यो ? उच्च सतर्कतासहित ‘कन्ट्याक्ट ट्रेसिङ’

बैशाख ३१, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

बागलुङको गलकोटमा कार्यरत मजदुरमध्ये १४ जनामा पर्सा पुगेपछि कोरोना संक्रमित देखिएकाले गलकोटमा उच्च सतर्कता अपनाइएको छ । 

Sagarmatha Cement
Muktinath Bank

कोरोना संक्रमण पुष्टि भएपछि बुधवार बसेको विपद् व्यवस्थापन समितिको बैठकले नाकामा कडाइ गर्ने तथा कन्ट्याक्ट ट्रेसिङ तत्काल लिने निर्णय गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सदरमुकामदेखि गाडीमा २ घण्टा पश्चिममा पर्ने गलकोट बागलुङको तेस्रो ठूलो व्यापारिक केन्द्र मानिन्छ । पर्सा लगायत जिल्लाका मानिसहरू गलकोटमा मजदुरी गर्दै आएका थिए । कार्यरत मजदुरले लामो समयको लकडाउनले आफूहरूलाई समस्या परेको भन्दै नगरपालिकासमक्ष बिन्ती बिसाएपछि नगरपालिकाले वैशाख ११ गते २ वटा गाडी बस्तोबस्त गरी उद्धार गरेर पर्सा पठाएको थियो ।


Advertisment
Nabil box
Kumari

नवराज रेग्मी चालक रहेको बा३ख ९३०९ र ईश्वर क्षेत्री चालक रहेको बा४ख ५७९० नम्बरका २ वटा बसमा ७९ जना व्यक्तिलाई चढाएर पठाइएको थियो । जसमध्ये बा३ख ९३०९ नम्बरको गाडीमा ३९ जना र अर्कोमा ४० जना थिए । कोरोना संक्रमित भेटिएका १४ जना बाँडिएर दुवै गाडीमा रहेको हुँदा को कुन गाडीमा थिए भन्ने यकिन हुन सकेको छैन । 

Vianet communication
Laxmi Bank

विपत व्यवस्थापन समितिको बैठकपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले लोकान्तरसँग टेलिफोनमा भने, ‘यहाँ कार्यरत मजदुर पर्सामा संक्रमित देखिएपछि उच्च सतर्कता अपनाउने, नाकामा कडाइ गर्ने र ती मजदुरको सम्पर्कमा आएकाहरूको तत्काल पहिचान गरिने भएको छ ।’

पौडेलका अनुसार ती मजदुरमध्ये केही निर्माणाधीन हरिचौर स्वास्थ्य चौकीमा कार्यरत थिए । केही फर्निचर उद्योग, ग्यारेज, सडक लगायतमा कार्यरत थिए भने कोही चना–चटपट बेच्थे । उनीहरू वैशाख ११ गते साँझ हटियाबाट गाडी चढेर पोखरा हुँदै पर्सातर्फ लागेका थिए । पर्साको छिपहरमाई नगरपालिकाका मात्रै २९ जना थिए । त्यसबाहेक रौतहट र बारा जिल्लाका पनि थिए । 

ती मजदुर बागलुङमै रहँदा संक्रमित थिए वा पर्सामा संक्रमित भए भन्नेबारे यकिन हुन सकेको छैन । बुधवारको बैठकमा सहभागीमध्ये अधिकांशले उनीहरू (मजदुर) गलकोटमा रहँदा शारीरिक स्वास्थ्य अवस्था सामान्य रहेको हुँदा यहाँ संक्रमित हुने सम्भावना नरहेको तर्क गरेका थिए ।

यसैबीच, बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले बागलुङमा यसअघि पनि २ जनामा कोरोना संक्रमण देखिएपछि उच्च सतर्कता अपनाउँदै आएकोमा पछिल्लो केसले ध्यानाकर्षण भएको बताए । उनले सम्बन्धित गलकोट नगरपालिकामा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको बताए । 

बागलुङबाट पर्सा हिँडेका उनीहरूलाई भने पोखरा आएपछि कास्की प्रशासनले रोकेको थियो । एक रात पोखरामै गाडीमा बिताएका उनीहरू बाटोमा अलपत्र परेपछि सम्बन्धित छिपहरमाई गाउँपालिका अध्यक्षसँग टेलिफोन कुराकानीमा क्वारेन्टाइन व्यवस्था भए पठाउने भनिएपछि कास्कीले अनुमति दिएको थियो ।

बागलुङबाट हिँडेको तेस्रो दिन वैशाख १३ गते मात्र उनीहरू पर्सा पुगेका थिए । पर्साको मंगल माविमा निर्माण गरिएको क्वारेन्टाइनमा मजदुरलाई राखिएको थियो । निर्माणको काममा रहेका बेला मजदुरहरू विभिन्न समूहमा रहेकाले समुदायको सम्पर्कमा नआएको र निकै कम व्यक्तिसँग मात्र सम्पर्क हुनसक्ने गलकोट नगरपालिकाको दाबी छ । 

पर्साको छिपहरमाई गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ६२ मध्ये १४ जनामा मंगलवार कोरोना संक्रमण पुष्टि भएको थियो । क्वारेन्टाइनमा राख्ने बेला नै १ जनामा उच्च ज्वरो देखिएकाले सम्बन्धित गाउँपालिका अध्यक्षकै पहलमा विशेष निगरानीमा क्वारेन्टाइन राखिएको थियो ।

गण्डकी प्रदेशअन्तर्गत बागलुङमै २ जनामा कोरोना संक्रमण देखिएकोमा उनीहरू दुवै जना निको भइ घर फर्किसकेका छन् । प्रदेश राजधानी पोखरा भने कोरोना संक्रमणबाट हालसम्म जोगिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x