×

NMB BANK
NIC ASIA

पछिल्लो समय विश्वभर फैलिएको नोबेल कोरोना भाइरसको असरले गर्दा नेपालभित्र जनमानसमा त्रास सिर्जना भएको छ । विश्व स्वास्थ्य संगठनले विश्वभर हालसम्म ४२ लाख ७० हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण भएको र २ लाख ९१ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको तथ्यांक सार्वजनिक गरेको छ भने नेपालमा पनि २१७ जना कोरोना संक्रमित भइसकेका छन् ।

Muktinath Bank

कोरोना भाइरसबाट हामी आफू मात्र बच्नु पनि ठूलो युद्ध जित्नु भएको छ । यसबाट बच्न र बचाउन बन्दाबन्दी एवं सामाजिक दूरी लगायतका अभ्यासलाई विश्वका विभिन्न राष्ट्रले कार्यान्वयन गरिरहँदा महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना भने बढिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरेलु हिंसा हुने प्रमुख थलो घर भएको हुँदा हिंसाका शिकार महिलाले हाल घरको चौघेरामा तिनै पीडकका समिपमा दिनरात बिताउनुपरेको छ । एकातिर साँझबिहानको छाक टार्ने समस्या, अर्कोतिर श्रीमान तथा परिवारबाट मानसिक यातना ! बेरोजगारीको कारण देखाई राहतका पोकाहरू लिन महिलालाई अघि सार्ने र त्यही राहत पनि श्रीमानले बेचेर मदिरा सेवन गर्नेसम्मका हर्कतका कारण छोराछोरीको पेट भर्न पनि नपाउँदा कतिपय आमाहरू तड्पिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

महिलामाथि हिंसा गर्ने पुरुषले सामान्य परिस्थितिमा महिलामाथि नियन्त्रण कायम गर्न र आफूले गरेको हिंसालाई बाहिर आउन नदिन उसलाई उसका आफन्त, साथीसंगी र छरछिमेकबाट अलग्याउने त गरेकै थिए तर अहिले आएर सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यताले पीडक पुरुषलाई बरदानै सावित भएको छ ।

Vianet communication
Laxmi Bank

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोभिड १९ को महामारीसँगै चीन, बेलायत र अमेरिकामा महिलाविरुद्ध हिंसाका घटना निरन्तर वृद्धि भएका छन् । संयुक्त राष्ट्रसंघको महिलासम्बन्धी कार्यक्रम (यूएन वुमन) को एउटा प्रतिवेदन अनुसार लकडाउनपछि महिला हिंसा सम्बन्धी घटनामा ३० प्रतिशत वृद्धि भएको छ । साइप्रस र सिंगापुरमा हिंसापीडित महिलालाई सहयोग गर्ने हेल्पलाइनमा फोन गर्नेहरूको संख्यामा क्रमशः ३० र ३३ प्रतिशत वृद्धि भएको छ । प्रतिवेदनले अमेरिका, क्यानडा, जर्मनी र स्पेन लगायतका मुलुकमा घरेलु हिंसाका घटनाबाट पीडित भई आपतकालीन रुपमा महिला आश्रममा फोन गर्नेहरूको संख्या ह्वात्तै बढेर गएको देखाएको छ ।

नेपालमा महिला पुनःस्थापना केन्द्र (ओरेक) का अनुसार बन्दाबन्दीमा महिलामाथि सबैभन्दा बढी घरेलु हिंसा भएको पाइएको छ । जसअनुसार बन्दाबन्दीको समयमा २४ वटा जिल्लामा २३१ वटा महिला तथा बालबालिकामाथि विभिन्न प्रकारका हिंसा भएको पाइएको छ । यस हप्तामा मात्र ५५ वटा महिला तथा बालिकामाथि भएको हिंसाका घटना अभिलेखीकरण भएका छन् । जसमा १३३ वटा घरेलु हिंसा, २१ वटा सामाजिक हिंसा, ३४ वटा बलात्कार र ७ वटा बलात्कारको प्रयास, २ वटा हत्या, २ वटा हत्याको प्रयास, २ वटा आमहत्याको प्रयास, १० वटा यौन दुर्व्यवहारका घटना, १४ वटा आत्महत्या, ४ वटा साइबर अपराधसँग सम्बन्धित घटना छन् ।

हिंसा गर्ने व्यक्ति सबैभन्दा बढी १०५ जना श्रीमान र ४५ जना परिवारका सदस्य, ४६ जना छिमेकी, १२ जना प्रेमी ठानिएका व्यक्ति, ५ जना साथी, ४ जना घरधनी रहेका छन् भने २५ जना पीडकको पहिचान खुल्न बाँकी रहेको छ ।

यस अवधिमा भएका ३४ वटा बलात्कारका घटनामध्ये २ वटा सामूहिक बलात्कारका रहेका छन्, यस घटनामा २ जना प्रेमी ठानिएका व्यक्ति र उसका ११ जना साथी संलग्न रहेकोे पाइएको छ । एउटा वैवाहिक बलात्कारको घटना रहेको छ । २४ वटा छिमेकीबाट, २ घटना आफ्नै बुबाबाट, एउटा दाजुबाट, १ वटा परिवारको सदस्यबाट र ३ पहिचान नखुलेको व्यक्तिबाट भएको पाइएको छ ।

अभिलेखन गरिएका घटनालाई उमेर समूहको आधारमा हेर्दा १७ देखि २५ वर्ष उमेर समूहका ७७ जना महिला हिंसाबाट पीडित भएको पाइएको छ । यसैगरी २६ देखि ३५ वर्ष उमेर समूहका ६२ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका ३३ जना, ४६ वर्षभन्दा माथि उमेर समूहका २० जना महिला र १६ वर्षभन्दा कम उमेरका ३२ जना बालिका विभिन्न प्रकारका हिंसाबाट प्रभावित भएका छन् भने उमेर समूह थाहा नभएका ७ जना रहेका छन् ।

लकडाउनका बेलामा समग्र घटनामा ९० प्रतिशत कमी आउँदा पनि महिला तथा बालबालिका भने घरभित्रै असुरक्षित भएका घटनाका समाचार सार्वजनिक भएका छन् । हिंसा सहन नसकी चिच्चाउँदै घर बाहिर जाउँ कोरोनाको डर, कसैले कसैको गुनासो सुनिदिने अवस्था छैन । घरभित्र बस्दा आफ्नै परिवारबाट हिंसामा पर्नुपरेको छ । सामान्य अवस्थाभन्दा लकडाउनको अवस्थामा बलात्कारका घटनामा कमी नहुनु, भएका घटना पनि जन्मदिने बुवासहित आफन्त र छिमेकीबाट भएको सुन्दा महिलाले सुरक्षा खोज्न कहाँ जाने भन्ने प्रश्न उठेको छ । आफ्नो बुवाको काख पनि छोरीको लागि सुरक्षित भएन भने कसले दिन्छ छोरीलाई सुरक्षा ? कसले दिन्छ माया ममता ? बुवाको त गिद्धेनजर छोरीमाथि पर्छ भने अरुको के कुरा गर्नु ! तर विडम्बना ती निर्दयी बुवाको इज्जतका लागि छोरीले मुख खोलेर बाहिर भन्दैनन्, पीडा सहेर बस्न बाध्य हुन्छन्, अझ अहिले त दिनरात तिनै पीडकका साथमा बिताउनुपर्दाको अवस्था कल्पनासम्म पनि गर्न सकिँदैन । परिवारभित्रका घटना प्रायः गुपचुपमै राखिन्छन् । इज्जतका लागि छोरीले वर्षाैंदेखि पिडा सहने र श्रीमतीले श्रीमानको पीडा ढाकछोप गरिराखेका घटना समाजमा प्रशस्त देख्न पाइन्छ । 

यी दर्ता भएका घटना त प्रतिनिधि घटना मात्र हुन सक्छन् । महिला हिंसाका धेरै प्रकार, तह र सीमा हुन्छन् र यो महिलापिच्छे फरक हुने हुँदा महिला आफैंले किटान गर्न सक्दैनन् कि कुन तहसम्मको अशिष्ट व्यवहारलाई हिंसा मान्ने ? हाम्रो सामाजिक मानसिकताले पीडितले उजुरी गरिहालेपनि महिलालाई दोषी ठहर गर्छ र उसलाई उत्ताउली, नक्कली भनेर लाञ्छना लगाउँछ, महिलाले घर परिवारमा आफू हिंसामा परेको दुःखेसो सुनाइन् भने उनको आफ्नै व्यवहारमा प्रश्न उठाइन्छ । महिलाको अस्तित्व उसको लक्ष्य वा सफलताभन्दा पनि इज्जतसँग जोडिएको हुँदा उनीहरू मुख खोल्न डराउँछन् र नचाहेर हिंसा सहन बाध्य हुन्छन । जसका कारण बाहिर नआएका हुन सक्छन । सामाजिक अवहेलना र बेइज्जतीको डरले धेरै घटना गुपचुपमै सीमित हुने गरेका कारण हिंसा गर्नेको मनोबल बढिरहेको छ ।

त्यसो त संविधान र कानूनले महिलाका हकहितका विषयमा व्यवस्था नगरेको होइन, प्रशस्त छन् व्यवस्था तथापि आज पनि समाजमा हुने विभिन्न खालका अपराध र घरेलु हिंसाविरुद्ध महिलाले प्रतिवाद गर्ने र कानूनी उपचारका लागि सम्बन्धित निकायसम्म पुग्न सक्ने अवस्था  छैन । कानूनको जानकारीको अभाव, शिक्षा चेतनाको कमी र स्थानीयस्तरमा उजुरी सुन्ने निकायको अनुपस्थितिले गर्दा घरेलु हिंसालाई बढावा दिइरहेको छ । अर्कोतर्फ हाम्रो समाजको सम्पूर्ण संरचना नै पुरुषवादी छ । उजुरी सुन्ने निकाय, स्थानीय बुद्धिजीवी, न्यायालय आदि सबैतिर रहेको पुरुषहरूको पहुँच र महिलामाथिको हेपाहा प्रवृत्ति घरेलु हिंसाको कारकको रुपमा रहेका छन् ।

विश्व महामारीको अवस्थाबाट गुज्रिएको अवस्थामा सबैको ध्यान कसरी महामारीबाट बच्ने र बचाउने भनेर केन्द्रित हुनु स्वाभाविक हो । महामारीको अवस्थामा घरभित्र बस्नुको विकल्प पनि छैन । सबैले ज्यान जोगाउन स्वास्थ्य सम्बन्धी मार्गनिर्देशन पालना गर्नु त आवश्यक छ नै तथापि सरकारले एवं महिला हकअधिकारका क्षेत्रमा काम गर्नेहरूले सामाजिक दूरी कायम गर्दै यस विषम परिस्थितिमा आवाजविहीनको आवाज बन्दै महिलाविरुद्ध हिंसा रोकथाम गर्न र पीडितको आधारभूत अधिकार सुरक्षा गर्नु जरुरी छ । 

प्रत्येक स्थानीय तहमा महिला तथा बालिकाले आफूमाथि भएको हिंसाको उजुरी गर्नका लागि सहज वातावरणको सिर्जना गर्नु जरुरी छ । महिला तथा बालिकामाथि क्वारेन्टाइन स्थलमा हुनसक्ने सम्भावित हिंसा तथा जोखिमलाई मध्यनजर गर्दै महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टाइन स्थलको व्यवस्था गर्नुपर्ने तथा बढी प्रभावित क्षेत्रमा मनोपरामर्श सेवा प्रवाह गर्नु जरुरी दखिन्छ ।

महिलामा देखिएका हिंसाका प्रकृति, प्रभाव, न्यूनीकरणका उपाय र कानूनी व्यवस्थामा गरिनुपर्ने सुधार सम्बन्धमा विशेष ध्यान दिनु आवश्यक छ । अझ पीडकलाई दण्ड सजायको कडा व्यवस्था गर्ने, पीडितलाई सुरक्षा, राहत र पुनःस्थापना सहितको न्याय प्रदान गर्ने गरी कानूनी व्यवस्थामा सुधार गरिनुपर्दछ । उजुरी सुन्ने निकायहरू स्थानीयस्तरमै उपलब्ध हुने व्यवस्था मिलाउन समेत राज्यले ध्यान दिनुपर्दछ । यसो गर्न सकिएमा महिलामाथिको घरेलु हिंसा न्यूनीकरणमा सफलता प्राप्त भई हिंसारहित, सभ्य र शिक्षित समाज निर्माण गर्न सकिने छ ।

समानता तथा आत्मसम्मानका साथ बाँच्न पाउनु व्यक्तिको नैसर्गिक अधिकार हो । कुनै पनि बहानाबाजी, कारण, अवस्था वा परिस्थितिले पनि सो अधिकार हनन् हुनु हुँदैन । घर, पति र बाबु जसबाट जहाँ आफू बढी सुरक्षित अनुभूति गर्दछन्, सोही ठाउँमा र व्यक्तिबाट हिंसा पीडित हुनु अझ बढी डरलाग्दो अवस्था हो । यस्तो लोग्ने वा बुवा पीडक भएकै आधारमा कसूर लुकाउनु वा सजाय घटाउँदा न्यायोचित नहुनुका साथै घरेलु हिंसा नियन्त्रण र रोकथाममा बाधक समेत हुन्छ । 

बलात्कार लगायतका महिला तथा बालबालिका विरुद्धका जघन्य अपराधका घटनाको संख्यामा दिनानुदिन वृद्धि भइरहेको परिप्रेक्ष्यमा यस्ता घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान गरी पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक कानून एवं संयन्त्रको निर्माण तथा प्रभावकारी कार्यान्वयन जरुरी छ । 

कोभिड १९ को संक्रमणलाई ध्यानमा राख्दै यौनिक तथा लैंगिक विभेदमा आधारित हिंसाको प्रभावितलाई दिइने राहत र सुरक्षा सुनिश्चित गर्दै दण्डहीनताको अवस्था आउन नदिन आपतकालीन अवस्थामा यस्ता घटनालाई रोकथाम तथा सम्बोधन गर्न जिम्मेवार निकायबाट यस सवाललाई प्राथमिकतामा राखी विशेष व्यवस्था गर्नु आजको आवश्यकता हो । सरकारी तयारीमा कमी होला, आलोचना गर्ने ठाउँ होलान् तर संकटसँग जुध्न सरकार एक्लैले नसक्न पनि सक्छ । पीडक आफैं र समाज तथा सम्पूर्ण नागरिक तहबाट पनि आफूले सकेको पहल गरौं । आफू, आफ्नो परिवार र समुदायलाई हिंसामुक्त बनाउन सर्वप्रथम महिला स्वयं सचेत हुनु जरुरी छ । हिंसाविरुद्ध खबरदारी गरौं ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x