×

NMB BANK
NIC ASIA

नेपालमा कोरोना संक्रमण कस्तो प्रकृतीको छ ? यसो भन्छन् विज्ञ

जेठ २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा कोरोना संक्रमणलाई उमेर अनुसार हेर्ने हो भने बाँकी विश्वभन्दा फरक देखिन्छ । २४५ जना संक्रमित भएका व्यक्तिको उमेर समुह हेर्दा सबैभन्दा धेरै संक्रमित २० – २९ बर्षका ६५ जना युवामा देखिएको छ भने त्यसपछि क्रमशः ३० – ३९ बर्षका ५६ जना, ४० – ४९ बर्षका ३७ जना, १० – १९ बर्षका ३६ जना, ५० – ५९ बर्षका २३ जना, ६० – ६९ बर्षका १५ जना , ० – ९ बर्षका १० जना, ७० – ७९ बर्षका २ जना र ८० बर्षमाथिका १ जना व्यक्तिमा संक्रमण देखिएको छ ।
यसले निम्न लिखित संदेश दिएको छ –
१. नेपालमा कोरोना संक्रमण युवा तथा बयस्क उमेरमा धेरै देखिएको छ । त्यसपछि बालबालिका अनि मात्र जेष्ठ नागरिक देखिएको छ ।
२. भारत लगायत बिदेशमा काम गर्ने अधिकांश युवा तथा बयस्क उमेरका छन् ।
३. नेपालमा रहेका व्यक्तिहरु जो सक्रिय छन्, घरबाहिर निस्किएका छन्, उनीहरुमा संक्रमण देखिएको छ ।
४. घर बाहिर खेल्न जाने बालबालिकामा देखिएको छ ।
५. घरभित्र बस्ने तथा सचेतना अपनाउने जेष्ठ नागरिकमा संक्रमण निकै कम देखिएको छ ।
६. यो तथ्यांकले के देखाउंछ भने जोखिम उमेरका व्यक्तिमा संक्रमण निकै कम देखिएकोले सघन उपचार आबश्यक पर्ने तथा मृत्यु हुनेको संख्या निकै कम हुनेछ । युरोप, अमेरिका, बेलायत लगायत देशको अवस्था हेर्ने हो भने जेष्ठ नागरिकमा संक्रमण धेरै देखिएको छ । जसको कारण मृत्यु हुनेको संख्या धेरै छ ।
७. नेपालमा एल्डर होम अर्थात वृद्धाश्रममा बस्ने जेष्ठ नागरिकको संख्या निकै कम छ । कोरोना संक्रमण फैलिएको अवस्थामा छुट्टाछुट्टै घरमा बसेका जेष्ठ नागरिकलाई एकैपटक संक्रमण हुने तथा एक आपसमा सर्ने सम्भावना निकै कम छ । यसले मृत्युदर घटाउन ठूलो सहयोग गर्दछ ।
८. कोरोना संक्रमणको जोखिम बढेको यो समयमा बालबालिकालाई घरबाहिर जान दिनु हुँदैन । त्यस्तै युवा तथा बयस्क उमेरका व्यक्तिहरु पनि मलाइ के हुन्छ र ? भनेर मर्निंग वाक, इभिनिंग वाक, सपिंग, हावा खान निस्किने लगायतका बानी बदल्न जरुरी छ । यसो गर्यो भने संक्रमण सर्ने सम्भावना कम हुन्छ ।
..
कोरोना संक्रमण लागेका एका परिवारमा सबैलाई सरेको घटना बिरगंजको १७ सदस्यीय १ परिवारमा मात्र देखिएको छ । अन्य संक्रमितको हकमा एकै परिवारमा बस्ने १ जनालाई संक्रमण भएको तथा अरुलाई नसरेको, अर्को १ जनालाई मात्र सरेको .. यस्तै देखिएको छ । यसको अर्थ कोरोना संक्रमण १ जनालाई हुँदैमा परिवारका सबैलाई सर्दैन । संक्रमण सर्नको लागि ती परिवार कसरी बसेका छन् ? सुरक्षाको उपाय गरेका छन् कि छैनन् ? घरमा हावा तथा प्रकाशको ब्यबस्था कस्तो छ ? संक्रमितमा भाइरसको लोड कति छ ? खानपिन तथा सरसफाई कस्तो छ ? इम्युनिटी पावर कति छ ? लगायतका धेरै संयोग मिल्यो भने मात्र अरुमा संक्रमण सर्दछ ।
.
अहिलेसम्मको स्थितिमा हामीले डर मान्नुपर्ने अवस्था छैन । सिमाना शिल गर्ने तथा संक्रमित क्षेत्र शिल गर्ने हो भने कोरोना संक्रमण हाम्रो नियन्त्रण बाहिर गएको छैन ।

Muktinath Bank

जनस्वास्थ्व विज्ञ डा.रवीन्द्र पाण्डे


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x