कात्तिक २७, २०८०
तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...
बुटवल उप–महानगरपालिकाले कृषिकर्ममा युवालाई आकर्षित गर्नेगरी जग्गा भाडामा लिएर खेती गर्न चाहनेलाई अनुदान कार्यक्रम सञ्चालन गरेको छ । बुटवलले सञ्चालन गरेको कृषिमा प्रोत्साहन र प्रवद्र्धनको यो कार्यक्रमले युवालाई किसानमा आकर्षित गर्ने र व्यवसायिकरण गर्न मद्दत पुर्याएको छ ।
अहिले महामारीले कृषिकर्ममा धेरैको आकर्षण बढाइरहेका बेलामा बुटवलले अघिल्ला आर्थिक वर्षदेखि नै सहरीत्त कृषि प्रवद्र्धनका नमुना कार्यक्रम सञ्चालन गरिरहेको छ । उपमहानगरमा जनप्रतिनिधि निर्वाचित भएपछि सार्वजनिक जग्गाको खोजी तथा संरक्षण, जथाभावी प्लटिङ निषेध तथा जमिन बाँझो राख्न नपाइने जस्ता नियम बनाउँदै सहरी कृषिमा बुटवलले शुरू गरेको कामलाई मुलुकमै नमुना मानिएको छ ।
किसानका लागि समूह गठन, परिचालन, प्राविधिक सहयोगदेखि अनुदान हुँदै फसल धितो राखेर सुलभ ऋण दिनेसम्मका कामहरु भइरहेको बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । सहरी कृषिअन्तर्गतका कामको प्रतिफल देखिन थालेपछि किसानहरुमा हौसला बढ्दै गएको र सहरमा पनि जैविक उत्पादनको माग बढिरहेको बुटवलको तथ्यांकमा छ । कृषि कर्म गर्ने सोंचमा रहेका तर जमिन नभएकालाई जग्गा भाडामा लिएर खेती गर्नका लागि प्रोत्साहन अनुदानको व्यवस्था गरिएको बताउँदै प्रमुख सुवेदीले सहरका बस्ती बाहेकका क्षेत्रमा कृषि प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको बताए ।
कृषि व्यवसायको सम्मान र प्रोत्साहन गर्नुका साथै उत्पादनलाई बजारीकरण गर्नेसम्मका योजना बनाएर सहरी कृषिका कार्यक्रम सञ्चालन गरिएको छ । आफ्नै भूमिमा काम पाइदैन भन्दै युवाहरू विदेश पलायन हुनुपर्ने बाध्यतालाई बदल्नका लागि यसखालका कार्यक्रम प्रभावकारी हुने प्रमुख सुवेदीको विश्वास छ ।
बुटवल उप–महानगरपालिकाले आव ०७५/०७६ देखि नै बुटवलका बाझो जग्गा तथा खेती नगरिएका जग्गाको सदुपयोग गरी कृषि उपजको उत्पादकत्व बृद्धि गर्ने नौलो कार्यक्रम सञ्चालन गरेको थियो । यसखालको कार्यक्रमले स्वरोजगारको वातावरण सिर्जना गर्ने मात्र नभई सहरी कृषिलाई प्रवद्र्धन गरेर धेरै युवालाई आकर्षित गर्ने उप–महानगरको विश्वास छ ।
उत्पादनका आधारमा अनुदान दिनका लागि उप–महानगरका कृषि विकास शाखाका प्रमुख सन्तोष जिसीको नेतृत्वमा प्रस्तावित क्षेत्रको अनुगमन हुँदै आएको छ । गत वर्ष २५ जनाले जग्गा भाडामा लिएर खेती गरेका थिए । यो वर्ष लकडाउनको अवधिमा मात्रै १३ जनाले जग्गा भाडामा लिएर खेती गर्ने भन्दै सम्झौता गरिसकेको कृषि विकास शाखा प्रमुख जिसीले जानकारी दिए । अनुदान रकमका लागि तोकिएको जग्गामा तोकिएकै क्षेत्रफलमा कृषि बाली लगाएपछि मात्रै प्रोत्साहन अनुदान रकम उपलब्ध गराइएको जिसीको भनाइ छ ।
कम्तीमा चारदेखि २२ कट्टासम्म जग्गामा खेती गर्नेगरी सम्झौता भएको छ । प्रतिकट्टा एक हजार रुपैयाँका दरले भाडामा अनुदान दिइएको छ । अरुको जग्गा भाडामा लिएर खेती गरेका बुटवल–११ नहरपुरका किसान आत्मराम सापकोटाले लकडाउनकै अवधिमा झण्डै एक हजार क्वीन्टल टमाटर मात्रै बिक्री गरिसकेको बताए । सापकोटा त्यस टोलका नमुना किसानका रुपमा लिइन्छ । सापकोटाको खेतीबाट प्रभावित भएर अनुगमन तथा निरीक्षण गर्न नगर प्रमुख सुवेदी, प्रमुख प्रशासकीय अधिकृत शर्मा, वडाअध्यक्ष रामचन्द्र क्षेत्री र कृषि विकास शाखा प्रमुख जिसी आफैँ पुगेका थिए ।
सहरी तरकारी खेती प्रवद्र्धनका लागि किसानको उत्पादनलाई व्यवसायिक बनाउने गरि बुटवलले पहल गरिरहेको छ । सहरी क्षेत्रको कृषि उत्पादनको माग आपूर्तिको लागि सहर र वरपरका क्षेत्रमा कृषिलाई व्यवस्थित गर्दै सहरीमार्फत बजारीकरणका कामलाई अझ व्यवस्थित गरिने जिसीले बताए ।
खेतीयोग्य जमिनलाई बाँझो राख्न नदिने बरु थोरै भएपनि अनुदानको व्यवस्था गर्न थालिएपछि किसानहरुमा हौसलासमेत बढेको छ । बुटवलले शुरू गरेको किसानमैत्री कार्यक्रमले सम्बन्धित जग्गा धनी तथा उत्पादक दुवैलाई हौसला मिलेको वडा नं. १८ का कृषक रोमाकान्त खरालले बताए ।
ग्रीन हाउसमा सहयोग र जैविक मलमा प्रोत्साहन
जग्गा भाडामा लिएका किसानले मौसमी, बेमौसमी तरकारी खेती र मसला बाली लगाउँदै आएका छन् । जग्गा भएका ठाउँमा बेमौसमी तरकारीका रुपमा काँक्रा, करेला, सिमी, बोेडी, लौका, घिरौला, भान्टा, टमाटर, काउली, खुर्सानी, च्याउ खेतीजस्ता खेतीको प्रवद्र्धन गरिरहेको छ । ग्रीन हाउस निर्माण गरेर किसानलाई व्यवसायिक उत्पादनमा आकर्षित गरिएको बताउँदै उप–महानगरका प्रवक्ता रामप्रसाद रेग्मीले उत्पादन गरिएको तरकारीमा सकभर जैविक मलको प्रयोग गर्न लागाइएको बताए । आउँदो वर्ष अर्गानिक उत्पादन र जैविक मलमा समेत थप अनुदानको व्यवस्था गर्नेबारेमा छलफल भइरहेको उनको भनाइ छ ।
जग्गा नहुनेलाई कौँसीखेती तालिम
उप–महानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जग्गा नहुनेलाई कौसीमै तरकारी खेती गर्ने सीप तथा प्राविधिक सहयोग गरिएको बताए । उनले कृषिबाली उत्पादन, प्रशोधन तथा बजारीकरणका काममा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दा उत्पादकत्व बढाउन मद्दत मिलेको बताए । जग्गा नभएका ठाउँमा घरको छत तथा कौसीमा उपयुक्त तरकारी खेती गराइएको र त्यहाँ घरबाट निस्किने कुहिने फोहोरलाई जैविक मलका रुपमा प्रयोग गर्न सिकाइएको प्रमुख प्रशासकीय अधिकृत शर्माको भनाइ छ । प्रविधिबाट बन्ने जैविक विषादी स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।
पसल धितो राखेर ऋण
बुटवलले शुरू गरेको किसानको फसल धितो राखेर ऋण दिने कार्यक्रम मुलुकमै नौलो मानिन्छ । किसानले उत्पादन गरेको धान तथा गहुँको मूल्यांकन गर्दै उनीहरुलाई पायक पर्ने सहकारीमार्फत फसल धितो राखेर ऋण उपलव्ध गराइँदै आएको छ । किसानले उत्पादन गरेका खाद्य बाली धान र गहुँको बीउलाई सहकारीले गोदाममा भण्डारण गर्दै किसानलाई आवश्यक ऋण उपलब्ध गराइएको छ । बुटवल–१७ मा रहेको सिम्रिक कृषि सहकारीले ७५ मेट्रिक टन धान, ८० मेट्रिक टन धानको बीउ, एक सय ४० मेट्रिक टन गहुँ र ९० मेट्रिक टन गहुँको गुणस्तरीय बीउ भण्डार गरेको छ । यस्तै बुटवल–१६ को आदर्श कृषि सहकारी संस्थाले ६३ मेट्रिक टन धान भण्डारण गर्दै उत्पादक किसानलाई फसलका आधारमा आवश्यक सहुलीयत दरको ऋण प्रवाह गरेको छ ।
तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...