काठमाडौंमा कार्यरत दाङका चिकित्सकमा कोरोना 'पोजेटिभ'

प्रकाश आचार्य
प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

दाङमा शुक्रवार तीन जनामा कोरानो भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका तीन जनामध्ये १ जना काठमाडौंमा कार्यरत चिकित्सक र दुई जना कपिलवस्तुबाट एम्बुलेन्स प्रयोग गरी दाङ आएका रहेका हुन् । 

दाङ–तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ मा कोरोना संक्रमण देखिएका व्यक्ति काठमाडौं स्थित एक अस्पतालमा कार्यरत रहेको बुझिएको छ । उनी खर्चवा निवासी रहेको र काठमाडौबाट दाङ नआएको नगर प्रमुख घनश्याम पाण्डेले लोकान्तरलाई जानकारी दिए । 


Advertisement

ती व्यक्तिको काठमाडौमै स्वाब परिक्षण गरिएको र रिपोर्ट पोजेटिभ आएको हो । त्यस्तै दुई जना गढवा गाउँपालिका वडा नम्बर ४ र  ५ का  २३ र ३६ वर्षिय पुरुष रहेका छन् । उनीहरू क्वारेन्टाइनमा बसेका व्यक्तिहरू हुन् । कपिलवस्तुको कृष्णनगरको क्वारेन्टाइन राम्रो व्यवस्था नभएको भन्दै एम्बुलेन्स मार्फत परिवारले उनीहरूलाई गाउँ झिकाएका थिए । 

तुलसीपुरबाट बिहिवार ५ जनाको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । गढवा गाउँपालिकाको क्वारेन्टाइनमा ८ जना रहेका ७ जना भारतबाट आएर अर्का बर्दियाको राजापुरबाट आएका थिए । बाँकी उनीहरूको रिर्पोट अझै आएको छैन । प्रदेश पाँचका भारतसँग सिमाना जोडिएका ६ वटै जिल्ला कोरोना संक्रमित भेटिएका छन् । योसँगै प्रदेश पाँचमा कोराना संक्रमितको संख्या १ सय ५ पुगेको छ । 
 


Advertisement

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्