×

NMB BANK
NIC ASIA

संकटमा सौन्दयकर्मी : कोरोना महामारीले ब्यूटी पार्लरको भविष्यमाथि ‘कालो बादल’

जेठ ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वभर महामारी फैलिएको कोरोना भाइरस संक्रमणको प्रभाव हरेक क्षेत्रमा परेको छ । लकडाउनले व्यूटी पार्लर तथा नाई पसल बन्द हुँदा धेरैले समस्या भोगिरहेका छन् ।

Muktinath Bank

घरभित्रै बस्नेहरूले जसोजसो घरकै सदस्य, छिमेकी वा आफन्तलाई कपाल कटाइरहेको दृश्य समेत सामाजिक सञ्जालमा देख्न पाइन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि देशभर जारी लकडाउन झण्डै २ महिना नजिक पुगिसकेको छ । कोरोना महामारी कम हुँदै जाँदा लकडाउन हट्ला, जनजीवन सहज बन्दै जाला तर प्रत्यक्षरुपमा ग्राहकसँग ‘टच’ भएरै सञ्चालन गरिने ब्यूटीपार्लर व्यवसायमा ‘सोसल डिस्टेन्स’ कायम गर्न सकिँदैन ।


Advertisment
Nabil box
Kumari

कोरोना भाइरसको डर कहिलेसम्म रहला ? यसै भन्न सकिने अवस्था छैन । सीप सिकेर सौन्दर्य क्षेत्रमा आवद्ध रही स्वरोजगार बनेकाहरूको रोजीरोटी गुम्ने भय देखिएको छ । कोरोनाकै कारण सौन्दर्य पेशा बिस्तारै ओरालो लाग्दै जाने डरले थप चिन्ता र चासो देखिएको छ । ब्यूटी पार्लरको भविष्यमाथि कालो बादल मडारिएको छ ।

Vianet communication
Laxmi Bank

... ...

हङकङ ब्यूटी इन्स्टिच्युट । पोखरामै पुरानो इन्स्टिच्युटमा हाल १० जना कर्मचारी आबद्ध छन् । इन्स्टिच्युट मलेसियाको क्लारा इन्टरनेसनल कलेजबाट मान्यताप्राप्त हो ।

यहाँ सीटीईभीटी तथा क्लाराका दुवै छुट्टाछुट्टै कोर्स पढाइ हुन्छ भने बर्सेनि सयौंको संख्यामा तालिमप्राप्त भई जनशक्ति बजारमा पुग्छ । त्यसमध्ये कतिपयले स्वदेशमै रही सानोतिनो लगानीमा ब्यूटी पार्लर खोलेर बस्छन् भने कतिपयले विदेशमै पनि सहजरुपमा काम पाइने हुँदा त्यतातिर लाग्छन् तर कोरोनाका कारण इन्स्टिच्युटमा आबद्ध कर्मचारीको जागिर गुम्ने डर एकातिर छ नै, अर्कोतर्फ व्यवसाय नै संकटमा छ ।

इन्स्टिच्युट सञ्चालक वरिष्ठ सौन्दर्यकर्मी मीना गुरुङ भन्छिन्, ‘कोरोनाले पार्लर व्यवसाय चौपट हुने सम्भावना छ । हातमा सीप बोकेका विशेषगरी सयौं महिला दिदीबहिनीको रोजीरोटी गुम्ने डर छ ।’

उनको जस्तै समान धारणा छ, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल अध्यक्ष सुमन गुरुङको । पोखरामा शारदा ब्यूटी पार्लर सञ्चालक समेत रहेकी युनियन अध्यक्ष सुमनका अनुसार राज्यले पार्लर क्षेत्रमा आबद्ध आमस्वरोजगार व्यक्तिहरूको सीप खेर जान नदिने गरी केही न केही राहतको प्याकेज घोषणा गरिनुपर्छ ।

औपचारिक वा अनौपचारिक रुपमा सीप सिकेर पार्लर क्षेत्रमा स्वरोजगार बन्ने महिलाहरू बढी छन् । यसरी स्वरोजगार बनेकाहरूको संगठन राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल हो । हाल गण्डकी प्रदेश सांसद समेत रहेकी वरिष्ठ सौन्दर्यकर्मी मीना गुरुङको पहलमा २०४९ सालमा युनियन स्थापना भएको हो ।

युनियनमा आबद्धको तथ्यांकमा नेपालभर २ हजार ५०० हाराहारीमा ब्यूटी पार्लर सञ्चालित छन् । पोखरा क्षेत्रमा करीब १ हजार ५०० ब्यूटी पार्लर सञ्चालित छन् । त्यसमध्ये ५०० ब्यूटी पार्लर युनियनमा समेटिएका छन् । सबैगरी पोखरामा हरेक पार्लरमा कम्तीमा १ जना र बढीमा १५ जना स्वरोजगार बनेका छन् । आफ्नै घरको कोठामा वा सटर भाडा लिएर सानै लगानीमा स्वरोजगार बन्न सकिने हुँदा पार्लर पेशामा महिलाको आकर्षण रहँदै आएको थियो ।

उच्च तहको पढाइ पूरा गर्न नसकेका, एकल महिला, बेरोजगार, गृहिणी, आयआर्जनको विकल्प नभएकाहरूको लागि पार्लर पेशा वरदान सावित थियो । पोखरा क्षेत्रमा भने एउटा ब्यूटी पार्लरमा कम्तीमा २–४ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म लगानी रहेको युनियनले जनाएको छ ।

तर हाल पार्लर सञ्चालकको लागि लकडाउनबीचको घरभाडा तिर्नुपर्ने, कर्मचारीलाई तलब खुवाउनुपर्र्ने, बैंक किस्ता बुझाउनुपर्ने समस्या एकातिर छ भने अर्कोतर्फ भोलिका दिनमा सहज रुपमा व्यवसाय सञ्चालन होला भन्नेमै दुविधा छ । कार्यरत कर्मचारी कसैलाई पनि यस अवधिमा तलब वा अन्य सुविधा दिन नसकिएको युनियन अध्यक्ष सुमनको स्वीकारोक्ति छ । 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भनेझैं कोरोनाबाट बच्न निश्चित सामाजिक दूरी काम गर्न कठिन देखिन्छ । कुनै व्यक्तिको मुहार, कपाल लगायत सिँगार्नुपर्ने वा उपचार गरिनुपर्ने हुँदा व्यक्तिलाई नछोइकन पूर्ण हुन असम्भव छ । यस्तो अवस्था लामो समयसम्म रहेमा स्वरोजगार बनेकाहरू तथा कार्यरत कर्मचारी समेत पेशा परिवर्तन गर्नुको विकल्प छैन । 
................

मीना गुरुङ, प्रदेश सांसद एवं वरिष्ठ सौन्दर्यकर्मी 
केन्द्रीय उपाध्यक्ष (जिफन्ट) 

विभिन्न कठिन परिस्थितिमा पनि निरन्तर सञ्चालित रहँदै आएकोमा हाल भने विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण पेशा नै संकटमा परेको अवस्था छ । सीप र शिक्षा माध्यमबाट देशमा रोजगारी सिर्जना गरिरहेका असंख्य सौन्दर्यकर्मीको अवस्थाप्रति सरकारको ध्यान जानु जरुरी छ । महिला बाहुल्यता रहेको पार्लर क्षेत्रलाई टिकाइराख्न सरकारले विशेष सम्बोधन गरिनुपर्ने आवश्यकता छ ।

विना धितो न्यूनतम ब्याजमा ऋण प्रवाह गरी रोजगारीबाट विस्थापित हुनबाट रोक्नुपर्छ । विश्वको कुनै पनि ठाउँमा पार्लर सीप बिक्न सक्छ । यस्ता जनशक्तिलाई निरुत्साहित हुन दिनु हुँदैन । स्थानीय, प्रदेश तथा संघीय सरकारको ध्यान जानु जरुरी छ । 
... ...
सुमन गुरुङ, अध्यक्ष
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल

चुलोचौकोमा सीमित महिला दिदीबहिनी यही पेशाका कारण स्वरोजगार बन्न सकेका छन् । उनीहरू यस पेशामा आबद्ध रही घरखर्च चलाउनुका साथै राज्यलाई कर समेत तिर्दै आएका छन् । परिवार धान्दै आएका छन् । थोरै लगानीमा पनि मनग्य आम्दानी गर्न सकिने हुँदा सौन्दर्यसम्बन्धी सीप र दक्षता भएकालाई संरक्षण गरिनुपर्छ ।

सानोतिनो लगानी गरी स्वरोजगार बनेको जनशक्तिले राज्यलाई समेत कर बुझाइ सहयोग गरिरहेको अवस्थामा विपत्तिको घडीमा राज्यले वैकल्प दिनुपर्छ । बैंकको ब्याज घटाउन, घरभाडा मिनाहा एवं कर्मचारीलाई तलब खुवाउने विषयमा राज्यले सहयोग गर्नुपर्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x