×

NMB BANK
NIC ASIA

स्वाब संकलन गर्ने सेनाका चिकित्सकसँगै पृतनापति पनि संक्रमित

ब्यारेक सील, २ हजार जति सेना ब्यारेक भित्र थुनिए

जेठ ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना संक्रमित नेपाली सेनाको पृतनापति तथा सेनाकै संक्रमित एक जना चिकित्सकलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।  

Sagarmatha Cement
Muktinath Bank

जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सीडिओ) सूर्य बहादुर खत्रीका अनुसार संक्रमित दुबै जनालाई काठमाडौं स्थित सशस्त्र प्रहरीको आइसोलेसन अस्पतालमा उपचार भइरहेको छ ।  शनिवार साँझ ६ बजे दुबै जनालाई सेनाको गाडीमा नै राखेर काठमाडौं पठाइएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महोत्तरीको बर्दिबास नगरपालिकाको किसाननगरमा अवस्थित रहेको मध्य पुर्बी पृतनाका ५२ बर्षीय सहायक रथि सरह रहेका पृतनापतिमा संक्रमण पुष्टि भएको हो । सिडिओ खत्रीका अनुसार अर्को संक्रमित सेनाका एमबीबीएस चिकित्सक हुन् । उनी प्रदेश २ का बिभिन्न जिल्लामा कोरोना संदिग्ध ब्यक्तिहरूको स्वाब संकलनका लागि जाने गर्थे । नेपालमा स्वाब संकलन गर्न जाने पहिलो व्यक्तिमा संक्रमण देखिएको हो । 


Advertisment
Nabil box
Kumari

‘बिरगंज, जनकपुर सहित बिभिन्न जिल्लाका क्वारेनटाइनमा उक्त चिकित्सक तथा पृतनापति पनि जानु भएको रहेछ,’  सिडिओ खत्रीले लोकान्तरसँग भने,‘अब अहिले देखि उहाँहरूको कंटयाक्ट ट्रेसिंगको काम शुरू गरेका छौं । ’
तत्काल उक्त सेनाको ब्यारेक सील गरिएको छ । ‘सेनामा आफैं पनि कडा अनुशासन हुन्छ,’ सिडिओ खत्रीले भने,‘ब्यारेक भित्रका कुनै पनि सेनालाई बाहिर आउन वा हिडडुल गर्न प्रतिबंध लगाइएको छ । ’ त्यसका बाहेक ब्यारेक भित्र पनि रहेका सेनालाई सामाजिक दूरी कायम गर्न भनिएको उनले बताए । 

Vianet communication
Laxmi Bank

स्वाब संकलन गर्न जाने सेनाका चिकित्सकमा नै कोरोना संक्रमण भएका कारण सिंगो प्रदेश नै उच्च जोखिममा परेको छ । साथै संक्रमित पृतनापति पनि बिरगंज देखि जनकपुर सम्म आउजाउ गरेका कारण जोखिम बढेको छ । 

ब्यारेकमा रहेका एक जना सेनाका अनुसार ब्यारेक भित्रका सबै सेनाहरू त्रसित भएका छन् । पृतनापति र उक्त चिकित्सकको सम्पर्कमा ब्यारेक भित्र नै धेरै जना सेनाहरू आएको कारण पनि ब्यारेक भित्रका सेनाहरू त्रसित भएका छन् । उक्त पृतना भित्र करीब २ हजार जति सेनाका कर्मचारीहरू छन् ।  

सिडिओ खत्रीका अनुसार त्यहाँ ब्यारेक भित्र अस्पताल,बिद्यालय समेतका संरचनाहरू निर्माणाधिन रहेको छ । उक्त ब्यारेक भित्र एक गण, एक गुल्म, सिग्नल गण, मेडिकल गण, बिद्यालय गण सहित पृतनाका समेत सेना गरेर २ हजारको हाराहारीमा सेना रहेका छन् ।     
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x