×

NMB BANK
NIC ASIA

दुई ठूला टेलिकम कम्पनीले दिए ३ अर्ब ८८ करोड बोनस ब्यालेन्स

जेठ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि देशभर जारी लकडाउनमा ग्राहकलाई दुई ठूला दूरसञ्चार कम्पनीहरुले रु ३ अर्ब ८८ करोड बढी बोनस ब्यालेन्स दिएका छन् ।

Muktinath Bank

कोरोनाभाइरस संक्रमण फैलन नदिन सरकारले चैत्र ११ बाट लकडाउन शुरु गरेको भोलिपल्टबाट निजी क्षेत्रको कम्पनी एनसेलले र सरकारी कम्पनी नेपाल टेलिकमले पर्सिपल्टबाट ग्राहकलाई रिचार्जमा बोनस दिन थालेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही दिन अघि नेपाल टेलिकमले सार्वजनिक गरेको तेस्रो त्रैमासिकको अन्तरिम वित्तिय विवरण अनुसार कम्पनीले १०० प्रतिशत बोनस ब्यालेन्स बापत रु ५३ करोड ४० लाख दिएको छ । यसले गर्दा टेलिकमको आयमा समेत गिरावट आएको छ ।


Advertisment
Nabil box
Kumari

एनसेलका अनुसार, उसले ग्राहकलाई रु ३ अर्ब ३५ करोड भन्दा धेरै बोनस ब्यालेन्स रकम प्रदान गरिसकेको छ । एनसेलले पहिलो दिन अर्थात चैत्र १२ गते रिचार्जमा ५० प्रतिशत दिएको थियो । त्यसको भोलि पल्टनै घोषणा गरी ग्राहकलाइृ १२० प्रतिशत बोनस दिन थालेको थियो ।

Vianet communication
Laxmi Bank

यसरी पाएको बोनसबाट ग्राकहहरुले फोन कल गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन पाएका थिए । बोनस ब्यालेन्स प्रयोगको समयावधि एनसेलमा ३ दिनको रहेको थियो भने नेपाल टेलिकममा रिचार्ज रकम हेरी २ देखि ६ दिनसम्मको थियो । यसरी प्रदान गरिएका अफर, छुट तथा सस्तोमा सेवा प्रदान गर्दा आयमा नकारात्मक प्रभाव पार्ने दुवै कम्पनीले बताउदै आएका थिए । 

हालै प्रकाशित एक अन्तर्वातामा एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले कोभिड १९ का कारण व्यापारको आकार ४० प्रतिशतले खुम्चिएको र सबै भन्दा बढी भ्वाइस सेवामा नोक्सानी भएको बताएका थिए ।

लकडाउनका कारणले सबै घरमा नै बस्ने भएकाले इन्टरनेटको प्रयोग ३० प्रतिशत भन्दा बढिले बढेको छ । कोरोनाभाइरस संकटका बेलामा सरकारको निर्देशन बमोजिम एनसेल र नेपाल टेलिकम दुबैले इन्टरनेटमा २५ प्रतिशत छुट पनि दिएका छन् । 

यी दुवै कम्पनीले सरकारलाई कोभिड १९ को विरुद्ध संघर्ष गर्न अन्य सहयोग पनि गरेको छन् । एनसेलले एसएसएस, आउट बाउन्ड डायलर कल र कल टोन मार्फत जनचेतना फैलाएको छ । 

त्यसैगरी नेपाल टेलिकमले पनि कल टोनमा मार्फत चेतनामुलक सन्देश दिएको छ । यी कम्पनीहरुले कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लाथि सरकारले स्थापना गरेको कोषमा रु १०/१० करोड योगदान, यूएसएसडी मार्फत मानिसहरुलाई कोरोनाभाइरस संक्रमण भए/नभएको आफै मुल्याङ्कन गर्न सर्वेक्षण र कोभिड–१९ संकट व्यवस्थापन  केन्द्रलाई कन्ट्याक्ट ट्रसिङमा पनि आवश्यक सहयोग गरेका छन् ।   
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x